न्युर्योक—प्यालेस्टाइनी अतिवादी समुह हमास र इजरायली प्रतिनिधिका बिचमा बार्ता सुरू भएको छ ।
न्युयोर्क टाइम्समा प्रकाशित समाचार अनुसार हमास र इजरायलले गाजामा बन्दीहरूको रिहाईका लागि दुईवटा प्रस्तावहरू वार्ता गरिरहेको दावी गरिरहेकाे जनाएकाे छ ।
सो समाचार अनुसार एकजनाले जनाएका छन कि पहिलाे चरणामा थोरै संख्यामा नागरिक रिहाइ गरिने छ भने अर्को छलफलमा १ सय जना पक्राउ परेकाहरू समावेश हुन सक्छन्।
‘विचार भइरहेको एउटा प्रस्ताव अन्तर्गत हमासले युद्धमा छोटो विरामको बदलामा १० देखि २० नागरिक बन्धकहरू रिहाइ गर्नेछ, जसमा इजरायली महिला र बालबालिका र अमेरिकीसहित विदेशीहरूलाई रिहा हुनेछन, ’ टाइम्सको समाचारमा उल्लेख गरिएको छ ।
अज्ञात इजरायली अधिकारी तथा अरूलाई उद्धृत गर्दै समाचारमा भनिएको छ, यदि सर्तहरू पूरा भएमा लगभग १ सय जना नागरिकहरूको रिहाई हुन सक्छन् ।
‘इजरायली बन्दीहरूको रिहाइको बदलामा हमासले लडाईमा छोटो समय विराम खोज्नेछ । सोही बेला थप मानवीय सहायता, अस्पतालहरूको लागि इन्धन लैजाने बातावरण बनाउने छ भने इजरायली जेलमा रहेका महिला र बालबालिकाको रिहाइको खोजी गरिरहेको भनिएको छ,’ एक अधिकारीले टाइम्सलाई भने । यद्धपी, इजरायली अधिकारीहरूले आफ्ना बन्दी रिहा गर्नेमा अनिश्चितता व्यक्त गरेका छन् ।
उक्त वार्तामा कतार मुख्य मध्यस्थकर्ता रहेको र वरिष्ठ अमेरिकी अधिकारीहरू पनि संलग्न रहेको समाचारमा उल्लेख गरिएको छ ।
गाउँ बेशी मीडिया नेटवर्कद्वारा संचालित
शिलशिला डट कम
मण्डन देउपुर नगरपालिका-२, नगरकोट काभ्रे
+977-9849655367, 9803867325
सूचना विभाग दर्ता नम्बर: ३१५९
प्रेस काउन्सिल नेपाल दर्ता न.३१७२
अध्यक्ष/ प्रकाशक:
अजय गतराज 9849655367
प्रधान सम्पादक:-
बिल बहादुर बि. क. 9841114060
संवाददाताहरु:
उज्ज्वल गहतराज
वाङछु राज वाईवा
बिशेष सहयोगी:
कमल तामाङ
बजार व्यवस्थापक:
दुर्गा बहादुर बराईली
कानूनी सल्लाहकार:
पूर्ण प्रसाद पराजुली