• मुख्य समाचार
  • प्रदेश
  • समाचार
  • अर्थ/कृषि
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • हाम्रो समाजमा
  • अन्तरवार्ता
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८० मंसिर २४, आईतबार
  • समाचार
  • प्रदेश
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • प्रदेश नं. ५
    • कर्णाली
    • सुदुर प्रश्चिम
  • खेलकुद
  • अर्थ/कृषि
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • हाम्रो समाजमा
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

छनोट

ताजा अपडेट

१

अरिङ्गालको टोकाइबाट अछाममा एक वृद्धा घाइते

४ हफ्ता अघि
२

हमास र इजरायलका बिचमा बार्ता सुरु

४ हफ्ता अघि
३

भक्तपुरमा म्हः पूजासँंगै खेलियो देउसीभैलो

४ हफ्ता अघि
४

आज काग तिहार, यमपञ्चक सुरू

४ हफ्ता अघि
५

किरन भुजेल र सोफी धरेल अभिनित गीत आँखी झ्यालैमा सार्वजनिक

१ महिना अघि
६

इनास वरिष्ठ उपाध्यक्षमा कार्की सर्वसम्मत

१ महिना अघि
७

अभिनेत्री दिपाशा बिसीको निधन

१ महिना अघि
८

काठमाडौंमा ‘महाजात्रा’ छायाङ्कन तीव्र

१ महिना अघि
९

विद्युत् महशुल नतिर्ने २१ हजार ग्राहकको लाइन काटियो

१ महिना अघि
१०

प्रहरी घेरा भित्र एन्फाको बिशेष साधारणसभा, अध्यक्ष बर्खास्ती हुने वा नहुने निर्णय आजै हुने

१ महिना अघि
११

केनको दुई गोलमा बायर्न विजयी

१ महिना अघि
१२

प्रधानमन्त्री र सिपिसि तिब्बतका सचिव छुङछेङबिच भेटबार्ता

१ महिना अघि

धेरै पढिएका

१

सर्जक तथा गायक अमृत भारतीको तीज गीत ” बाँदर लड्ने भीर” सार्वजनिक (भिडिओ)

३ महिना अघि
२

काभ्रेको मण्डनदेउपुर नगरपलिका–१ चट्याङ लागेर एक युवक गम्भिर घाईते

७ महिना अघि
३

बाल यौन दुर्व्यवहारको आरोपमा प्रधानध्यापक र शिक्षकविरुद्ध उजुरी दर्ता

४ महिना अघि
४

राजेश स्पन्दनको”गजल”

७ महिना अघि
५

आज आमाको मुख हेर्ने दिन अर्थात मातातीर्थ औँसी

७ महिना अघि
६

काभ्रेको मण्डनदेउपुर नगरपालीका–१ मा खानेपानीको अभाव

७ महिना अघि
७

टिपरले च्यापिएर चालकको मृत्युु

८ महिना अघि
८

रवि लामिछाने भारि मतान्तरसहित बिजयी

७ महिना अघि
९

एक युवकले दुई किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

७ महिना अघि
१०

बिप्लव नेतृत्वको केन्द्रिय समिति बैठक सुरु

१0 महिना अघि
११

राजेश स्पन्दनका हाइकुहरु

६ महिना अघि
१२

प्रियालाई “प्रेमदिवसको” शुभकामना

९ महिना अघि
शिलशिलाप्रकाशित मिति: २०८० आश्विन २८, आईतबार (१ महिना अघि)
२० पटक पढिएको

‘एनआरएन द सिंगर’को विजेता आइतबार घोषणा हुने

काठमाडौं—रियालिटी शो ‘एनआरएन द सिङगर’ को ग्रान्ड फिनालेको तयारी पूरा भएको छ । आइतबार दिउँसो काठमाडौंमा लाइभ प्रस्तुतिपछि विजेता र उपविजेताहरुको टुंगो लाग्नेछ । ‘एनआरएन द सिंगर’ को सुरुमा अडिसनका लागि खुलारुपमा एनसीसीमार्फत आह्वान गर्दा ८७ देशका एनसीसीहरुलाई पत्राचार गरिएको थियो ।

 

 

 

त्यसमा ३७ देशबाट अडिसनका लागि वेबसाइट, इमेल र ह्वाट्सएपबाट ३०० बढीको आवदेन परेको थियो । त्यसमध्ये आयोजक र जज मिलेर उत्कृष्ट ४० जनाको छनोट गरिएको छ । उत्कृष्ट ४० जनाको प्रस्तुति टेलिभिजनमा प्रसारण भएपछि ३ जना निर्णायक शम्भु राई, शर्मिला बर्देवा र रुपककुमार शाही समुदाले उत्कृष्ट २० जनालाई अर्को चरणमा प्रवेश गराएका थिए ।

 

 

 

२० जनाको प्रतिस्पर्धामा ५ जना बाहिरिए पछि उत्कृष्ट १५ मा पुगेका थिए भने उत्कृष्ट १५ बाट अहिले ग्रान्ड फिनालेसम्म आइपुग्दा अनलाइन भोटिङको पनि व्यवस्था गरिएको थियो । फिनालेका लागि ५ प्रतिस्पर्धीले आफ्नो प्रतिभा प्रदर्शन गरिसकेकाले आइतबार अपरान्ह ५ बजेसम्म अनलाइन भोटिङको व्यवस्था गरिएको छ । ५ वजेभित्र सर्वाधिक भोट ल्याउने प्रतिस्पर्धी नै एनआरएन द सिंगरको पहिलो विजेता हुने छन्  ।

 

ग्रान्ड फिनालेको प्रत्यक्ष प्रसारण सामाजिक सञ्जालबाट हुने छ भने स्पेस फोर के टेलिभिजनमार्फत पनि प्रसारण हुनेछ । कर्मा दोङ तामाङ, विष्णु क्षत्री, सुवासचन्द्र पुनमगर, गुना मगर निसु र युक्ती विमलीले ग्रान्ड फिनालेका लागि स्थान पक्का गरेका छन् । ग्रान्ड फिनालेका लागि आइतबार दिउँसो मेरियट्स होटेलमा कार्यक्रम तय गरिएको कार्यक्रम उत्पादक युनिटेकका सुरज राइले जानकारी दिए ।

 

 

 

काभ्रे घर भइ जापान बस्ने ३० वर्षीय कर्मा दोङ तामाङ अहिले जापानमा विद्यार्थी भिसामा रहेर काम गरिरहेका छन् । विदेशमा बसेपनि नेपाली गीत संगीतबाट कहिल्यै टाढा नभएका तामाङले फिनालेमा पुग्नका लागि राजु लामाको चर्चित गीत ’गाउँकी चेली साह्रै नै राम्री फरिया र चोलोमा झनै राम्री’ बोलको गीत प्रस्तुत गरेका थिए । पर्वतमा जन्मिएका विष्णु क्षत्री १५ वर्षदेखि युरोपको नर्वेमा बस्दै आएका छन् । विदेशमा काम गर्दै गर्दा पनि नेपाली गीत संगीतलाई माया गरेका क्षत्रीले एनआएन द सिङगरको फाइनलमा पुग्दै आफूलाई फेरि एक पटक अब्बल सावित गरेका छन् । उनले फाइनलमा  पुग्नका लागि रामकृष्ण ढकालको आरोह एल्बमको ’हिरा काट्ने हिरैमा राखेर’ बोलको गीतलाई सुन्दर ढंगले प्रस्तुत गरेका थिए ।

 

 

 

भोजपुरमा जन्मिएकी गुना मगर वैदेशिक रोजगारीका लागि कतारको दोहामा रहेकी छिन् । आफ्नो गाउँघर बन पाखालाई सम्झदै कामबाट थोरै फुर्सद हुँदा गीत संगीतका माध्यमबाट आफूलाई विदेशी भूमिमा चिनाउने प्रयास गर्दै गरेकी गुनाले फिनालेमा स्थान बनाउनका लागि इन्डियन आइडल जितेका प्रसान्त तामाङले गोरखा पल्टन चलचित्रका लागि गाएको ’ज्यान सुहाउन लाको चोली तानसेन बजारैको’  बोलको  गीत प्रस्तुत गरेकी थिइन्  ।

 

 

 

बेलायतमा जन्मिएकी युक्ती विमली नेपाली भाषामा पोख्त नभए पनि सानै उमेरदेखि नेपाली संगीतमा भने रुची राख्थिन् । बेलायतमा हुने विभिन्न नेपाली सांस्कृतिक कार्यक्रमहरुमा प्रस्तुती दिएकी युक्तिले ग्रान्ड फिनालेमा स्थान बनाउन शिशिर योगीको ’ छाडेर काम सारा एक मानिस खोजी रहेछु’ बोलको चर्चित राष्ट्रिय गीत प्रस्तुत गरेकी थिइन् ।

 

 

 

रोल्पामा जन्मिएका सुवासचन्द्र पुन मगर परम्परागत सोरठी नाचका गुरु आफ्नै हजुरबुवा र बाबा भएका कारण गीत संगीतमा रुची बढेको बताउँछन्  ।  अहिले रोजगारीको शिलसिलामा पोर्चुगलमा रहेका मगरले फिनालेमा स्थान बनाउनका लागि रोहित थापाले गाएको ’ घर त मेरो यहाँ होइन’ बोलको गीत प्रस्तुत गरेका थिए ।

 

 

 

समग्रमा १० जनाले प्रस्तुती दिएकोमा फिनालेका लागि ५ जना छनोट भएका हुन् ।  उत्कृष्ट १० बाट ग्रान्ड फिनालेमा पुग्दा ७५ प्रतिशत भोटिङ र २५ प्रतिशत निर्णायकको अंकले काम गरेको थियो । तर अब ग्रान्ड फिनालेमा ५ जनाबीच प्रतिस्पर्धा हुँदा सर्वाधिक भोट ल्याउनेले नै ‘एनआरएन द सिंगरको’ पहिलो उपाधि जित्ने छन्  ।

 

 

 

उपाधि जित्नले नगद रु  ५ लाख प्राप्त गर्दा फस्ट रनरअपले रु २ लाख  र सेकेन्ड रनरअपले रु १ लाख नगद पुरस्कारका  साथै ट्रफि र प्रमाणपत्र पाउने एनआरएन द सिङ्गरका प्रमुख संयोजक गोविन्द प्रसाद गौतमले जानकारी दिए ।  ग्रान्ड फिनाले घटस्थापना का दिन असोज २८ गते (अक्टोबर १५) मा काठमाडौंमा आयोजना गरिने कार्यक्रमका उपसंयोजक प्रवीण गुरुङले बताए ।

 

 

 

“प्रवासमा रहेका उत्कृष्ट प्रतिभा पहिचान गरी नेपाली भाषा, संस्कृति र सम्पदाको प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित यस कार्यक्रममा दर्शकहरुले देखाउनु भएको स्नेहबाट हामी अत्यन्तै उत्साहित भएका छौं,“ गैरआवासीय नेपाली संघ (एनआरएनए आईसीसी) का सचिव तथा संघको संस्कृति तथा सम्पदा समितिका अध्यक्ष समेत रहेका गौतमले भने। झन्डै २ वर्ष पहिलेदेखि तयारी गरिएको यो कार्यक्रमलाई सफल बनाउन सहयोग गर्न उनले सबैलाई आग्रह पनि गरे ।

प्रतिक्रिया दिनुहोस
अन्तर्राष्ट्रिय सम्बन्धि थप
  • ४ हफ्ता अघि

    हमास र इजरायलका बिचमा बार्ता सुरु

  • १ महिना अघि

    गाजामा युद्ध बिराम गर्न डब्लएचओ प्रमुखको अनुरोध

  • १ महिना अघि

    भारतको आन्ध्र प्रदेशमा दुई रेल एक आपसमा ठोक्किदा ९ को मृत्यु

  • १ महिना अघि

    गाजामा अर्काे चरणकाे युद्द सुरू गरिएकाे इजरायलकाे घाेषणा

  • समाचार
  • १

    अरिङ्गालको टोकाइबाट अछाममा एक वृद्धा घाइते
    ४ हफ्ता अघि

  • २

    हमास र इजरायलका बिचमा बार्ता सुरु
    ४ हफ्ता अघि

  • ३

    भक्तपुरमा म्हः पूजासँंगै खेलियो देउसीभैलो
    ४ हफ्ता अघि

  • ४

    आज काग तिहार, यमपञ्चक सुरू
    ४ हफ्ता अघि

  • ५

    किरन भुजेल र सोफी धरेल अभिनित गीत आँखी झ्यालैमा सार्वजनिक
    १ महिना अघि

  • ६

    इनास वरिष्ठ उपाध्यक्षमा कार्की सर्वसम्मत
    १ महिना अघि

  • ७

    अभिनेत्री दिपाशा बिसीको निधन
    १ महिना अघि

  • ८

    काठमाडौंमा ‘महाजात्रा’ छायाङ्कन तीव्र
    १ महिना अघि

  • ९

    विद्युत् महशुल नतिर्ने २१ हजार ग्राहकको लाइन काटियो
    १ महिना अघि

  • १०

    प्रहरी घेरा भित्र एन्फाको बिशेष साधारणसभा, अध्यक्ष बर्खास्ती हुने वा नहुने निर्णय आजै हुने
    १ महिना अघि

  • सामाजिक सञ्जालबाट

    गाउँ बेशी मीडिया नेटवर्कद्वारा संचालित

    शिलशिला डट कम

    मण्डन देउपुर नगरपालिका-२, नगरकोट काभ्रे

    : [email protected]

    +977-9849655367, 9803867325

    सूचना विभाग दर्ता नम्बर: ३१५९

    प्रेस काउन्सिल नेपाल दर्ता न.३१७२

    www.shilshila.com

    हाम्रो टीम

    अध्यक्ष/ प्रकाशक:
    अजय गतराज 9849655367

    प्रधान सम्पादक:-
    बिल बहादुर बि. क. 9841114060

    संवाददाताहरु:
    उज्ज्वल गहतराज
    वाङछु राज वाईवा

    बिशेष सहयोगी:
    कमल तामाङ

    बजार व्यवस्थापक:
    दुर्गा बहादुर बराईली

    कानूनी सल्लाहकार:
    पूर्ण प्रसाद पराजुली

    साईट मेनु

    • गृह पृष्ठ
    • प्रदेश
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्रईभेसी/पोलिसी
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा

    Facebook

    © २०७७ शिलशिला मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution