काठमाडौं—पूर्वप्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले जनअपेक्षाअनुसार काम गर्न सांसदहरूलाई आग्रह गरेका छन् ।
संघीय संसदको अधिवेशन सुरु भएसँगै प्रतिनिधिसभाको जारी बैठकलाई सम्बोधन गर्दै उनले नवनिर्वाचन सांसदहरूलाई बधाई तथा शुभकामना दिँदै जनअपेक्षाअनुसार काम गर्न आग्रह गरेका हुन् ।
लोकतन्त्रमा आवधिक निर्वाचन आवश्यक रहेकाले आफू नेतृत्वको सरकारले प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचन निष्पक्ष रुपमा गरेको बताउँदै देउवाले पुष्पकमल दाहाल नेतृत्वको सरकारको सफल कार्यकालको शुभकामना पनि दिए ।
विशेष परिस्थितिमा १८ महिनाअघि आफूले सरकारको नेतृत्व सम्हालेको स्मरण गराउँदै उनले प्रचण्ड नेतृत्वको सरकार र सांसदहरूलाई जनताको अपेक्षाअनुसार काम गर्न आग्रह गरे ।
गाउँ बेशी मीडिया नेटवर्कद्वारा संचालित
शिलशिला डट कम
मण्डन देउपुर नगरपालिका-२, नगरकोट काभ्रे
+977-9849655367, 9803867325
सूचना विभाग दर्ता नम्बर: ३१५९
प्रेस काउन्सिल नेपाल दर्ता न.३१७२
अध्यक्ष/ प्रकाशक:
अजय गतराज 9849655367
प्रधान सम्पादक:-
बिल बहादुर बि. क. 9841114060
संवाददाताहरु:
उज्ज्वल गहतराज
वाङछु राज वाईवा
बिशेष सहयोगी:
कमल तामाङ
बजार व्यवस्थापक:
दुर्गा बहादुर बराईली
कानूनी सल्लाहकार:
पूर्ण प्रसाद पराजुली