काठमाडौं—जिल्ला प्रहरी कार्यालय रौतहटले बरामद गरेको भन्सार छलेर ल्याएको सामान गौर भन्सार कार्यालयलाई कारबाहीका लागि बुझाएको छ ।
मंगलबार प्रहरी गस्ती टोलीले रौतहट यमुनामाई–१ र ईशनाथ– ४ स्थित भारतबाट अवैध रुपमा भन्सार छलेर भित्र्याएको करिब सवा लाख रुपैयाँ बराबरका चप्पल, जुत्ता र किराना लगायतका समानहरु बुधबार गौर भन्सार कार्यालयलाई आवश्यक कारबाहीका लागि बुझाएको जिल्ला प्रहरी कार्यालय रौतहटकी प्रहरी नायव उपरीक्षक एलिजा गिरीले जानकारी दिइन् ।
उनका अनुसार भन्सार छलेर ओसार पसार गर्दै गरेको अवस्थामा नियन्त्रणमा लिई बरामद गरिएको १ लाख १७ हजार २०५ रुपैयाँ बराबरको चप्पल, जुत्ता र किराना लगायतका समानहरु बुधबार आवश्यक कारबाहीको लागि गौर भन्सार कार्यालय रौतहटमा बुझाइएको हो ।
गाउँ बेशी मीडिया नेटवर्कद्वारा संचालित
शिलशिला डट कम
मण्डन देउपुर नगरपालिका-२, नगरकोट काभ्रे
+977-9849655367, 9803867325
सूचना विभाग दर्ता नम्बर: ३१५९
प्रेस काउन्सिल नेपाल दर्ता न.३१७२
अध्यक्ष/ प्रकाशक:
अजय गतराज 9849655367
प्रधान सम्पादक:-
बिल बहादुर बि. क. 9841114060
संवाददाताहरु:
उज्ज्वल गहतराज
वाङछु राज वाईवा
बिशेष सहयोगी:
कमल तामाङ
बजार व्यवस्थापक:
दुर्गा बहादुर बराईली
कानूनी सल्लाहकार:
पूर्ण प्रसाद पराजुली