एजेन्सी—संयुक्त राज्य अमेरिकामा जन्मिएकी स्पेनी हजुरआमा सम्भवतः ११५ वर्षको उमेरमा विश्वकै सबैभन्दा वृद्ध व्यक्ति बन्न सफल भएको गिनिज वल्र्ड रेकर्ड्सका सल्लाहकारले बिहीबार बताएका छन् । फ्रान्सेली भिक्षुणी लुसिल रान्डनको ११८ वर्षको उमेरमा मंगलबार मृत्यु भएपछि मारिया ब्रान्यास मोरेरा विश्वको सबैभन्दा पाको व्यक्ति भएको जेरोन्टोलजीका वरिष्ठ सल्लाहकार रोबर्ट डी यंगले बताए ।
गिनिज वल्र्ड रेकर्ड्सले कागजात जाँच गरिसकेपछि र ब्रान्यास मोरेराको परिवारसँग अन्तर्वार्ता लिएपछि आधिकारिक निर्णय गर्ने जेरोन्टोलोजी रिसर्च ग्रुपको सुपरसेन्टेरियन रिसर्च डाटाबेसका निर्देशक समेत रहेका यंगले थपे।
यसैबीच मोरेरा अहिलेसम्म विरामी परेर अस्पताल जानु नपरेको बताइएको छ ।
संसारकै सबैभन्दा वृद्ध व्यक्ति फ्रान्सेली भिक्षुणी लुसिल रान्डनको ११८ वर्षको उमेरमा निधन भएको थियो । रान्डनको फ्रान्सको टुलोनमा रहेको उनको नर्सिङ होममा सुतेकै अवस्थामा मृत्यु भएको थियो । सन् १९०४ मा दक्षिणी फ्रान्समा जन्मेकी उनले दुई वटा विश्वयुद्ध देखिन् । सन् १९४४ मा भिक्षुणी बनेपछि उनले सिस्टर एन्ड्रे नाम धारण गरेकी थिइन् ।
विश्वका सर्वाधिक वृद्धमा विभिन्न देशका महिलाहरुको बाहुल्यता छ ।
गाउँ बेशी मीडिया नेटवर्कद्वारा संचालित
शिलशिला डट कम
मण्डन देउपुर नगरपालिका-२, नगरकोट काभ्रे
+977-9849655367, 9803867325
सूचना विभाग दर्ता नम्बर: ३१५९
प्रेस काउन्सिल नेपाल दर्ता न.३१७२
अध्यक्ष/ प्रकाशक:
अजय गतराज 9849655367
प्रधान सम्पादक:-
बिल बहादुर बि. क. 9841114060
संवाददाताहरु:
उज्ज्वल गहतराज
वाङछु राज वाईवा
बिशेष सहयोगी:
कमल तामाङ
बजार व्यवस्थापक:
दुर्गा बहादुर बराईली
कानूनी सल्लाहकार:
पूर्ण प्रसाद पराजुली