• मुख्य समाचार
  • प्रदेश
  • समाचार
  • अर्थ/कृषि
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • हाम्रो समाजमा
  • अन्तरवार्ता
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८० जेष्ठ २२, सोमबार
  • समाचार
  • प्रदेश
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • प्रदेश नं. ५
    • कर्णाली
    • सुदुर प्रश्चिम
  • खेलकुद
  • अर्थ/कृषि
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • हाम्रो समाजमा
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

छनोट

ताजा अपडेट

१

राजेश स्पन्दनका हाइकुहरु

१ हफ्ता अघि
२

राजेश स्पन्दनको”गजल”

३ हफ्ता अघि
३

एक युवकले दुई किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

१ महिना अघि
४

प्रधानमन्त्री प्रचण्डद्धारा रविलाई फकाउँदै

१ महिना अघि
५

काभ्रेको मण्डनदेउपुर नगरपालीका–१ मा खानेपानीको अभाव

१ महिना अघि
६

रवि लामिछाने भारि मतान्तरसहित बिजयी

१ महिना अघि
७

चिहानमा पनि दलितमाथि विभेद : शव गाड्न नयाँ ठाउँ पाइँदैन

१ महिना अघि
८

काभ्रेको मण्डनदेउपुर नगरपलिका–१ चट्याङ लागेर एक युवक गम्भिर घाईते

१ महिना अघि
९

आज आमाको मुख हेर्ने दिन अर्थात मातातीर्थ औँसी

१ महिना अघि
१०

घरमै जन्मदर्ताको प्रमाणपत्र दिने अभियान सुरु

१ महिना अघि
११

मालपोतका कर्मचारीको विषयमा छानबिन गर्न मन्त्री श्रेष्ठको निर्देशन

१ महिना अघि
१२

रवि लामिछानेका सवारी चालक छतबाट खसेर घाइते

१ महिना अघि

धेरै पढिएका

१

काभ्रेको मण्डनदेउपुर नगरपलिका–१ चट्याङ लागेर एक युवक गम्भिर घाईते

१ महिना अघि
२

राजेश स्पन्दनको”गजल”

३ हफ्ता अघि
३

आज आमाको मुख हेर्ने दिन अर्थात मातातीर्थ औँसी

१ महिना अघि
४

काभ्रेको मण्डनदेउपुर नगरपालीका–१ मा खानेपानीको अभाव

१ महिना अघि
५

टिपरले च्यापिएर चालकको मृत्युु

२ महिना अघि
६

रवि लामिछाने भारि मतान्तरसहित बिजयी

१ महिना अघि
७

एक युवकले दुई किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

१ महिना अघि
८

बिप्लव नेतृत्वको केन्द्रिय समिति बैठक सुरु

४ महिना अघि
९

राजेश स्पन्दनका हाइकुहरु

१ हफ्ता अघि
१०

प्रियालाई “प्रेमदिवसको” शुभकामना

३ महिना अघि
११

केछ सरकारको २१ बुँदे न्यूनतम कार्यक्रममा

४ महिना अघि
१२

अन्तरजातीय विवाह गर्नेलाईे रू १ लाख दिने

४ महिना अघि
शिलशिलाप्रकाशित मिति: २०७९ पौष २९, शुक्रबार (४ महिना अघि)
१४० पटक पढिएको

सेवाप्रवाहमा सुधार गर्न बुटवल उपमहानगरलाई नागरिकको सुझाव

बुटवल—स्थानीयवासीले नगरपालिकाबाट हुने सेवा प्रवाहमा सुधार ल्याउन बुटवल उपमहानगरलाई सुझाव दिएका छन् । बुटवल उपमहानगरपालिकाले कार्यसम्पादन र सेवाप्रवाहबारे शुक्रबार आयोजना गरेको सार्वजनिक सुनुवाई कार्यक्रममा नगरबासीले सेवा प्रवाहमा सुधार गर्दै छिटो छरितो काममा जोड दिन आग्रह गरेका हुन् ।

 

सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागीमध्ये ३७ जनाले विभिन्न विषयमा जिज्ञासा राख्दै बुटवल उपमहानगरपालिका र बुटवलका सरकारी कार्यालयहरूको सेवा प्रवाहका बारेमा जिज्ञासा र सुझाव राखेका थिए ।

 

सुनुवाईमा सहभागीहरुले छाडा चौपाया व्यवस्थापन, बाँदरको आतंक, मुख्य सडक र भित्री सडक निर्माण, १६–३६ कुलोको जग्गा अतिक्रमण, सुकुम्बासी समस्या, फोहोर व्यवस्थापन जस्ता समस्याहरु उठान गरेका छन् । सहभागीहरुले सेवा प्रवाहमा सुधार आएको र त्यसलाई निरन्तरता दिनुपर्ने सुझाव दिए ।

 

बुटवलमा पछिल्लो समय चोरीका घटनाहरू भइरहेकाले प्रहरीको भूमिका बढाउन सहभागीहरुले आग्रह गरेका थिए । त्यस्तै बुटवलमा इरिक्सा र ठेला व्यवस्थापनले स्वरोजगार मजदुरहरु बेरोजगार हुनुपर्ने अवस्थामा पुगेको भन्दै निर्णय पुनर्विचार गर्न सुझाव दिएका छन् । बुटवलको तिनाउ पश्चिमको क्षेत्रमा कृषि उत्पादन वृद्धिका लागि उपमहानगरले थप ध्यान दिनुपर्ने उनीहरूको भनाई छ ।

 

कार्यक्रममा उपप्रमुख सावित्रादेवी अर्यालले सार्वजनिक सुनुवाईबाट प्राप्त प्रश्न र सुझावहरुलाई ग्रहण गरी कार्यान्वयन गर्ने प्रतिबद्धता जनाइन् । उनले आफूहरू निर्वाचित भएर आएको ६ महिना मात्रै भएकाले केही योजनाहरू कार्यान्वयनको चरणमा रहेकाले प्रगति विस्तारै देखिदै जाने बताइन् ।

 

कार्यक्रममा उठेका विषयहरूलाई सम्बोधन गर्दै बुटवल उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले ४ सय १९ वटा प्रश्न र सुझावहरु प्राप्त भएकाले त्यसको कार्यान्वयन गर्ने प्रतिबद्धता जनाए । उनले सेवा प्रवाहलाई चुस्त र दुरुस्त राख्न आफूहरूलाई महत्त्वपूर्ण सुझावहरु आएकाले अर्को सार्वजनिक सुनुवाई गर्ने बेलासम्म सुधार गर्ने गरी काम गर्ने बताए । उनले सडक निर्माणलाई तिव्रता दिने, छाडा चौपायाको समस्या, भुस्याहा कुकुर र बादर आतंक नियन्त्रण, बिजुलीको पोलको समस्या, खानेपानी र स्वास्थ्य क्षेत्रका समस्याहरुलाई तत्तकाल सम्बोधन गर्ने बताए ।

 

कार्यक्रममा उपमहानगरका प्रवक्ता शिव रानाले सेवाप्रवाहलाई चुस्त दुरुस्त बनाउँदै बुटवललाई समृद्ध बनाउनका लागि प्रतिबद्ध रहेको बताए । २०७९ जेठ ९ गते पदभार ग्रहण गरेपछि पहिलो पटक सार्वजनिक सुनुवाई गरिएको बताउँदै यसबाट प्राप्त नागरिकका अभिमतलाई सम्मान गर्दै अघि बढ्ने उनको भनाई छ ।

 

कार्यक्रममा इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी दानबहादुर थापाले शान्ति सुरक्षासँग जोडिएका विषयमा आफू जिम्मेवार रहेकाले समस्या सम्बोधन गर्ने प्रतिबद्धता जनाए ।

 

नेपाल पत्रकार महासंघ रुपन्देहीले समन्वय गरेको सार्वजनिक सुनुवाईमा १०४ जना सेवाग्राहीसँग एक्जिटपोल र सिटिजन रिपोर्टसमेत तयार पारेर प्रस्तुत गरिएको थियो । नेपाल पत्रकार महासंघ रुपन्देहीका सचिव विनोद परियारले सेवा प्रवाहमा सुधार गर्नुपर्ने, कर्मचारी र जनप्रतिनिधिहरूले पनि आफूलाई सुधार गर्नुपर्ने प्रतिवेदन प्रस्तुत गरेका थिए । सार्वजनिक सनुवाई कार्यक्रमा वडाअध्यक्ष, कार्यपालिका सदस्य, विभिन्न बिषयगत समितिका संयोजक, विभिन्न नागरिक समाज तथा संघसंस्थाका प्रतिनिधि गरी करिव २ सय जनाको सहभागिता रहेको थियो ।

 

सार्वजनिक सुनुवाईमा नगरप्रमुख खेलराज पाण्डेय भने अस्वस्थ भएका कारण सहभागी भएनन् । उनको तर्फबाट नगरप्रवक्ता शिव रानाले सम्बोधन वाचन गरेका थिए । सम्बोधनमा प्रमुख पाण्डेयले बुटवललाई समानता, स्वाभिमान र अवसरसहितको बस्नयोग्य शहरका रुपमा स्थापित गर्न आफूहरू प्रतिबद्ध रहेको बताए ।

 

कार्यक्रममा प्रमुखको तर्फबाट ३५ बुँदे प्रगति विवरण सार्वजनिक गरिएको थियो । सार्वजनिक गरिएको विवरणमा बुटवलमा १६–१६ बेडका दुई अस्पताल निर्माणका क्रममा रहेको, उज्यालो अभियान अन्तर्गत ५२ वटा सडक बत्ती जडानका लागि पहल भइरहेको, पछाडि परेका विद्यालयहरुलाई सुधार गर्न प्रक्रिया शुरु गरिएको, कृषिबजार केन्द्र स्थापनाको प्रक्रिया अघि बढेको जस्ता विषयहरु समेटिएका छन् ।

 

यस्तै, प्रदेशस्तरको बसपार्क निर्माण, मोतीपूर औद्योगिक क्षेत्रको जग्गाको नापजाँच, बसोबासीको प्रमाणपत्र वितरणजस्ता काम गरेको, ठेला व्यवस्थापन, इरिक्सा व्यवस्थापन तथा नियमन, हाटबजार व्यवस्थापन तथा नियमन, बसपार्क सुधार, बाढी पहिरो नियन्त्रणका प्रयासका बारेमा उल्लेख गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • १ महिना अघि

    एक युवकले दुई किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

  • १ महिना अघि

    काभ्रेको मण्डनदेउपुर नगरपालीका–१ मा खानेपानीको अभाव

  • १ महिना अघि

    रवि लामिछाने भारि मतान्तरसहित बिजयी

  • १ महिना अघि

    चिहानमा पनि दलितमाथि विभेद : शव गाड्न नयाँ ठाउँ पाइँदैन

  • समाचार
  • १

    राजेश स्पन्दनका हाइकुहरु
    १ हफ्ता अघि

  • २

    राजेश स्पन्दनको”गजल”
    ३ हफ्ता अघि

  • ३

    एक युवकले दुई किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
    १ महिना अघि

  • ४

    प्रधानमन्त्री प्रचण्डद्धारा रविलाई फकाउँदै
    १ महिना अघि

  • ५

    काभ्रेको मण्डनदेउपुर नगरपालीका–१ मा खानेपानीको अभाव
    १ महिना अघि

  • ६

    रवि लामिछाने भारि मतान्तरसहित बिजयी
    १ महिना अघि

  • ७

    चिहानमा पनि दलितमाथि विभेद : शव गाड्न नयाँ ठाउँ पाइँदैन
    १ महिना अघि

  • ८

    काभ्रेको मण्डनदेउपुर नगरपलिका–१ चट्याङ लागेर एक युवक गम्भिर घाईते
    १ महिना अघि

  • ९

    आज आमाको मुख हेर्ने दिन अर्थात मातातीर्थ औँसी
    १ महिना अघि

  • १०

    घरमै जन्मदर्ताको प्रमाणपत्र दिने अभियान सुरु
    १ महिना अघि

  • सामाजिक सञ्जालबाट

    गाउँ बेशी मीडिया नेटवर्कद्वारा संचालित

    शिलशिला डट कम

    मण्डन देउपुर नगरपालिका-२, नगरकोट काभ्रे

    : [email protected]

    +977-9849655367, 9803867325

    सूचना विभाग दर्ता नम्बर: ३१५९

    प्रेस काउन्सिल नेपाल दर्ता न.३१७२

    www.shilshila.com

    हाम्रो टीम

    अध्यक्ष/ प्रकाशक:
    अजय गतराज 9849655367

    प्रधान सम्पादक:-
    बिल बहादुर बि. क. 9841114060

    संवाददाताहरु:
    उज्ज्वल गहतराज
    वाङछु राज वाईवा

    बिशेष सहयोगी:
    कमल तामाङ

    बजार व्यवस्थापक:
    दुर्गा बहादुर बराईली

    कानूनी सल्लाहकार:
    पूर्ण प्रसाद पराजुली

    साईट मेनु

    • गृह पृष्ठ
    • प्रदेश
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्रईभेसी/पोलिसी
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा

    Facebook

    © २०७७ शिलशिला मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution