काठमाडौं—नेकपा माओवादी केन्द्रले राष्ट्रपति निर्वाचनमा राष्ट्रिय सहमति खोज्ने निर्णय गरेको छ । आजको स्थायी कमिटी बैठकले राष्ट्रपतिमा राष्ट्रिय सहमति गर्ने निर्णय गरेको पार्टी उपाध्यक्ष कृष्णबहादुर महराले बताए ।
‘बैठकले राष्ट्रपतिमा राष्ट्रिय सहमति गर्ने निर्णय गरेको छ। यो एमालेबिनाको राष्ट्रिय सहमति होइन, एमालेसहितको राष्ट्रिय सहमति हो,’ बैठकपछि महराले पत्रकार सम्मेलनमा भने ।
सरकार गठन गर्ने बेला गत १० पुसमा राष्ट्रपति एमालेले लिने सहमति भएको थियो । कांग्रेसबाट विश्वासको मत पाएपछि राष्ट्रिय सहमतिमा जोड दिएको माओवादीले एमालेलाई धोका दिएको हो ? भन्ने सञ्चारकर्मीको प्रश्नमा महराले एमालेलाई धोका नदिएको र आफूहरूले एमाले बिनाको राष्ट्रिय सहमति नभनेको बताए ।
उनले राष्ट्रपतिको निर्वाचनमा माघ २६ देखि २८ को बीचमा हुने बताए ।
गाउँ बेशी मीडिया नेटवर्कद्वारा संचालित
शिलशिला डट कम
मण्डन देउपुर नगरपालिका-२, नगरकोट काभ्रे
+977-9849655367, 9803867325
सूचना विभाग दर्ता नम्बर: ३१५९
प्रेस काउन्सिल नेपाल दर्ता न.३१७२
अध्यक्ष/ प्रकाशक:
अजय गतराज 9849655367
प्रधान सम्पादक:-
बिल बहादुर बि. क. 9841114060
संवाददाताहरु:
उज्ज्वल गहतराज
वाङछु राज वाईवा
बिशेष सहयोगी:
कमल तामाङ
बजार व्यवस्थापक:
दुर्गा बहादुर बराईली
कानूनी सल्लाहकार:
पूर्ण प्रसाद पराजुली