• मुख्य समाचार
  • प्रदेश
  • समाचार
  • अर्थ/कृषि
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • हाम्रो समाजमा
  • अन्तरवार्ता
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८० मंसिर २४, आईतबार
  • समाचार
  • प्रदेश
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • प्रदेश नं. ५
    • कर्णाली
    • सुदुर प्रश्चिम
  • खेलकुद
  • अर्थ/कृषि
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • हाम्रो समाजमा
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

छनोट

ताजा अपडेट

१

अरिङ्गालको टोकाइबाट अछाममा एक वृद्धा घाइते

४ हफ्ता अघि
२

हमास र इजरायलका बिचमा बार्ता सुरु

४ हफ्ता अघि
३

भक्तपुरमा म्हः पूजासँंगै खेलियो देउसीभैलो

४ हफ्ता अघि
४

आज काग तिहार, यमपञ्चक सुरू

४ हफ्ता अघि
५

किरन भुजेल र सोफी धरेल अभिनित गीत आँखी झ्यालैमा सार्वजनिक

१ महिना अघि
६

इनास वरिष्ठ उपाध्यक्षमा कार्की सर्वसम्मत

१ महिना अघि
७

अभिनेत्री दिपाशा बिसीको निधन

१ महिना अघि
८

काठमाडौंमा ‘महाजात्रा’ छायाङ्कन तीव्र

१ महिना अघि
९

विद्युत् महशुल नतिर्ने २१ हजार ग्राहकको लाइन काटियो

१ महिना अघि
१०

प्रहरी घेरा भित्र एन्फाको बिशेष साधारणसभा, अध्यक्ष बर्खास्ती हुने वा नहुने निर्णय आजै हुने

१ महिना अघि
११

केनको दुई गोलमा बायर्न विजयी

१ महिना अघि
१२

प्रधानमन्त्री र सिपिसि तिब्बतका सचिव छुङछेङबिच भेटबार्ता

१ महिना अघि

धेरै पढिएका

१

सर्जक तथा गायक अमृत भारतीको तीज गीत ” बाँदर लड्ने भीर” सार्वजनिक (भिडिओ)

३ महिना अघि
२

काभ्रेको मण्डनदेउपुर नगरपलिका–१ चट्याङ लागेर एक युवक गम्भिर घाईते

७ महिना अघि
३

बाल यौन दुर्व्यवहारको आरोपमा प्रधानध्यापक र शिक्षकविरुद्ध उजुरी दर्ता

४ महिना अघि
४

राजेश स्पन्दनको”गजल”

७ महिना अघि
५

आज आमाको मुख हेर्ने दिन अर्थात मातातीर्थ औँसी

७ महिना अघि
६

काभ्रेको मण्डनदेउपुर नगरपालीका–१ मा खानेपानीको अभाव

७ महिना अघि
७

टिपरले च्यापिएर चालकको मृत्युु

८ महिना अघि
८

रवि लामिछाने भारि मतान्तरसहित बिजयी

७ महिना अघि
९

एक युवकले दुई किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

७ महिना अघि
१०

बिप्लव नेतृत्वको केन्द्रिय समिति बैठक सुरु

१0 महिना अघि
११

राजेश स्पन्दनका हाइकुहरु

६ महिना अघि
१२

प्रियालाई “प्रेमदिवसको” शुभकामना

९ महिना अघि
शिलशिलाप्रकाशित मिति: २०८० आश्विन ३०, मंगलबार (१ महिना अघि)
४७ पटक पढिएको

४०० केभीको दोस्रो ठूलो इनरुवा सबस्टेसन निर्माण सम्पन्न, ४ हजार मेगावाट विद्युत आदान प्रदान हुन सक्ने

काठमाडौं—मुलुकभित्रको विद्युत प्रसारण तथा वितरण प्रणाली सुदृढीकरणका लागि सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–४ मा ४०० केभी क्षमताको इनरुवा सबस्टेसन निर्माण सम्पन्न भएको छ । ग्याँस इन्सुलेटेड प्रणाली (जिआईएस)मा आधारित स्वचालित नेपालको दोस्रो ठूलो ४०० केभी सबस्टेसनको निर्माण सम्पन्न गरी सोमबार चार्ज गरिएको छ ।

 

 

मुलुकभित्र पूर्व–पश्चिम विद्युत आपूर्ति र भारतसँगको विद्युत व्यापारका लागि जिआईएस प्रविधियुक्त स्वचालित ढल्कबेर मुलुककै पहिलो र इनरुवा दोस्रो ठूलो सबस्टेसन हो । इनरुवामै २२०÷१३२÷३३ केभीको अर्को सबस्टेसन यसअघि नै निर्माण सम्पन्न भई सञ्चालित छ ।

 

 

हेटौंडा–ढल्केबर–इनरुवा ४०० केभी सबस्टेसन विस्तार आयोजनाअन्तर्गत निर्माण गरिएको ४००÷२२० केभी इनरुवा सबस्टेसनमा ३१५ एमभिए क्षमताका तीन थान पावर ट्रान्सफर्मरहरु छन् । जसको क्षमता ९४५ एमभिए छ  इनरुवा–ढल्केबर ४०० केभी प्रसारण लाइन निर्माण सम्पन्न भएपछि इनरुवा सबस्टेसनबाट करिब ४ हजार मेगावाट विद्युत् आदान प्रदान हुन सक्ने छ । इनरुवा–ढल्केबर प्रसारण प्रसारण लाइनको अहिले तार तान्ने काम भइरहेको छ ।

 

 

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले कोशी प्रदेशका विभिन्न जिल्लाहरुमा पर्ने जलविद्युत आयोजनाहरुबाट उत्पादित विद्युत् प्रसारण गर्न, स्थानीय रुपमा खपत गर्न र देशभित्र खपत गरी अतिरिक्त भएको विद्युत् भारततर्फ निर्यातका लागि इनरुवा सबस्टेसन मेरुदण्डको रुपमा रहेको बताए ।

 

 

‘सबस्टेसनमार्फत राष्ट्रिय प्रसारण प्रणालीमा विद्युत प्रवाहका अतिरिक्त स्थानीय रुपमा आपूर्ति समेत गरिने छ, यसबाट त्यस क्षेत्रको भोल्टेज सुधार भई विद्युत् आपूर्ति भरपर्दो र गुणस्तरीय हुने छ, यही सबस्टेसनबाट भारतसँगको विद्युत् व्यापारका लागि इनरुवा–पूर्णिया ४०० केभी अन्तरदेशीय र नेपाल, भारत तथा  बंगलादेशबीचको व्यापारका लागि इनरुवा–अनारमनी ४०० केभी प्रसारण लाइन प्रस्ताव गरिएको छ’, कार्यकारी निर्देशक घिसिङले भने, ‘पूर्व–पश्चिम विद्युत् आपूर्ति गर्न र भारतर्फ थप विद्युत् प्रवाह तथा क्षेत्रीय विद्युत् व्यापारका लागि इनरुवा सबस्टेसन अर्को ठूलो हब बनेको छ ।’

 

 

 

मोरङ–सुनसरी औद्योगिक करिडोरका उद्योगहरुलाई थप विद्युत दिन र आपूर्तिलाई भरपर्दो तथा गुणस्तरीय बनाउन इनरुवा सबस्टेसनलाई महत्वपूर्ण मानिएको छ ।

 

 

अरुण तथा तमोर नदी र तिनीहरुका सहायक खोलानालामा निर्माण गरिएका÷हुने जलविद्युत आयोजनाहरुबाट उत्पादित विद्युत् कोशी  करिडोर २२० केभी प्रसारण लाइनमार्फत इनरुवा सबस्टेसनमा जोडिनेछ । कोशी करिडोरको इनरुवा–बसन्तपुर–तुम्लिङटार खण्ड निर्माण सम्पन्न भइसकेको छ भने वसन्तपुर–ढुंगेसाँघु खण्ड निर्माणाधीन छ । यस्तै, तुम्लिङटार–शीतलपाटी २२० केभी प्रसारण लाइन आयोजना पनि निर्माणाधीन छ । अरुण हब–इनरुवा ४०० केभी प्रसारण लाइन निर्माण प्रस्ताव गरिएको छ ।

 

 

आयोजना प्रमुख शुक्र देवकोटाले इनरुवा सबस्टेसनलाई आगामी दिनमा थप विस्तार गर्दै जान मिल्नेगरी निर्माण गरिएको बताए । बर्खाको समयमा तराईमा हुने डुवान, विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि लागू गरेको बन्दाबन्दी र निषेधाज्ञाका कारण उपकरण तथा प्राविधिकहरु आउन नसक्दा सबस्टेसनको निर्माण प्रभावित भएको थियो । २०७८ कात्तिकमा सबस्टेसन निर्माण क्षेत्रमा आएको बाढीले उपकरणहरुमा क्षति पुगी पुनः आयात गर्नु पर्दा निर्माणमा केही ढिलाइ भएको आयोजना प्रमुख देवकोटाले उल्लेख गरे ।

 

 

आयोजनाअन्तर्गत नै ४०० केभी ढल्केबर सबस्टेसन निर्माण सम्पन्न भई सञ्चालनमा छ भने हेटौंडा सबस्टेसन निर्माणको अन्तिम चरणमा छ । इनरुवा र हेटौंडा सबस्टेसन निर्माणका लागि २०७५ पुसमा  ठेक्का सम्झौता भएको थियो । नेपाल सरकार र प्राधिकरणको लगानीमा निर्माण भएको इनरुवा सबस्टेसनको अनुमानित लागत १ करोड ४३ लाख अमेरिकी डलर र २० करोड ४८ लाख रुपैयाँ रहेको छ । सबस्टेसन निर्माण सुपरीवेक्षण एनइए इन्जिनियरिङ कम्पनीले गरेको थियो ।

 

प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • ४ हफ्ता अघि

    भक्तपुरमा म्हः पूजासँंगै खेलियो देउसीभैलो

  • १ महिना अघि

    विद्युत् महशुल नतिर्ने २१ हजार ग्राहकको लाइन काटियो

  • १ महिना अघि

    भुकम्प पीडितलाई बुद्ध एअरको १ करोड सहयोग, राहात सामग्री ढुवानीमा सहयोग गर्ने

  • १ महिना अघि

    काठमाडौँबाट सुरू गरियो ‘महाजात्रा’को छायाङ्कन

  • समाचार
  • १

    अरिङ्गालको टोकाइबाट अछाममा एक वृद्धा घाइते
    ४ हफ्ता अघि

  • २

    हमास र इजरायलका बिचमा बार्ता सुरु
    ४ हफ्ता अघि

  • ३

    भक्तपुरमा म्हः पूजासँंगै खेलियो देउसीभैलो
    ४ हफ्ता अघि

  • ४

    आज काग तिहार, यमपञ्चक सुरू
    ४ हफ्ता अघि

  • ५

    किरन भुजेल र सोफी धरेल अभिनित गीत आँखी झ्यालैमा सार्वजनिक
    १ महिना अघि

  • ६

    इनास वरिष्ठ उपाध्यक्षमा कार्की सर्वसम्मत
    १ महिना अघि

  • ७

    अभिनेत्री दिपाशा बिसीको निधन
    १ महिना अघि

  • ८

    काठमाडौंमा ‘महाजात्रा’ छायाङ्कन तीव्र
    १ महिना अघि

  • ९

    विद्युत् महशुल नतिर्ने २१ हजार ग्राहकको लाइन काटियो
    १ महिना अघि

  • १०

    प्रहरी घेरा भित्र एन्फाको बिशेष साधारणसभा, अध्यक्ष बर्खास्ती हुने वा नहुने निर्णय आजै हुने
    १ महिना अघि

  • सामाजिक सञ्जालबाट

    गाउँ बेशी मीडिया नेटवर्कद्वारा संचालित

    शिलशिला डट कम

    मण्डन देउपुर नगरपालिका-२, नगरकोट काभ्रे

    : [email protected]

    +977-9849655367, 9803867325

    सूचना विभाग दर्ता नम्बर: ३१५९

    प्रेस काउन्सिल नेपाल दर्ता न.३१७२

    www.shilshila.com

    हाम्रो टीम

    अध्यक्ष/ प्रकाशक:
    अजय गतराज 9849655367

    प्रधान सम्पादक:-
    बिल बहादुर बि. क. 9841114060

    संवाददाताहरु:
    उज्ज्वल गहतराज
    वाङछु राज वाईवा

    बिशेष सहयोगी:
    कमल तामाङ

    बजार व्यवस्थापक:
    दुर्गा बहादुर बराईली

    कानूनी सल्लाहकार:
    पूर्ण प्रसाद पराजुली

    साईट मेनु

    • गृह पृष्ठ
    • प्रदेश
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्रईभेसी/पोलिसी
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा

    Facebook

    © २०७७ शिलशिला मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution