काठमाडौं—अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को नयाँ नेतृत्वक चयनका लागि मतदान सुरू भएको छ ।
कमलादीस्थित प्रज्ञा भवनमा जारी २३औं राष्ट्रिय महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि मतदान सुरु गरिएको हो । सहमतिको प्रयास असफल हुन नसकेपछि बिहीबार अपरान्हबाट मतदान सुरु गरिएको हो ।
एमालेनिकट अनेरास्ववियुलाई सहमतिमा नेतृत्व चयन गर्न पार्टी अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन सत्रलाई सम्बोधन गर्ने क्रममा भनेका थिए ।
तर, सहमतिमा नेतृत्व चयन हुन नसकेपछि मतदानको प्रक्रियामा गएको हो । मतदान प्रक्रियामा विद्युतीय मेसिन प्रयोग गरिएको छ ।
अध्यक्ष पदका लागि आरसी लामिछाने, समिक बडाल, मोती विक, लोकेश निरौला गरी चारजनाको उम्मेदवारी परेको छ । जारी महाधिवेशनले अध्यक्ष, चारजना उपाध्यक्ष, १० जना सचिव र १९९ सदस्यीय केन्द्रीय कमिटी चयन गर्नेछ ।
गाउँ बेशी मीडिया नेटवर्कद्वारा संचालित
शिलशिला डट कम
मण्डन देउपुर नगरपालिका-२, नगरकोट काभ्रे
+977-9849655367, 9803867325
सूचना विभाग दर्ता नम्बर: ३१५९
प्रेस काउन्सिल नेपाल दर्ता न.३१७२
अध्यक्ष/ प्रकाशक:
अजय गतराज 9849655367
प्रधान सम्पादक:-
बिल बहादुर बि. क. 9841114060
संवाददाताहरु:
उज्ज्वल गहतराज
वाङछु राज वाईवा
बिशेष सहयोगी:
कमल तामाङ
बजार व्यवस्थापक:
दुर्गा बहादुर बराईली
कानूनी सल्लाहकार:
पूर्ण प्रसाद पराजुली