काठमाडौं—निर्वाचनको समीक्षालगायत विषयमा छलफल गर्न नेकपा (एमाले) को केन्द्रीय कमिटीको पाँचौं बैठक यही माघ २९ गते बस्ने भएको छ ।
गत मङ्सिर ४ गतेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनपछि एमालेको केन्द्रीय कमिटीको बैठक पहिलो पटक बस्न लागेको हो । एमालेको केन्द्रीय सदस्य एवम् केन्द्रीय प्रचार विभागका उपप्रमुख विष्णु रिजालले बैठकमा मुख्यगरी निर्वाचन समीक्षा, समसामयिक राजनीतिक स्थिति र सांगठिनक सुदृढीकरणबारे छलफल हुने जानकारी दिए ।
पार्टीको केन्द्रीय कार्यालय बैठकले केन्द्रीय कमिटीको बैठक माघ २९ र फागुन १ गते तुल्सीलाल स्मृति प्रतिष्ठान, च्यासलस्थित पार्टी कार्यालयमा बस्ने निर्णय गरेको हो।
त्यसैगरी पार्टीको सचिवालय बैठक यही माघ २६ गते बस्ने भएको तय भएको छ ।
गाउँ बेशी मीडिया नेटवर्कद्वारा संचालित
शिलशिला डट कम
मण्डन देउपुर नगरपालिका-२, नगरकोट काभ्रे
+977-9849655367, 9803867325
सूचना विभाग दर्ता नम्बर: ३१५९
प्रेस काउन्सिल नेपाल दर्ता न.३१७२
अध्यक्ष/ प्रकाशक:
अजय गतराज 9849655367
प्रधान सम्पादक:-
बिल बहादुर बि. क. 9841114060
संवाददाताहरु:
उज्ज्वल गहतराज
वाङछु राज वाईवा
बिशेष सहयोगी:
कमल तामाङ
बजार व्यवस्थापक:
दुर्गा बहादुर बराईली
कानूनी सल्लाहकार:
पूर्ण प्रसाद पराजुली