धनगढी—सुदूरपश्चिमाञ्चल साहित्य समाजको आयोजनामा सहिद दिवस २०७९ तथा साहित्यकार फाल्गुणा दहालको संस्मरण विधाको कृति ‘सम्झनामा’ सुदूरपश्चिम सरकारका मन्त्री सन्तोष शर्मा थापा, मदन पुरस्कार विजेता साहित्यकार रामलाल जोशी र उपन्यासकार श्रेष्ठ प्रिया पत्थरले सयुँक्त रूपमा विमोचन गरेका छन् ।
मन्त्रीले शर्माले सहिदको बलिदान र सपना अनुकूल देशमा तल्लो तप्कासम्म विकास पुर्याए मात्रै शहिद प्रति सच्चा सम्मान र श्रद्धाञ्जली हुने बताए । सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठान सम्बन्धि ऐनमा समस्या भएको थाहा भएको बताउँदै समस्या समाधान गर्न लाग्ने उनको प्रतिवद्धता थियो ।
कृतिको समीक्षा गर्दै श्रेष्ठ प्रिया पत्थर र मनिराज जोशीले दहालको कृतिमा बाल्यकाल देखिका रोचक स्मरणीय घटनाहरूको सुन्दर चित्रण भएको बताउँदै सम्झनामा कृति पढ्दा सिर्जनात्मकताको विकास हुने बताए ।
मदन पुरस्कार विजेता रामलाल जोशीले सहिदको सहादातको स्मरणमा हुने समारोहहरूले जिम्मेवारहरूलाई खबरदारी गर्ने बताए ।
समाजका अध्यक्ष तीर्थराज पाण्डेयको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको संचालन महासचिव गणेश बहादुर नेपाली र स्वागत मन्तव्य उपाध्यक्ष हरिकृष्ण कडायतले गरेका थिए ।
गाउँ बेशी मीडिया नेटवर्कद्वारा संचालित
शिलशिला डट कम
मण्डन देउपुर नगरपालिका-२, नगरकोट काभ्रे
+977-9849655367, 9803867325
सूचना विभाग दर्ता नम्बर: ३१५९
प्रेस काउन्सिल नेपाल दर्ता न.३१७२
अध्यक्ष/ प्रकाशक:
अजय गतराज 9849655367
प्रधान सम्पादक:-
बिल बहादुर बि. क. 9841114060
संवाददाताहरु:
उज्ज्वल गहतराज
वाङछु राज वाईवा
बिशेष सहयोगी:
कमल तामाङ
बजार व्यवस्थापक:
दुर्गा बहादुर बराईली
कानूनी सल्लाहकार:
पूर्ण प्रसाद पराजुली