वासिंगटन डिसी—इरान र अमेरिकाको बीचमा जारी तनावको बीचमा अमेरिकाले इराक र सिरियामा इरानी लक्ष्यहरूमा आक्रमणहरूलाई अनुमति दिएको छ।
अमेरिकाले सिरिया र इराकमा इरानी लक्ष्यहरूमाथि आक्रमण गर्ने योजनालाई अनुमोदन गरेको अधिकारीहरूले बताएका हुन ।
यससँगै केही दिनदेखि चलिरहेको अनुमानको अन्त्य भएको छ । उल्लेखनीय छ कि जोर्डनमा ड्रोन आक्रमणमा तीन अमेरिकी सैनिकको मृत्यु भएको थियो। त्यसपछि अमेरिकाले कहिले बदलाको कारबाही गर्छ भन्ने अड्कलबाजी गरिएको थियो ।
आइतबार जोर्डनको एक बेसमा ड्रोन आक्रमणमा तीन अमेरिकी सैनिकको मृत्यु भएको थियो। अमेरिकी राष्ट्रपति जो बाइडेनले यस हमलाको लागि इरान समर्थित आतंकवादीलाई दोष दिएका थिए र कडा कारबाही गर्ने कुरा गरेका थिए। उनले यस विषयमा तथ्य संकलन गरिरहेको बताए । ‘हामीलाई थाहा छ कि यो सिरिया र इराकमा सक्रिय कट्टरपन्थी इरान समर्थित आतंकवादी समूहहरूले गरेको हो’ उनले भनेका थिए ।
ह्वाइट हाउस नेशनल सेक्युरिटी काउन्सिलका रणनीतिक सञ्चार संयोजक जोन किर्बीले आक्रमणमा ३० भन्दा बढी अमेरिकी सैनिक पनि घाइते भएको र अस्पताल भर्ना गरिएको बताएका थिए । किर्बीले भने, ‘हामी अर्को युद्ध चाहँदैनौं। हामी तनाव बढाउन चाहँदैनौं तर हामी निश्चित रूपमा यस क्षेत्रमा आफ्नो रक्षा गर्न, यो मिसन जारी राख्न र यी आक्रमणहरूको उचित जवाफ दिनको लागि आवश्यक पर्ने सबै गर्नेछौं। ,
गाउँ बेशी मीडिया नेटवर्कद्वारा संचालित
शिलशिला डट कम
मण्डन देउपुर नगरपालिका-२, नगरकोट काभ्रे
+977-9849655367, 9803867325
सूचना विभाग दर्ता नम्बर: ३१५९
प्रेस काउन्सिल नेपाल दर्ता न.३१७२
अध्यक्ष/ प्रकाशक:
अजय गतराज 9849655367
प्रधान सम्पादक:-
बिल बहादुर बि. क. 9841114060
संवाददाताहरु:
उज्ज्वल गहतराज
वाङछु राज वाईवा
बिशेष सहयोगी:
कमल तामाङ
बजार व्यवस्थापक:
दुर्गा बहादुर बराईली
कानूनी सल्लाहकार:
पूर्ण प्रसाद पराजुली