सुर्खेत—कर्णाली प्रदेश प्रहरी प्रमुख भीमप्रसाद ढकाल शान्ति सुरक्षाको अवस्था बुझन जिल्ला-जिल्लामा पुगेका छन् ।भर्खरै मात्र प्रदेश प्रहरी प्रमुख भएकार आएका प्रहरी नायव महानिरीक्षक ढकालले माघ १२ गते जिल्ला प्रहरी कार्यालयको निरीक्षण गरेका थिए ।
१३ माघमा १० जिल्लाका प्रहरी प्रमुखसँग जिल्लाको शान्ति सुरक्षाको अवस्थाबारे भिडियोमार्फत जानकारी लिएका ढकालले माघ १५ गते नेपाल प्रहरी प्रदेश कार्यालय कर्णाली प्रदेश, सुर्खेत र तालिम केन्द्र (हाल नेपालगन्ज) बाँकेमा निरीक्षण गरेका थिए ।
माघ १६ गते नेपाल प्रहरी विषेश सुरक्षा गण, सुर्खेत (हाल नेपालगंज) बाँकेको निरीक्षण गरेका थिए । आइतबार स्थलगत रुपमा शान्ति सुरक्षाको अवस्था बुझन महानिरीक्षक ढकाल जाजरकोट पुगेका थिए । प्रदेशका सबै जिल्लामा पुगेको त्यहाँको अवस्था र नागरिकको अपेक्षासमेत बुझ्ने कार्यक्रम रहेको उनले जानकारी दिए।
दरबन्दी अनुसारको प्रहरी कर्णाली प्रदेशमा नभएपनि भएको जनशक्तिले राम्रो काम गरेको समेत बताए । जिल्लाको सुरक्षा समितिको बैठकमा समेत सहभागी भएर जिल्लाको समग्र सुरक्षा तथा भुगोलमा विषयमा समेत जानकारी लिएका थिए ।
गाउँ बेशी मीडिया नेटवर्कद्वारा संचालित
शिलशिला डट कम
मण्डन देउपुर नगरपालिका-२, नगरकोट काभ्रे
+977-9849655367, 9803867325
सूचना विभाग दर्ता नम्बर: ३१५९
प्रेस काउन्सिल नेपाल दर्ता न.३१७२
अध्यक्ष/ प्रकाशक:
अजय गतराज 9849655367
प्रधान सम्पादक:-
बिल बहादुर बि. क. 9841114060
संवाददाताहरु:
उज्ज्वल गहतराज
वाङछु राज वाईवा
बिशेष सहयोगी:
कमल तामाङ
बजार व्यवस्थापक:
दुर्गा बहादुर बराईली
कानूनी सल्लाहकार:
पूर्ण प्रसाद पराजुली