काठमाडौं—नेपाली बजारमा बिहीबार सुनकाे मूल्यले फेरि नयाँ रेकर्ड राखेकाे छ । बिहीबार सुनको मूल्य प्रतितोला १ लाख ७ हजार ५०० रुपैयाँ पुगेको छ। यो मूल्य हालसम्मकै उच्च हो। बुधबार तोलामा ५०० रुपैयाँ बढेको सुनको मूल्य बिहीबार अघिल्लो दिनको तुलनामा प्रतितोला १२ सय रुपैयाँ बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला १ लाख ७ हजार ५००रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार छापावाल सुन प्रतितोला १ लाख ६ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो।
यसैगरी तेजाबी सुन प्रतितोला १ लाख ७ हजार रुपैयाँमा खरिदबिक्री भइरहेको छ । बुधबार तेजाबी सुन प्रतितोला १ लाख ५ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो।
यसअघि माघ १२ गते सुनको मूल्यले ऐतिहासिक रेकर्ड कायम गरेको थियो । सो दिन प्रतितोला १ लाख ६ हजार ९०० रुपैयाँ पुगेको थियो।
त्यसैगरी, बिहीबार चाँदीको मूल्य पनि बढेको छ। बिहीबार चाँदी प्रतितोला १३ सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ।
बुधबार चाँदी प्रतितोला १३ सय ७० रुपैयाँमा कारोबार भएको थियो। बुधबारको तुलनामा बिहीबार चाँदी प्रतितोला २५ रुपैयाँ बढेको हो।
गाउँ बेशी मीडिया नेटवर्कद्वारा संचालित
शिलशिला डट कम
मण्डन देउपुर नगरपालिका-२, नगरकोट काभ्रे
+977-9849655367, 9803867325
सूचना विभाग दर्ता नम्बर: ३१५९
प्रेस काउन्सिल नेपाल दर्ता न.३१७२
अध्यक्ष/ प्रकाशक:
अजय गतराज 9849655367
प्रधान सम्पादक:-
बिल बहादुर बि. क. 9841114060
संवाददाताहरु:
उज्ज्वल गहतराज
वाङछु राज वाईवा
बिशेष सहयोगी:
कमल तामाङ
बजार व्यवस्थापक:
दुर्गा बहादुर बराईली
कानूनी सल्लाहकार:
पूर्ण प्रसाद पराजुली