• मुख्य समाचार
  • प्रदेश
  • समाचार
  • अर्थ/कृषि
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • हाम्रो समाजमा
  • अन्तरवार्ता
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८० मंसिर २४, आईतबार
  • समाचार
  • प्रदेश
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • प्रदेश नं. ५
    • कर्णाली
    • सुदुर प्रश्चिम
  • खेलकुद
  • अर्थ/कृषि
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • हाम्रो समाजमा
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

छनोट

ताजा अपडेट

१

अरिङ्गालको टोकाइबाट अछाममा एक वृद्धा घाइते

४ हफ्ता अघि
२

हमास र इजरायलका बिचमा बार्ता सुरु

४ हफ्ता अघि
३

भक्तपुरमा म्हः पूजासँंगै खेलियो देउसीभैलो

४ हफ्ता अघि
४

आज काग तिहार, यमपञ्चक सुरू

४ हफ्ता अघि
५

किरन भुजेल र सोफी धरेल अभिनित गीत आँखी झ्यालैमा सार्वजनिक

१ महिना अघि
६

इनास वरिष्ठ उपाध्यक्षमा कार्की सर्वसम्मत

१ महिना अघि
७

अभिनेत्री दिपाशा बिसीको निधन

१ महिना अघि
८

काठमाडौंमा ‘महाजात्रा’ छायाङ्कन तीव्र

१ महिना अघि
९

विद्युत् महशुल नतिर्ने २१ हजार ग्राहकको लाइन काटियो

१ महिना अघि
१०

प्रहरी घेरा भित्र एन्फाको बिशेष साधारणसभा, अध्यक्ष बर्खास्ती हुने वा नहुने निर्णय आजै हुने

१ महिना अघि
११

केनको दुई गोलमा बायर्न विजयी

१ महिना अघि
१२

प्रधानमन्त्री र सिपिसि तिब्बतका सचिव छुङछेङबिच भेटबार्ता

१ महिना अघि

धेरै पढिएका

१

सर्जक तथा गायक अमृत भारतीको तीज गीत ” बाँदर लड्ने भीर” सार्वजनिक (भिडिओ)

३ महिना अघि
२

काभ्रेको मण्डनदेउपुर नगरपलिका–१ चट्याङ लागेर एक युवक गम्भिर घाईते

७ महिना अघि
३

बाल यौन दुर्व्यवहारको आरोपमा प्रधानध्यापक र शिक्षकविरुद्ध उजुरी दर्ता

४ महिना अघि
४

राजेश स्पन्दनको”गजल”

७ महिना अघि
५

आज आमाको मुख हेर्ने दिन अर्थात मातातीर्थ औँसी

७ महिना अघि
६

काभ्रेको मण्डनदेउपुर नगरपालीका–१ मा खानेपानीको अभाव

७ महिना अघि
७

टिपरले च्यापिएर चालकको मृत्युु

८ महिना अघि
८

रवि लामिछाने भारि मतान्तरसहित बिजयी

७ महिना अघि
९

एक युवकले दुई किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

७ महिना अघि
१०

बिप्लव नेतृत्वको केन्द्रिय समिति बैठक सुरु

१0 महिना अघि
११

राजेश स्पन्दनका हाइकुहरु

६ महिना अघि
१२

प्रियालाई “प्रेमदिवसको” शुभकामना

९ महिना अघि
शिलशिलाप्रकाशित मिति: २०८० आश्विन २९, सोमबार (१ महिना अघि)
३३ पटक पढिएको

सरकारी काम गर्ने प्रक्रियामा कर्णालीका मुख्यमन्त्रीको असहमति

सुर्खेत—सरकारी काम कहिले जाला घाम भन्ने नेपाली उखान चर्चामा आए झैँ कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले पनि सरकारी काम गर्ने प्रक्रियागत असहमति जनाएका छन् ।

 

 

 

एक दिनमा हुने काम १६ ठाउँमा फाइल घुमाउदा घुमाउदै समयको बर्बाद मात्र होइन , कर्णालीका संमृद्धि र विकासमा समेत बाधा पुगेको बताएका छन् ।

 

 

हरेक मानिसले विकास ,संमृद्धि भन्दा पनि कसरी अड्को थाप्न सकिन्छ भन्दै बसेको उनले बताए । रुकुम पश्चिममा आयोजना गरिएको एक कार्यक्रममा मन्त्री शर्माले देशका नीति निमय कसले बनाउछ ? भन्दै प्रश्न समेत गरेका थिए । वषौदेखि पुल, सडक निर्माण काम अलपत्र परेका छन् ? यि किन अलपत्र भए भन्दै भन्दै मुख्यमन्त्री शर्माले यो राज्य चलाउने नियम बनाउने कुरामा बाह्य तत्वको हात रहेको भन्दै आशंका समेत गरे ।

 

 

 

आफ्नै गृह जिल्लामा पनि ८ देखि १० वर्ष सम्म विकास निर्माणका काम अलपत्र पार्ने निर्माण व्यावसयाीलाई कारबाही गर्न नसकिएको भन्दै मुख्यमन्त्री शर्माले यसरी कहाँ कर्णाली संमृद्धि हुन्छ ? भन्दै पीडा सुनाए  । नेपालका ऐन कानुन ठेकेदार र माफियाले बनाउने गरेको अनुभूति भएको  उनले जनाएका छन् ।

 

 

 

रुकुम पश्चिमबाट कर्णाली प्रदेशमा प्रतिनिधित्व गर्ने मुख्यमन्त्री शर्माले सांसदहरुले बनाउने ऐन कानुनलाई माफियाहरुले बनाउने गरेको हो कि भन्दै आक्रोष पनि पोखेका छन् । रुकुम पश्चिमबाट तपाई लगायत धेरै नेता मन्त्री–मुख्यमन्त्री भए पनि विकासका काम किन लामो समयसम्म हुन नसकेको भन्ने पत्रकारको प्रश्नमा उनले नेपालका कानुन ठेकेदार र माफियाले बनाउने गरेकाले विकास समयमै हुन नसकेको बताएका हुन्।  ‘कहिलेकाहीँ मलाई के अनुभुति हुन्छ भने सार्वजजिक खरिद ऐन ठेकेदारले त बनाउँदैनन्, कहिले हाम्रो भूमिसम्बन्धी नीति भूमाफियाले त बनाउँदैनन ?’, उनले भने, ‘स्वास्थ्यसम्बन्धी नीति मेडिकल माफियाले त बनाउँदैनन्, कहिलेकाहीँ मलाई पनि यो अनुभूति हुन्छ।’

 

 

सानो काम गर्नु परेमा १६ ठाउँका कागज डुलाउँदा ,डुलाउँदै समय बर्बाद हुने गरेको कर्णालीका मुख्यमन्त्रीको गुनासो छ । काम छिटो छरितो हुनुपर्ने, गर्नु पर्नेमा महिना दिनसम्म एउटै कागज मन्त्रालयमा घुम्छ अनि कहाँबाट होस जनताले साेचे झैँ छिटो काम ? मुख्यमन्त्रीको प्रश्न रहेको छ । मन्त्रालयको शाखाबाट फाइल पठाएर आफ्नो टेबुल सम्म पुग्नका लागि धेरै समय खर्च हुने गरेको यो तरिकाबाट कर्णालीको विकास  र संमृद्धि नहुने बताए ।

 

 

 

उनले सुर्खेतमा भएको अर्को कार्यक्रममा ‘हामी प्रतिवेदनमै हरायौं, चिल्ला किताबहरुमै हरायौं, मिठा भाषणहरुमै हरायौं, प्रक्रियामै हरायौं,’ भन्दै यो तरिकाले विकास गर्न मुस्किल पर्छ भन्दै काम तरिका प्रति असहति जनाएका छन् ।

 

 

नदी बेसिन योजना, जलविद्युत विकास गुरुयोजना तथा रणनीतिक वातावरणीय र सामाजिक मूल्याङ्कन सम्बन्धी प्रदेशस्तरीय परामर्श गोष्ठीमा बोल्दै मुख्यमन्त्री शर्माले भने, ‘एउटा कागजको फाइल १६ टेबुल घुमेर मेरो टेबुलमा आउने प्रक्रियाले कर्णालीको विकास र समृद्धि हुँदैन अब काममा हराउनु पर्ने बेला भएको छ।’ मुख्यमन्त्री शर्माले कर्णालीमा हजारौं मेगावाट विद्युत् उत्पादन हुने भनिएपनि त्यसको कार्यान्वयन नहुँदा समस्या भइरहेको बताए।

 

 

 

‘झोलामा खोला हालेर हिँड्नेहरुका कारण कर्णालीमा विद्युत् आयोजना निर्माण हुन सकेका छैनन्,’ उनले भने, ‘यसतर्फ विशेष चासो र चिन्ता हुन आवश्यक छ।’ उनले कर्णालीमा माथिल्लो कर्णालीजस्ता ठूला आयोजना किन बन्दैनन् भन्ने कुराको खोजी गर्न जल तथा ऊर्जा आयोगलाई आग्रह गरे।

 

 

उनले सरकारले नीति बनाउँदा माफियाहरुको घेराबन्दी हुने गरेको बताए। ‘विद्युत् नीति बनाउन थाल्यो, जल माफियाको घेराबन्दी हुन्छ, भूमि सम्बन्धी नीति बनाउन थाल्यो, भूमाफियाको घेराबन्दी हुन्छ,’ उनले भने, ‘यो घेराबन्दी तोड्न सबैको सहयोगको खाँचो छ।’

 

 

 

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री उर्मिला विश्वकर्माले कर्णालीका नदी र खोलाको सही सदुपयोग हुन आवश्यक रहेको बताइन्। ‘हामी अहिलेसम्म संभावनाका मात्रै कुराहरु गरिरहेका छौं, तर ती संभावनालाई उजागर गरिरहेका छैनौं,’ उनले भनिन्, ‘अब संभावनाका कुरा मात्रै नगरौं, ती संभावनालाई कार्यान्वयन पनि गरौं।’ कर्णाली प्रदेश योजना आयोगका उपाध्यक्ष योगेन्द्रबहादुर शाहीले कर्णालीमा १६ हजार मेगावाट विद्युत् सहजै उत्पादन गर्न मिल्ने देखिए पनि अहिलेसम्म त्यसको कार्यान्वयन हुन नसकेको बताए। उनले जल तथा ऊर्जा आयोगको तथ्याङ्कले कर्णाली प्रदेश सरकारलाई ऊर्जा सम्बन्धी नीति बनाउन सघाउ पु¥याउने बताए।

 

 

 

जलस्रोतमा धनी प्रदेश भएपनि धेरै खेतीयोग्य जमिनहरु बाँझो रहेको बताउँदै उनले कर्णालीका लागि लिफ्ट सिँचाइ योजना एक मात्र विकल्प रहेको बताए। उनले संघले बनाउने ठूला योजनामा प्रदेश सरकारको पनि सहभागिता र अपनत्व हुन आवश्यक रहेको बताए।

 

 

त्यस्तै छिटो छरितो काम गरौँ भन्दा मन्त्रालयमा बसेका कर्मचारीहरुको अनेक ठाउँमा भाँजाे हाल्ने गरेको अनुभूति रहेको पुर्वमन्त्रीहरु बताउँछन् । मन्त्री र मन्त्रालयका कर्मचारीहरु काम गर्ने तरिका नै नमिल्ने गरेको पुर्वमन्त्रीहरु बताउँछन् । आफूलाई गर्ने नलागेको काममा अनेकन कुरा ल्याएर भाँजाे हाल्ने तर आफूलाई गर्न मन लागेको कुरा जसरी नि पुरा गर्ने कर्मचारीतन्त्रका कारण विकास निर्माणमा बाधा पुगेको मन्त्रीहरुको गुनासो छ ।

 

 

 

कर्मचारी सरुवा देखि अन्य काममा समेत मन्त्रालयका जिम्मेवारी  व्यक्तिहरु मुखले हुन्छ भन्ने तर भित्र भित्रै अकै सेटिङमा लाग्ने गरेको नाम नबताउने सर्तमा एक मन्त्रीले बताए । मन्त्रालयको अधिकांश बजेट फ्रिज हुनेमा कर्मचारीको हात बढीरहेको पाइएको मन्त्रीको तर्क छ । जिल्ला कार्यालयसँग मिलेर आवश्यक नभएको ठाउँमा बजेट पठाउने , आवश्यक भएको ठाउँमा पनि आँनाकानी हुने गरेको मन्त्रीको तर्क छ । मन्त्रालयमा बसेर राजनीतिक रुपमा फरक मत राखेर काम गर्न उच्च कर्मचारी नेतृत्व लागेको मन्त्रीकै आरोप छ ।

प्रतिक्रिया दिनुहोस
कर्णाली सम्बन्धि थप
  • १ महिना अघि

    प्रधानमन्त्री र सिपिसि तिब्बतका सचिव छुङछेङबिच भेटबार्ता

  • १ महिना अघि

    भुकम्प ग्रस्त क्षेत्रमा नेताहरुको भिड देखेर उदेक लाग्छः कमल थापा

  • १ महिना अघि

    तीन दलबाट व्यवस्था खतरामा, साना दलप्रति संसद अनुदार : रवि लामिछाने

  • १ महिना अघि

    सभामुख घिमिरे र राष्ट्रसंघीय महासचिव गुटेरेसबीच भेटवार्ता

  • समाचार
  • १

    अरिङ्गालको टोकाइबाट अछाममा एक वृद्धा घाइते
    ४ हफ्ता अघि

  • २

    हमास र इजरायलका बिचमा बार्ता सुरु
    ४ हफ्ता अघि

  • ३

    भक्तपुरमा म्हः पूजासँंगै खेलियो देउसीभैलो
    ४ हफ्ता अघि

  • ४

    आज काग तिहार, यमपञ्चक सुरू
    ४ हफ्ता अघि

  • ५

    किरन भुजेल र सोफी धरेल अभिनित गीत आँखी झ्यालैमा सार्वजनिक
    १ महिना अघि

  • ६

    इनास वरिष्ठ उपाध्यक्षमा कार्की सर्वसम्मत
    १ महिना अघि

  • ७

    अभिनेत्री दिपाशा बिसीको निधन
    १ महिना अघि

  • ८

    काठमाडौंमा ‘महाजात्रा’ छायाङ्कन तीव्र
    १ महिना अघि

  • ९

    विद्युत् महशुल नतिर्ने २१ हजार ग्राहकको लाइन काटियो
    १ महिना अघि

  • १०

    प्रहरी घेरा भित्र एन्फाको बिशेष साधारणसभा, अध्यक्ष बर्खास्ती हुने वा नहुने निर्णय आजै हुने
    १ महिना अघि

  • सामाजिक सञ्जालबाट

    गाउँ बेशी मीडिया नेटवर्कद्वारा संचालित

    शिलशिला डट कम

    मण्डन देउपुर नगरपालिका-२, नगरकोट काभ्रे

    : [email protected]

    +977-9849655367, 9803867325

    सूचना विभाग दर्ता नम्बर: ३१५९

    प्रेस काउन्सिल नेपाल दर्ता न.३१७२

    www.shilshila.com

    हाम्रो टीम

    अध्यक्ष/ प्रकाशक:
    अजय गतराज 9849655367

    प्रधान सम्पादक:-
    बिल बहादुर बि. क. 9841114060

    संवाददाताहरु:
    उज्ज्वल गहतराज
    वाङछु राज वाईवा

    बिशेष सहयोगी:
    कमल तामाङ

    बजार व्यवस्थापक:
    दुर्गा बहादुर बराईली

    कानूनी सल्लाहकार:
    पूर्ण प्रसाद पराजुली

    साईट मेनु

    • गृह पृष्ठ
    • प्रदेश
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्रईभेसी/पोलिसी
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा

    Facebook

    © २०७७ शिलशिला मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution