काठमाडौं—साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजारमा घटेको छ । बिहीबार नेप्से परिसुचक २२.१२ अंकले ओरालो लागेर २०९४.५४ विन्दुमा आएर रोकिएको छ ।
बुधबार नेप्से परिसुचकमा ४.९७ अंकले वृद्धि भएकोे थियो । सोही दिन १ अर्बभन्दा बढीको सेयर कारोबार थियो ।
बिहीबार १९ कम्पनीमा उकालो लागेको छ भने १९४ कम्पनीमा ओरालो लागेको छ । साथै ३ कम्पनी स्थिर रहेको छ । बिहीबार २५७ कम्पनीको कारोबार भएको र ५८ लाख ९८ हजार ९०३ कित्ता सेयर किनबेच भएको छ । यसैगरी २ अर्बभन्दा बढी रुपैयाँको कारोबार भएको छ ।
स्ट्यान्डर्ड चार्टर्ड बैंकको सर्वाधिक सेयर कारोबार भएको छ । यस बैंकको करिब १० करोड रुपैयाँको सेयर बिक्री भएको छ। साथै, एनआईसी एशिया बैंकको ५ करोड ५० लााखभन्दा बढी रुपैयाँको सेयर कारोबार भएको छ ।
आदर्श लघुवित्त वित्तीय संस्थाको १० प्रतिशतले मूल्य वृद्धि भएको छ । सबै उपसूचकहरू राताम्मै भएको छ । सबैभन्दा धेरै जीवन बिमा र हाईड्रो पावरको २ प्रतिशतले मूल्य घटेको छ ।
गाउँ बेशी मीडिया नेटवर्कद्वारा संचालित
शिलशिला डट कम
मण्डन देउपुर नगरपालिका-२, नगरकोट काभ्रे
+977-9849655367, 9803867325
सूचना विभाग दर्ता नम्बर: ३१५९
प्रेस काउन्सिल नेपाल दर्ता न.३१७२
अध्यक्ष/ प्रकाशक:
अजय गतराज 9849655367
प्रधान सम्पादक:-
बिल बहादुर बि. क. 9841114060
संवाददाताहरु:
उज्ज्वल गहतराज
वाङछु राज वाईवा
बिशेष सहयोगी:
कमल तामाङ
बजार व्यवस्थापक:
दुर्गा बहादुर बराईली
कानूनी सल्लाहकार:
पूर्ण प्रसाद पराजुली