खोटाङ—खोटाङको जन्तेढुंगा गाउँपालिकाका विभिन्न स्थानमा फोन नचल्ने समस्या देखिएको छ । हप्ता दिन अघिदेखि गाउँपालिकाको केन्द्र चिसापानी बजार लगायत अधिकांश वडामा एनटिसी फोन सम्पर्क नहुने, सम्पर्क भए पनि कुराकानी नबुझिने लगायतका समस्या देखिएको हो ।
छिमेकी पालिका खोटेहाङ गाउँपालिकाको खोटाङबजारमा रहेको टावरले भेट्ने बाहेकका ठाउँमा फोन नचलेको स्थानीयले बताएका छन् । एनटिसीको टावर राखिएको जन्तेढुंगा गाउँपालिका–३ काहुलेको होङमापोखरीस्थित गढीडाँडामा केही हप्ताअघि एनसेनको टावर जडान गरेपछि एनटिसी फोनमा समस्या सुरु भएको कांग्रेस जन्तेढुंगा गाउँपालिका सभापति बाजिन्द्र बिष्टले बताए ।
एनटिसी फोनमा आएको समस्याका कारण इमरजेन्सी सूचना प्रवाहमा कठिनाई हुँदा सेवाग्राही मारमा परेका छन् । जन्तेढुंगा गाउँपालिकामा पटक–पटक फोनमा समस्या दोहोरिने गरेको छ । तर नेपाल टेलीकमले यसको दिर्घकालिन हल गर्न ध्यान नदिएको सभापति बिष्टले बताए ।
गाउँ बेशी मीडिया नेटवर्कद्वारा संचालित
शिलशिला डट कम
मण्डन देउपुर नगरपालिका-२, नगरकोट काभ्रे
+977-9849655367, 9803867325
सूचना विभाग दर्ता नम्बर: ३१५९
प्रेस काउन्सिल नेपाल दर्ता न.३१७२
अध्यक्ष/ प्रकाशक:
अजय गतराज 9849655367
प्रधान सम्पादक:-
बिल बहादुर बि. क. 9841114060
संवाददाताहरु:
उज्ज्वल गहतराज
वाङछु राज वाईवा
बिशेष सहयोगी:
कमल तामाङ
बजार व्यवस्थापक:
दुर्गा बहादुर बराईली
कानूनी सल्लाहकार:
पूर्ण प्रसाद पराजुली