काठमाडौँ—सुदूरपश्चिमका मुख्यमन्त्री दिर्घबहादुर सोडारीले विश्वासको मत लिने विषय थप अन्योलमा परेको छ ।
सुदूरपश्चिममा सत्ता गठबन्धनको महत्वपूर्ण दल नेकपा एमालेले विश्वासको मत दिने विषयमा निर्णय नगरेपछि मुख्यमन्त्री सोडारीको विश्वासको मत लिने विषय अन्योलमा परेको छ । एमाले अनिर्णित हुदा शुक्रबार र शनिबार बोलाइएको प्रदेश सभा बैठक स्थगित गरिएको छ ।
यसैबीच सुदूरपश्चिम प्रदेश सभामा एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावलले अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरेका छन् । ओलीले सुदूरपश्चिम विश्वासको मतका लागि हतार नगर्न निर्देशन दिएका सुदूरपश्चिमका एमाले नेताहरुले बताएका छन् ।
गएराती ओलीले रावलसहितका नेताहरुसँग छलफल गर्दै उपनिर्वाचनबाट विजयी भएका एमाले सांसदले शपथ समेत नलिएको भन्दै अहिले विश्वासको मतका लागि हतार नगर्न निर्देशन दिएको बताइएको छ ।
ओली सुदूरपश्चिममा एकीकृत समाजवादीका सोडारीलाई मुख्यमन्त्री बनाएकोमा असन्तुष्ट रहेको बुझिएको छ । उनले यसअघि केबलक ४ सिट रहेको एकीकृत समाजवादीलाई मुख्यमन्त्री दिन अस्वीकार गरिरहेको बेला प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको पहलमा सोडारी मुख्यमन्त्री बनेका थिए । एकीकृत समाजवादीले सुदूरपश्चिममा आफुलाई मुख्यमन्त्री नदिएमा केन्द्रमा गठबन्धन नै तोड्ने चेतावनी दिएपछि प्रधानमन्त्रीले पहल गरेर सोडारीलाई मुख्यमन्त्री बनाएका थिए ।
अब सोडारीले विश्वासको मत लिन जेठ ५ गतेसम्मको समय रहेको छ ।
एमाले, माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टीका दुई सदस्य, स्वतन्त्र सदस्य डा तारा जोशीको समर्थनमा एकीकृत समाजवादी संसदीय दलका नेता सोडारी यही वैशाख ६ गते सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका थिए । ५३ सदस्यीय प्रदेशसभामा नेपाली कांग्रेसका १८, माओवादी केन्द्र को सभामुखबाहेक १०, एमालेको ११, नागरिक उन्मुक्ति पार्टीको सात, एकीकृत समाजवादी पार्टीका चार, राप्रपाको एक र एक स्वतन्त्र सदस्य छन् ।
गाउँ बेशी मीडिया नेटवर्कद्वारा संचालित
शिलशिला डट कम
मण्डन देउपुर नगरपालिका-२, नगरकोट काभ्रे
+977-9849655367, 9803867325
सूचना विभाग दर्ता नम्बर: ३१५९
प्रेस काउन्सिल नेपाल दर्ता न.३१७२
अध्यक्ष/ प्रकाशक:
अजय गतराज 9849655367
प्रधान सम्पादक:-
बिल बहादुर बि. क. 9841114060
संवाददाताहरु:
उज्ज्वल गहतराज
वाङछु राज वाईवा
बिशेष सहयोगी:
कमल तामाङ
बजार व्यवस्थापक:
दुर्गा बहादुर बराईली
कानूनी सल्लाहकार:
पूर्ण प्रसाद पराजुली