पोखरा—एकीकृत समाजवादीमा प्रवेश गरेका प्रदेश सांसद राजीव गुरुङ (दीपक मनाङे)ले एमाले नेतृत्वको गण्डकी सरकारलाई समर्थन दिने भएका छन् । एमाले संसदीय दलका नेता खगराज अधिकारीले केहिबेररमा मुख्यमन्त्रीको दाबीसहित प्रदेश प्रमुखलाई हस्ताक्षर बुझाउने छन् ।
केन्द्रमा एकीकृत समाजवादी प्रतिपक्षमा रहने सम्भावना अधिक छ । तर, गण्डकीमा भने मनाङे सरकारमा जान खोजिरहेका छन् । सरकारमा दाबी पेश गर्न आफू पनि जाने मनाङेले बताए ।
उनले अहिलेको आवश्यक्ता कम्युनिष्ट सरकार भएको भन्दै वामपन्थीहरू एकैठाउँमा रहनुपर्ने पनि बताए । ‘केन्द्रमा के हुन्छ मलाई मतलब भएन । यहाँ म खगराजलाई भोट हाल्छु,’ उनले भने, ‘अहिले राप्रपाले सहयोग गरे पनि उ निस्किन सक्छ । हामी कम्युनिष्ट मिले आफ्नै सरकार बन्छ ।’ राप्रपाले जुनसुकै बेला धोका दिनसक्ने उनको भनाइ छ ।
गाउँ बेशी मीडिया नेटवर्कद्वारा संचालित
शिलशिला डट कम
मण्डन देउपुर नगरपालिका-२, नगरकोट काभ्रे
+977-9849655367, 9803867325
सूचना विभाग दर्ता नम्बर: ३१५९
प्रेस काउन्सिल नेपाल दर्ता न.३१७२
अध्यक्ष/ प्रकाशक:
अजय गतराज 9849655367
प्रधान सम्पादक:-
बिल बहादुर बि. क. 9841114060
संवाददाताहरु:
उज्ज्वल गहतराज
वाङछु राज वाईवा
बिशेष सहयोगी:
कमल तामाङ
बजार व्यवस्थापक:
दुर्गा बहादुर बराईली
कानूनी सल्लाहकार:
पूर्ण प्रसाद पराजुली