सुर्खेत—कर्णाली प्रदेशको मुख्यमन्त्रीको लागि दाबी पेश गर्न प्रदेश प्रमुख तिलक परियारले दिएको समयसीमा बुधबार बेलुका ५ बजे सकिनै लाग्दा नेकपा माओवादी केन्द्र र नेकपा एमालेको बीच अहिले फेरि छलफल सुरु भएको छ ।
माओवादीका कर्णाली प्रदेश इन्चार्ज कालीबहादुर मल्लका अनुसार अहिले दुई दल बीचमा छलफल सुरु भएको छ । छलफल मन्त्रालय बाँडफाँटको विषयमा केन्द्रीत छ । शीर्ष नेताहरुको बीचमा कर्णाली प्रदेशमा माओवादीलाई मुख्यमन्त्री दिने सहमतिअनुसार नै छलफल भएको छ । एमालेको तर्फबाट वार्ता तथा छलफल गर्नका लागि दलका नेता यमलाल कंडेललाई मंगलबार नै जिम्मेवारी दिइएको थियो ।
माओवादी स्रोतका अनुसार ४ बजेभित्र नै मुख्यमन्त्रीको दाबी प्रस्तुत गर्न गइसक्ने कार्ययोजना छ । माओवादी र एमालेका गरी २३ जना प्रदेशसभा सदस्यहरू छन् । सरकार बनाउनका लागि २१ जना प्रदेशसभा सदस्य भए पुग्ने अंकगणित छ । एमालले कर्णालीमा आफूलाई आधा कार्यकाल चाहिने माग समेत गरेको छ । माओवादीबाट मुख्यमन्त्रीको उम्मेदवार राजकुमार शर्मा छन् । उनी माओवादीबाट संसदीय दलको नेता हुन् । एमालेबाट कंडेल दलको नेता रहेका छन् ।
गाउँ बेशी मीडिया नेटवर्कद्वारा संचालित
शिलशिला डट कम
मण्डन देउपुर नगरपालिका-२, नगरकोट काभ्रे
+977-9849655367, 9803867325
सूचना विभाग दर्ता नम्बर: ३१५९
प्रेस काउन्सिल नेपाल दर्ता न.३१७२
अध्यक्ष/ प्रकाशक:
अजय गतराज 9849655367
प्रधान सम्पादक:-
बिल बहादुर बि. क. 9841114060
संवाददाताहरु:
उज्ज्वल गहतराज
वाङछु राज वाईवा
बिशेष सहयोगी:
कमल तामाङ
बजार व्यवस्थापक:
दुर्गा बहादुर बराईली
कानूनी सल्लाहकार:
पूर्ण प्रसाद पराजुली