काठमाडौँ—फ्लोरिडाको एक अदालतले अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध अवैध रूपमा गोप्य कागजातहरू राखेको आरोपमा मुद्दा खारेज गरेको छ ।
न्यायाधीश इलिन क्याननले ट्रम्पको पक्षमा फैसला सुनाउदै यो मुद्दा ल्याउने अधिकार नभएको बताएका छन् । क्याननलाई ट्रम्पले नै नियुक्त गरेका न्यायाधीश हुन् । न्यायाधीशले क्याननले ९३ पृष्ठ लामो फैसला सुनाएका छन् ।
फैसला पछि ट्रम्पले यो मुद्दा खारेज गर्नु पहिलो कदम भएको बताउदै आफूमाथिका चारवटै फौजदारी मुद्दा खारेज गर्नुपर्नेमा जोड दिए । उनले भनेका छन्- ‘यस फैसलाले सबै राजनीतिक आक्रमणहरू समाधान गरेको छ जुन मेरा राजनीतिक विरोधीहरूको म विरुद्ध चुनावी षड्यन्त्र थियो ।’
ट्रम्पमाथि अमेरिकी राष्ट्रपति पद छाडेपछि ह्वाइट हाउसबाट गोप्य कागजात गलत ढंगले आफ्नो निजी निवासमा लगेको आरोप लागेको थियो । यसबाहेक ट्रम्पमाथि ती कागजातहरू फिर्ता गर्न एफबीआईको प्रयासमा अवरोध गरेको आरोप पनि लगाइएको छ ।
यसबाहेक ट्रम्पमाथि आठ विभिन्न आरोप लगाइएको थियो । यी अभियोगहरूमा न्यायमा बाधा पुर्याउने षड्यन्त्र, कागजपत्र वा अभिलेख राख्ने र झुटा बयान दिने समावेश छन् । तर, ट्रम्पले आफूलाई सबै आरोपबाट निर्दोष घोषणा गरेका छन् ।
गाउँ बेशी मीडिया नेटवर्कद्वारा संचालित
शिलशिला डट कम
मण्डन देउपुर नगरपालिका-२, नगरकोट काभ्रे
+977-9849655367, 9803867325
सूचना विभाग दर्ता नम्बर: ३१५९
प्रेस काउन्सिल नेपाल दर्ता न.३१७२
अध्यक्ष/ प्रकाशक:
अजय गतराज 9849655367
प्रधान सम्पादक:-
बिल बहादुर बि. क. 9841114060
संवाददाताहरु:
उज्ज्वल गहतराज
वाङछु राज वाईवा
बिशेष सहयोगी:
कमल तामाङ
बजार व्यवस्थापक:
दुर्गा बहादुर बराईली
कानूनी सल्लाहकार:
पूर्ण प्रसाद पराजुली