काठमाडौं—नेपाल राष्ट्र बैंकले सोमबारको लागि विदेशी मुद्राकाे विनिमय दर सार्वजनिक गरेको छ। सोमबार अमेरिकी डलरको भाउ स्थिर रहेको छ । अमेरिकी डलर एकको खरिददर आइतबार १३० रूपैयाँ ६३ पैसा र बिक्रीदर १३१ रूपैयाँ २३ पैसामा कारोबार भइरहेको छ। अघिल्लो दिन आइतबार अमेरिकी डलरको सोही मूल्यमा कारोबार भएको थियो।
युरोपियन युरो साेमबार एक रुपैयाँ ८ पैसाले ओरालो लागेको छ । यसको खरिदमा १४१ रूपैयाँ २ पैसा र बिक्रीमा १४१ रूपैयाँ ६६ पैसा कायम गरिएको छ। आइतबार यसको खरिददर १४२ रूपैयाँ ८० पैसा र बिक्रीमा १४३ रूपैयाँ ४६ पैसामा कारोबार भएको थियो ।
यस्तै, बेलायती पाउण्डको खरिददर १५७ रूपैयाँ ४६ पैसा र बिक्रीदर १५८ रूपैयाँ १८ पैसा तोकिएको छ। अघिल्लो कारोबारको तुलनामा २ रुपैयाँ ५९ पैसाले घटेको छ । आइतबार यसको खरिददर १६० रूपैयाँ ३ पैसा र बिक्रीदर १६० रूपैयाँ ७७ पैसा तोकीएको थियो ।
त्यसैगरी, अष्ट्रेलियन डलरको मूल्य १ रुपैयाँ ८३ पैसाले घटेर यसको खरिदमूल्य ९० रूपैयाँ ४२ पैसा र बिक्रीमा ९० रूपैयाँ ८४ पैसा तोकिएको छ । यसअघि आइतबार यसको खरिददर ९२ रूपैयाँ २४ पैसा र बिक्रीमा ९२ रूपैयाँ ६७ पैसामा कारोबार भएको थियो । क्यानेडियन डलर एकको खरिदमा ९७ रूपैयाँ ५० पैसा र बिक्रीमा ९७ रूपैयाँ ९४ पैसा तोकिएको छ।
सोमबार कतारी रियाल एकको खरिदमा ३५ रूपैयाँ ६६ पैसा र बिक्रीमा ३५ रूपैयाँ ८३ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर ३४ रूपैयाँ ८१ पैसा र बिक्रीदर ३४ रूपैयाँ ९७ पैसा तोकेको छ।
युएई दिराम एकको खरिदमा ३५ रूपैयाँ ६६ पैसा र बिक्रीमा ३५ रूपैयाँ ८३ पैसामा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा सोमबार ३० रूपैयाँ ६८ पैसा र बिक्रीमा ३० रूपैयाँ ८२ पैसा पाइन्छ।
आज कुवेती दिनार एकको खरिदमा ४२८ रूपैयाँ २२ पैसा र बिक्रीमा ४३० रूपैयाँ १९ पैसा पाइन्छ। त्यसैगरी, बहराइन दिनार एकको खरिददर ३४६ रूपैयाँ ५२ पैसा र बिक्रीदर ३४८ रूपैयाँ ११ पैसा तोकिएको छ ।
गाउँ बेशी मीडिया नेटवर्कद्वारा संचालित
शिलशिला डट कम
मण्डन देउपुर नगरपालिका-२, नगरकोट काभ्रे
+977-9849655367, 9803867325
सूचना विभाग दर्ता नम्बर: ३१५९
प्रेस काउन्सिल नेपाल दर्ता न.३१७२
अध्यक्ष/ प्रकाशक:
अजय गतराज 9849655367
प्रधान सम्पादक:-
बिल बहादुर बि. क. 9841114060
संवाददाताहरु:
उज्ज्वल गहतराज
वाङछु राज वाईवा
बिशेष सहयोगी:
कमल तामाङ
बजार व्यवस्थापक:
दुर्गा बहादुर बराईली
कानूनी सल्लाहकार:
पूर्ण प्रसाद पराजुली