नगरकोट—अमेरिकामा बसोबास गर्दै नेपाली संगीतमा निरन्तर क्रियाशिल गायक रवि सुवेदीको नयाँ गीत ‘वाह रे जमुना’को म्युजिक भिडियो सार्वजनिक भएको छ । शंकर ज्वलाको शब्द र विकास चौधरीको संगीतमा तयार गरिएको यस गीतको संगीत संयोजन संजय हमालले गरेका छन् ।
गीत देउडा लोक भाकामा तयार गरिएको छ, जसमा गायक सुवेदीले आफ्नो प्रेमिकालाई माया सागरमा सयल गराउन आग्रह गरेका छन् । गीतमा प्रेमका भावनाहरूलाई सुन्दर शब्दमा प्रस्तुत गरिएको छ, जसमा प्रेमिकासँग जीवन बिताउने इच्छा व्यक्त गरिएको छ ।
म्युजिक भिडियोलाई शिव ढकालले छायांकन गरेका छन्, जबकि विनोद बमले सम्पादन गरेका छन् । कमल राईको कोरियोग्राफी र निर्देशनमा तयार गरिएको यो भिडियोमा गायक रवि सुवेदी र नायिका रचना शिवाकोटीको अभिनय र नृत्य प्रमुख आकर्षण बनेको छ ।
यस गीतको म्युजिक भिडियो नेपाली संगीत प्रेमीहरूको बीचमा आकर्षणको केन्द्र बनेको छ र गायक रवि सुवेदीको संगीत यात्रा थप उचाइमा पुग्ने अपेक्षा गरिएको छ ।
गाउँ बेशी मीडिया नेटवर्कद्वारा संचालित
शिलशिला डट कम
मण्डन देउपुर नगरपालिका-२, नगरकोट काभ्रे
+977-9849655367, 9803867325
सूचना विभाग दर्ता नम्बर: ३१५९
प्रेस काउन्सिल नेपाल दर्ता न.३१७२
अध्यक्ष/ प्रकाशक:
अजय गतराज 9849655367
प्रधान सम्पादक:-
बिल बहादुर बि. क. 9841114060
संवाददाताहरु:
उज्ज्वल गहतराज
वाङछु राज वाईवा
बिशेष सहयोगी:
कमल तामाङ
बजार व्यवस्थापक:
दुर्गा बहादुर बराईली
कानूनी सल्लाहकार:
पूर्ण प्रसाद पराजुली