लमजुङ—उत्तरी लमजुङ र हिमाली जिल्ला मनाङकाे लाईफलाईनसंग जाेडिएकाे बेंसीसहर–चामे सडक कालाेपत्र गर्न सुरू गरिएकाे छ ।
बेसीसहर-चामे सडकअन्तर्गत खुदी जलकिनेसम्मकाे खण्डमा कालाेपत्र सुरू भएकाे हाे । निर्माण कम्पनी आशिष अनेष्ट जेभी चितवनले मर्स्याङ्दी गाउँपालिका-९ गैरीफाँटमा बिहिबारदेखि अमेरिकी प्रविधिकाे अस्फाल्ट कालाेपत्र गर्न सुरू गरेकाे हाे । अस्फाल्ट प्रविधिकाे कालाेपत्र बलियो, महँगो र टिकाउ मानिन्छ ।
सडक निर्माण भएकाे २९ वर्षपछि कालाेपत्र हुँदा स्थानीय खुसी भएका छन् । स्थानीयले कालाेपत्र भएकाे फाेटाे सामाजिक सञ्जालमा राख्दै खुसी ब्यक्त गरेका छन् ।
डुम्रे–बेँसीसहर–चामे सडक योजनाका अनुसार यसवर्ष बेँसीसहरको मनाङे चौतारा नजिकै एक सय मिटरदेखि खुदीसम्म सात दशमलव आठ किलोमिटर सडक कालोपत्र गरिनेछ ।
डुम्रे–बेँसीसहर–चामे सडक योजना कार्यालयका प्रमुख रविन्द्रलाल दासका अनुसार कालाेपत्रका आशिष अनेस्ट जेभी चितवनले विसं २०८० असार २९ गतेसम्म काम सम्पन्न गर्ने लक्ष्यसहित २०७८ असार ३० गते ठेक्का सम्झौता गरेको थियो ।
कूल रु ५२ करोड ९६ लाख १६ हजार अनुमानित लागत रहेकामा रु २५ करोड ३२ लाख १३ हजार लागतमा कालोपत्र गर्ने सम्झौता गरिएको थियो । तर समयमा काम सम्पन्न हुन नसकेपछि पुन: एक वर्ष म्याद थप गरि काम अघि बढाईएकाे छ ।
यो सडक मनाङको मेरुदण्ड र उत्तरी लमजुङवासीका लागि प्रमुख मार्गका रुपमा रहेको छ । विसं २०५१ मा ट्याक खन्न सुरू गरिएकाेमा पछि नेपाली सेनाकाे कार्यदल गणले मनाङको सदरमुकाम चामेसम्म सडक निर्माण गरी २०६९ मा हस्तान्तरण गरेको थियो । अहिले सडक माथिल्लो मनाङको खाङसारसम्म पुगेको छ ।
डुम्रे–बेँसीसहर–चामे सडक योजना कार्यालयका इन्जिनियर सुमन अधिकारीका अनुसार यस सडकको ‘क्यारिज वे’ (भार बोक्ने सडक) पाँच दशमलव पाँच मिटरको हुनेछ । यो मध्यम लेनको सडक मानिन्छ ।
अहिलेपनि कालाेपत्र संगै वाल कटिङ गर्ने, चौडाइ बढाउने, कल्भर्ट बनाउने, नाली बनाउने काम भइरहेको उनले बताए ।
गाउँ बेशी मीडिया नेटवर्कद्वारा संचालित
शिलशिला डट कम
मण्डन देउपुर नगरपालिका-२, नगरकोट काभ्रे
+977-9849655367, 9803867325
सूचना विभाग दर्ता नम्बर: ३१५९
प्रेस काउन्सिल नेपाल दर्ता न.३१७२
अध्यक्ष/ प्रकाशक:
अजय गतराज 9849655367
प्रधान सम्पादक:-
बिल बहादुर बि. क. 9841114060
संवाददाताहरु:
उज्ज्वल गहतराज
वाङछु राज वाईवा
बिशेष सहयोगी:
कमल तामाङ
बजार व्यवस्थापक:
दुर्गा बहादुर बराईली
कानूनी सल्लाहकार:
पूर्ण प्रसाद पराजुली