• मुख्य समाचार
  • प्रदेश
  • समाचार
  • अर्थ/कृषि
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • हाम्रो समाजमा
  • अन्तरवार्ता
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८० मंसिर २४, आईतबार
  • समाचार
  • प्रदेश
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • प्रदेश नं. ५
    • कर्णाली
    • सुदुर प्रश्चिम
  • खेलकुद
  • अर्थ/कृषि
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • हाम्रो समाजमा
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

छनोट

ताजा अपडेट

१

अरिङ्गालको टोकाइबाट अछाममा एक वृद्धा घाइते

४ हफ्ता अघि
२

हमास र इजरायलका बिचमा बार्ता सुरु

४ हफ्ता अघि
३

भक्तपुरमा म्हः पूजासँंगै खेलियो देउसीभैलो

४ हफ्ता अघि
४

आज काग तिहार, यमपञ्चक सुरू

४ हफ्ता अघि
५

किरन भुजेल र सोफी धरेल अभिनित गीत आँखी झ्यालैमा सार्वजनिक

१ महिना अघि
६

इनास वरिष्ठ उपाध्यक्षमा कार्की सर्वसम्मत

१ महिना अघि
७

अभिनेत्री दिपाशा बिसीको निधन

१ महिना अघि
८

काठमाडौंमा ‘महाजात्रा’ छायाङ्कन तीव्र

१ महिना अघि
९

विद्युत् महशुल नतिर्ने २१ हजार ग्राहकको लाइन काटियो

१ महिना अघि
१०

प्रहरी घेरा भित्र एन्फाको बिशेष साधारणसभा, अध्यक्ष बर्खास्ती हुने वा नहुने निर्णय आजै हुने

१ महिना अघि
११

केनको दुई गोलमा बायर्न विजयी

१ महिना अघि
१२

प्रधानमन्त्री र सिपिसि तिब्बतका सचिव छुङछेङबिच भेटबार्ता

१ महिना अघि

धेरै पढिएका

१

सर्जक तथा गायक अमृत भारतीको तीज गीत ” बाँदर लड्ने भीर” सार्वजनिक (भिडिओ)

३ महिना अघि
२

काभ्रेको मण्डनदेउपुर नगरपलिका–१ चट्याङ लागेर एक युवक गम्भिर घाईते

७ महिना अघि
३

बाल यौन दुर्व्यवहारको आरोपमा प्रधानध्यापक र शिक्षकविरुद्ध उजुरी दर्ता

४ महिना अघि
४

राजेश स्पन्दनको”गजल”

७ महिना अघि
५

आज आमाको मुख हेर्ने दिन अर्थात मातातीर्थ औँसी

७ महिना अघि
६

काभ्रेको मण्डनदेउपुर नगरपालीका–१ मा खानेपानीको अभाव

७ महिना अघि
७

टिपरले च्यापिएर चालकको मृत्युु

८ महिना अघि
८

रवि लामिछाने भारि मतान्तरसहित बिजयी

७ महिना अघि
९

एक युवकले दुई किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

७ महिना अघि
१०

बिप्लव नेतृत्वको केन्द्रिय समिति बैठक सुरु

१0 महिना अघि
११

राजेश स्पन्दनका हाइकुहरु

६ महिना अघि
१२

प्रियालाई “प्रेमदिवसको” शुभकामना

९ महिना अघि
शिलशिलाप्रकाशित मिति: २०८० आश्विन २९, सोमबार (१ महिना अघि)
४५ पटक पढिएको

विद्युत् प्राधिकरणले यसवर्ष पनि पायो ‘डबल ए प्लस’ क्रेडिट रेटिङ

नगरकोट—नेपाल विद्युत प्राधिकरणले यस वर्ष पनि ‘डबल ए प्लस क्रेडिट रेटिङ पाएको छ । इक्रा नेपाल लि.ले प्राधिकरणको क्रेडिट रेटिङ गरी ‘इक्रा एनपी डबल ए प्लस’ स्तरको रेटिङ प्रदान गरेको छ । अघिल्लो वर्ष पनि प्राधिकरणले सोही रेटिङ पाएको थियो । डबल ए प्लस रेटिङ प्राप्त गर्ने संस्थाको आफ्नो वित्तीय तथा आर्थिक दायित्व समयमै वहन गर्न सक्ने उच्च क्षमता सुरक्षित रहन्छ । डबल ए प्लस रेटिङ पाउने संस्थासँगको वित्तीय कारोबारमा ज्यादै न्यून ऋण भुक्तानी जोखिम हुन्छ ।

 

इक्रा नेपालले प्राधिकरणको वित्तीय अवस्था, सम्पत्ति, व्यवसायिक तथा वित्तीय जोखिमहरुको विश्लेषण, व्यवस्थापकीय क्षमता, सञ्चालन प्रभावकारितामा प्रभाव पार्ने आन्तरिक तथा वाह्य वातावरणीय तत्वहरुलगायतको विश्लेषण गरेको थियो । सोही विश्लेषणका आधारमा प्राधिकरणको क्रेडिट रेटिङ गरिएको हो ।

 

 

क्रेडिट रेटिङमार्फत कुनै व्यक्ति वा संगठित संस्थाको साखको गुणस्तर सम्बन्धमा मूल्याङ्कन गर्ने तथा राय प्रकट गर्ने काम गरिन्छ । यसमा संस्थाको ऋण दायित्व भुक्तान गर्ने क्षमता सम्बन्धमा निहित जोखिमबारे सरल र बुझ्न सकिने सांकेतिक सूचकका रुपमा राय दिइन्छ ।

 

 

विद्युत् उत्पादन, प्रसारण र वितरणलाई सक्षम, भरपदो र सर्वसुलभ गरी विद्युत् आपूर्तिको समुचित व्यवस्था गर्न सरकारको पूर्ण स्वामित्वमा प्राधिकरण स्थापना गरिएको हो । प्राधिकरणले देशभित्र विद्युत् उत्पादन, प्रसारण र वितरणका अतिरिक्त आन्तरिक तथा सीमापार विद्युत् व्यापार पनि गरिरहेको छ ।

 

 

सरकारले विद्युत् विकासका आफ्ना कार्यक्रमहरु कार्यान्वयन गर्न वार्षिक रुपमा बजेट विनियोजन, सेयरमा लगानी (नगद वा व्याज÷साँवा पूँजीकरण) र अन्य आवश्यक रकम÷सञ्चालनमार्फत प्राधिकरणलाई सहयोग गरिरहेको छ ।

 

 

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सार्वजनिक निकायहरुमध्ये प्राधिकरणले डबल ए प्लस क्रेटिड रेटिङ पाएकाले संस्थामा वित्तीय दायित्व बहन गर्न सक्ने उच्चतहको सुरक्षित क्षमता देखिएको बताए ।

प्राधिकरणले तेस्रो वित्तीय पुनर्संरचना गरी नेपाल विद्युत प्राधिकरण ऐन, २०४१ बमोजिम संस्थाको सेयर सर्वसाधारणमा जारी गर्ने प्रस्ताव अर्थ मन्त्रालयमा पेश गरिसकेको छ । प्राधिकरणको चुक्ता पूँजी करिब ३ खर्ब रुपैयाँ कायम गरी त्यसको १० प्रतिशतले हुन आउने रकममा प्रिमियम थप गरी करिब ६० अर्ब रुपैयाँ बराबरको प्राथमिक सेयर सर्वसाधारणलाई निश्कासनको प्रस्ताव गरिएको छ । प्राधिकरणको सेयरको प्रतिकित्ता किताबी मूल्य करिब १२५ रुपैयाँ कायम गर्ने र त्यसमा त्यती नै रकम प्रिमियम थप गरी सेयर निश्कासनको प्रस्ताव गरिएको छ ।

 

 

कार्यकारी निर्देशक घिसिङले संस्थाको क्रेडिट रेटिङ भइसकेकाले सरकारबाट स्वीकृति पाउनसाथ सेयर निश्कासनको प्रक्रिया अगाडि बढाउन सकिने बताए ।  ‘क्रेडिट रेटिङबाट संस्थाको वित्तीय स्वास्थ्य राम्रो देखिएको छ, ऋण तिर्न सक्ने क्षमतामा सक्षमता देखिएको छ, आन्तरिक माग धान्न हिउँदका केही महिनामा हुने विद्युत् आयात प्रतिस्थापन छिट्टै हुँदै छ भने हरेक वर्ष हुने विद्युत् निर्यात बृद्धि, आन्तरिक रुपमा हुने विद्युत् खपत बृद्धि तथा प्रणालीको चुहावट नियन्त्रणमा हासिल भइरहेका सफलताले संस्थाको नाफा बढ्दै जाने छ’,घिसिङले भने, ‘विद्युत् उत्पादनतर्फका आयोजनाहरु निर्माण र विद्युत् आपूर्तिलाई थप भरपर्दो, गुणस्तरीय तथा सुरक्षित बनाउन प्रणाली सुधार तथा विस्तारका लागि ठूलो पूँजी आवश्यक पर्ने छ, यसका लागि संस्थाले कमाएको नाफा र सेयर निश्कासनबाट प्राप्त हुने रकमबाट लगानीको खाडल पूरा गर्ने योजना बनाएका छौं ।’

 

 

प्राधिकरणले स्वदेशी तथा विदेशी लगाीकर्ताहरुले निर्माण गर्ने जलविद्युत आयोजनाहरुसँग दीर्घकालीन विद्युत खरिद सम्झौता (पिपिए) गरहेको छ । क्रेडिट रेटिङको नतिजाले त्यस्ता आयोजनाको रकम भुक्तानी गर्न प्राधिकरणसँग उच्चस्तरको वित्तीय क्षमता रहेकाले लगानी जोखिम नरहेको देखाएको छ ।

 

 

इक्रा नेपालले प्राधिकरण सरकारको पूर्ण स्वामित्वमा रहेको, विद्युत प्रसारण, वितरण र मुलुकभित्र तथा बाहिरी मुलुकसँग विद्युत खरिद बिक्रीको एकाधिकार प्राप्त तथा सरकारको रणनीतिक संस्था भएको, सहायक कम्पनीसहित करिब एक हजार एक सय मेगावाटको विद्युत उत्पादन क्षमता भएको, सरकारले हरेक वर्ष बजेटमार्फत ऋण र सेयरमा लगानी गर्ने गरेको उल्लेख गरेको छ ।

 

 

प्रसारण तथा वितरण प्रणाली सुधार तथा विस्तारका लागि गरिएको पूँजी प्रतिबद्धाले प्राधिकरणलाई अल्कालीन रुपमा संस्थाको नगद प्रवाहमा चाप पार्न सक्ने इक्रा नेपालले उल्लेख गरेको छ । प्राधिकरणले गत आर्थिक वर्ष २०७९/८०मा १२ अर्ब ३३ करोड रुपैयाँको खुद नाफाको प्रक्षेपण गरेको छ । प्रणालीको विद्युत् चुहावट १३.४६ प्रतिशत छ ।

 

 

प्रतिक्रिया दिनुहोस
अर्थ/कृषि सम्बन्धि थप
  • १ महिना अघि

    आजको विदेशी मुद्राको विनिमय दर, युएई दिराम ३६ रुपैयाँ बढी

  • १ महिना अघि

    कर्णालीमा आधारभूत खानेपानीको पहुँच ८८.६ प्रतिशत

  • १ महिना अघि

    भिजन लुम्बिनी ऊर्जाले १६ कात्तिकमा आईपीओ निष्काशन गर्दै

  • १ महिना अघि

    प्रि-ओपन सेसनमा नेप्से परिसूचक ०.७५ अंकले बढ्यो

  • समाचार
  • १

    अरिङ्गालको टोकाइबाट अछाममा एक वृद्धा घाइते
    ४ हफ्ता अघि

  • २

    हमास र इजरायलका बिचमा बार्ता सुरु
    ४ हफ्ता अघि

  • ३

    भक्तपुरमा म्हः पूजासँंगै खेलियो देउसीभैलो
    ४ हफ्ता अघि

  • ४

    आज काग तिहार, यमपञ्चक सुरू
    ४ हफ्ता अघि

  • ५

    किरन भुजेल र सोफी धरेल अभिनित गीत आँखी झ्यालैमा सार्वजनिक
    १ महिना अघि

  • ६

    इनास वरिष्ठ उपाध्यक्षमा कार्की सर्वसम्मत
    १ महिना अघि

  • ७

    अभिनेत्री दिपाशा बिसीको निधन
    १ महिना अघि

  • ८

    काठमाडौंमा ‘महाजात्रा’ छायाङ्कन तीव्र
    १ महिना अघि

  • ९

    विद्युत् महशुल नतिर्ने २१ हजार ग्राहकको लाइन काटियो
    १ महिना अघि

  • १०

    प्रहरी घेरा भित्र एन्फाको बिशेष साधारणसभा, अध्यक्ष बर्खास्ती हुने वा नहुने निर्णय आजै हुने
    १ महिना अघि

  • सामाजिक सञ्जालबाट

    गाउँ बेशी मीडिया नेटवर्कद्वारा संचालित

    शिलशिला डट कम

    मण्डन देउपुर नगरपालिका-२, नगरकोट काभ्रे

    : [email protected]

    +977-9849655367, 9803867325

    सूचना विभाग दर्ता नम्बर: ३१५९

    प्रेस काउन्सिल नेपाल दर्ता न.३१७२

    www.shilshila.com

    हाम्रो टीम

    अध्यक्ष/ प्रकाशक:
    अजय गतराज 9849655367

    प्रधान सम्पादक:-
    बिल बहादुर बि. क. 9841114060

    संवाददाताहरु:
    उज्ज्वल गहतराज
    वाङछु राज वाईवा

    बिशेष सहयोगी:
    कमल तामाङ

    बजार व्यवस्थापक:
    दुर्गा बहादुर बराईली

    कानूनी सल्लाहकार:
    पूर्ण प्रसाद पराजुली

    साईट मेनु

    • गृह पृष्ठ
    • प्रदेश
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्रईभेसी/पोलिसी
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा

    Facebook

    © २०७७ शिलशिला मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution