भक्तपुर—भक्तपुरको एभरेष्ट इङ्गलिस स्कुल मिवाछें व्यासीका विद्यार्थीले सूर्यविनायक नगरपालिकाकाे गुण्डुमा पुगेर सरसफाई अभियान चलाएका छन् । कक्षा ७ मा अध्ययन गर्ने ३७ जना छात्रछात्राले शिक्षकशिक्षिकाहरूकाे साथमा सूर्यविनायक नगरपालिका-७ गुण्डुको मन्थली डाँंडामा पुगेर सरसफाई गरेका हुन् ।
मन्थलीस्थित जंगलबीचमा रहेको यो ठाउँं पिकनिक स्पोटको रुपमा रहेकाे छ । करिब एक सय रोपनी क्षेत्रफलमा फैलिएको उक्त ठाउँंमा विद्यार्थीले फोहर, पानीका बोटल, रक्सीका बोटलहरू, प्लाष्टिक, शिशाका टुक्रा संकलन गरीे व्यवस्थापन गरेका छन् ।
सूर्यविनायक नगरपालिकाले जथाभावी फोहोर नगरी एकैठाउँंमा फोहोर संकलन गरी थुपार्न एउटा खाल्डोको व्यवस्था गरिराखेको छ । साथै ठाउँठाउँंमा फोहोर राख्ने डस्टविनको पनि व्यवस्था छ । तर पनि त्यहाँं आउने सर्वसाधारणले फोहोरलाई ठिक ठाउँंमा नफाली जथाभावी फाल्नाले त्यहाँं फोहोर देखिएकोले यही फोहोरलाई संकलन गर्न स्कुलले नै विद्यार्थीलाई त्यहाँं लगेको थियो ।
गाउँ बेशी मीडिया नेटवर्कद्वारा संचालित
शिलशिला डट कम
मण्डन देउपुर नगरपालिका-२, नगरकोट काभ्रे
+977-9849655367, 9803867325
सूचना विभाग दर्ता नम्बर: ३१५९
प्रेस काउन्सिल नेपाल दर्ता न.३१७२
अध्यक्ष/ प्रकाशक:
अजय गतराज 9849655367
प्रधान सम्पादक:-
बिल बहादुर बि. क. 9841114060
संवाददाताहरु:
उज्ज्वल गहतराज
वाङछु राज वाईवा
बिशेष सहयोगी:
कमल तामाङ
बजार व्यवस्थापक:
दुर्गा बहादुर बराईली
कानूनी सल्लाहकार:
पूर्ण प्रसाद पराजुली