नगरकोट—आज यमपञ्चकको पहिलो दिन । नेपालीहरूको दोस्रो ठुलो महान चाड तिहार आजदेखि विधिगत रूपमा सुरु भएको छ। आज कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म पाँच दिन मनाइने भएकाले यो पर्वलाई यमपञ्चक पनि भनिन्छ ।
तिहारको पहिलो दिन आज काग तिहार मनाइदैछ । धार्मिक मान्यता अनुसार यमराजको सन्देश वाहकको रूपमा मानिएको कागलाई यमदूतकै रूपमा लिई पूजा अर्चना गरेर चोखो खानेकुरा दिने गरिन्छ।कागले अन्नबालीमा लाग्ने किरा फट्याङ्ग्रा खाइदिन्छ ।
तिहारको पहिलो दिन आज कागको पूजा गरेर काग तिहार मनाएपछि चतुर्दशीका दिन कुकुर तिहार, कात्तिक कृष्ण औँसीका दिन लक्ष्मीपूजा, कात्तिक शुक्ल प्रतिपदाका दिन गाई पूजा, गोवर्द्धन पूजा, नेपाल संवत् ११३५ र म्ह पूजा ९आत्म पूजा० एवं अन्तिम दिन कात्तिक शुक्ल द्वितीयाका दिन भाइटिका लगाई तिहार पर्व मनाइन्छ ।
धार्मिक मान्यता अनुसार वैदिक कालमा भगवान् विष्णु खुसी भई बलिराजलाई कार्तिक कृष्णपक्षको अन्तिम पाँच दिन तीनै लोकको राज्य माग गर्न पाएस् भनी वरदार दिएको र अन्तिम पाँच दिन बलि राजाले आफ्नो राज्यभरि दीपावली गरेको कथासँग जोडिएको छ ।
यो पर्वको अवसरमा अधिष्ठात्री देवी महालक्ष्मी खुसी भई सबैको घरघरमा बास गरी धनधान्यले भरिपूर्ण पारिदिन्छिन् भन्ने मान्यता पनि रहने गर्दछ । यो अवसरमा यमराज खुसी हुन्छन् भनी भगवान् विष्णुले बलि राजालाई वरदान दिएको मानिन्छ ।
बलिराजले राज्य गर्ने पाँच दिन यमराजले फुर्सद पाउने भएकाले आफ्नी बहिनी यमुनाकहाँ गई यमराजले बहिनी यमुनाको पूजा गरी वस्त्र, आभूषणहरू दिएर भ्रातृ स्नेह जनाएकाले यमपञ्चकको दिन दाजु भाइ र दिदीबहिनीले पूजा गरी भाइटिका मनाउँदा दाजुभाइको आयु, कीर्ति, सुख र सम्पन्नतामा वृद्धि हुने विश्वास अनुरूप यमपञ्चकलाई विशेष श्रद्धाभक्तिपूर्वक धूमधामसँग मनाउने गरिन्छ ।
गाउँ बेशी मीडिया नेटवर्कद्वारा संचालित
शिलशिला डट कम
मण्डन देउपुर नगरपालिका-२, नगरकोट काभ्रे
+977-9849655367, 9803867325
सूचना विभाग दर्ता नम्बर: ३१५९
प्रेस काउन्सिल नेपाल दर्ता न.३१७२
अध्यक्ष/ प्रकाशक:
अजय गतराज 9849655367
प्रधान सम्पादक:-
बिल बहादुर बि. क. 9841114060
संवाददाताहरु:
उज्ज्वल गहतराज
वाङछु राज वाईवा
बिशेष सहयोगी:
कमल तामाङ
बजार व्यवस्थापक:
दुर्गा बहादुर बराईली
कानूनी सल्लाहकार:
पूर्ण प्रसाद पराजुली