काठमाडौं—राप्रपाले पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा जलपान समारोह गर्ने भएको छ । ३०१औं पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा काठमाडौंमा राप्रपाले जलमान समारोह गर्न लागेको हो ।
२०६२/०६३को जनआन्दोलनअघि हरेक वर्ष २७ पुसमा सरकारले राष्ट्रियस्तरमा पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवस मनाउने गरेको थियो । तर, जनआन्दोलनयता भने सरकारले मनाउन छाडे पनि निजीस्तरमा पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवस मनाउँदै आएका छन् ।
राप्रपाले पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा २७ पुसमा सार्वजनिक बिदाको माग गर्दै आएको छ ।
पृथ्जीजयन्तीको अवसरमा गरिने जलपान समारोहको निम्तोमा राप्रपा अध्यक्ष लिङ्देनले लेखेका छन्, ‘राष्ट्रनिर्माता श्री ५ बडमहाराजाधिराज पृथ्वीनारायण शाहको ‘३०१औँ पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसको उपलक्ष्यमा आयोजित जलपान समारोहमा यहाँको गरिमामय उपस्थितिको लागि हार्दिक निमन्त्रणा गर्दछु ।’
गाउँ बेशी मीडिया नेटवर्कद्वारा संचालित
शिलशिला डट कम
मण्डन देउपुर नगरपालिका-२, नगरकोट काभ्रे
+977-9849655367, 9803867325
सूचना विभाग दर्ता नम्बर: ३१५९
प्रेस काउन्सिल नेपाल दर्ता न.३१७२
अध्यक्ष/ प्रकाशक:
अजय गतराज 9849655367
प्रधान सम्पादक:-
बिल बहादुर बि. क. 9841114060
संवाददाताहरु:
उज्ज्वल गहतराज
वाङछु राज वाईवा
बिशेष सहयोगी:
कमल तामाङ
बजार व्यवस्थापक:
दुर्गा बहादुर बराईली
कानूनी सल्लाहकार:
पूर्ण प्रसाद पराजुली