काठमाडौँ—हरितालिका तीजको अवसर पारेर महिला श्रृजनशील केन्द्रले आयोजना गरिएको ‘‘२१औं डाबर गुलावरी तीज फेस्टिबल–श्रृजनशील उद्यमी मेला २०८१’ आजबाट सुरु भएको छ । तीन दिनसम्म चल्ने मेला काठमाडौँको बालुवाटारस्थित आम्रपाली ब्यांक्वेटमा आजबाट सुरु भएको हो ।
महिला श्रृजनशील केन्द्रको आयोजना तथा राइजिङ नेपाल प्रा.लि. (इभेन्ट संसार डट कम) को व्यवस्थापनमा यो मेला सुरु भएको हो । मेलाको समुद्घाटन बागमती प्रदेशकी सामाजिक विकास मन्त्री हरिप्रभा खड्गीले गरिन् । मेलाको शुभारम्भमा मिस नेपाल वर्ल्ड आश्माकुमारी केसी, मिस नेपाल अर्थ सुमना केसी र मिस नेपाल इन्टरनेशनल करुणा रावत लगायत सहभागी थिए ।
श्रृजनशील महिला दिदीबहिनीहरुलाई सीप र दक्षताको अभिवृद्धि गराई उद्यमशीलता तथा स्वरोजगारतर्फ प्रेरित गर्न यो मेला आयोजना गरिएको केन्द्रकी अध्यक्ष मिलु थापाले जानकारी दिइन् । महिला दिदीबहिनीहरुको आर्थिक सशक्तिकरण र बजारीकरणको लागि २० वर्षअघि सुरु गरेको मेला अहिले २१ वर्ष पुरा भएको उनले बताइन् । ‘महिला दिदीबहिनीहरुलाई आर्थिक रुपमा सवल बनाई प्रविधिमैत्री वातावरण सिर्जना गरी एक सफल उद्यमी बनाउने लक्ष्यका साथ यो मेला आयोजना हुँदै आएको छ’ अध्यक्ष मिलु थापाले भनिन्, ‘समुदायहरुलाई सीप सिकाई उनीहरुको सिर्जना तथा उत्पादनलाई बजारीकरण गर्न यस मेलालाई अवसरका रुपमा लिन सकिन्छ ।’
बागमती प्रदेशकी सामाजिक विकास मन्त्री हरिप्रभा खड्गीले नारीको विकास नभइ केही पनि विकास नहुने बताउँदै उद्यमशीलताको वृद्धि र महिलाको विकासमा टेवा पुर्याउन यस्ता मेला आवश्यक रहेको बताइन् । महिलालाई अगाडि बढ्न आफूले सबैखालको सहयोग गर्ने उनले बताइन् ।
उद्यमशील महिलाहरुलाई प्रमोट गर्ने खालको कार्यक्रम भएकोले आफूलाई अत्यन्तै राम्रो लागेको मिस नेपाल वर्ल्ड आश्माकुमारी केसीले बताइन् । अब चाडबाड लागेकोले चाडबाडको बेला नेपाली उत्पादन नै प्रयोग गर्न र नेपाली महिला उद्यमीहरुलाई प्रोत्साहन दिन पनि उनले आग्रह गरिन् ।
यो मेलामा ७० वटा भन्दा बढी स्टलहरु रहेका र त्यसमा ७ वटा स्टल असहाय, अशक्त, अपाङ्ग र पिछडिएको ग्रामीण क्षेत्रका दिदीबहिनीहरुका लागि निःशुल्क उपलब्ध गराइएको मेला व्यवस्थापक पशुपति केसीले बताए । मेलामा घरेलु तथा हस्तकलाका सामग्रीहरु, महिला उद्यमशीलताका वस्तु तथा सेवाहरु, तीज विशेष खानाका परिकारहरु, निःशुल्क स्वास्थ्य शिविर, मेहन्दी आर्ट तथा हात खाली नजाने विशेष उपहारहरु राखिएको छ । मेला आज भदौ ७ गतेदेखि ९ गतेसम्म चल्नेछ ।
यो मेलालाई डाबर नेपालको डाबर गुलावरीले मुख्य प्रायोजन गरेको हो । मेलालाई चन्द्रागिरी नगरपालिकाले सपोर्ट गरेको छ । मेलाको प्रमुख प्रायोजकमा डाबर गुलावरी र प्रयोजकहरुमा पूजा अगरबत्ती र मनकामना दर्शन प्रा.लि. रहेका छन् । यसैगरी बेभरेज पार्टनरमा रियल जुस, रोयल बिग मास्टर्स वाइन, म्यागेजिन पार्टनरमा नारी मासिक, रेडियो पार्टनरमा रेडियो आहा रहेका छन् । यता सपोर्टरमा सीताराम दूध, अमृत तेल, फच्र्यून तेल रहेका छन् भने हस्पिटालिटी पार्टनरमा अम्रपाली ब्यांक्वेट रहेको छ ।
गाउँ बेशी मीडिया नेटवर्कद्वारा संचालित
शिलशिला डट कम
मण्डन देउपुर नगरपालिका-२, नगरकोट काभ्रे
+977-9849655367, 9803867325
सूचना विभाग दर्ता नम्बर: ३१५९
प्रेस काउन्सिल नेपाल दर्ता न.३१७२
अध्यक्ष/ प्रकाशक:
अजय गतराज 9849655367
प्रधान सम्पादक:-
बिल बहादुर बि. क. 9841114060
संवाददाताहरु:
उज्ज्वल गहतराज
वाङछु राज वाईवा
बिशेष सहयोगी:
कमल तामाङ
बजार व्यवस्थापक:
दुर्गा बहादुर बराईली
कानूनी सल्लाहकार:
पूर्ण प्रसाद पराजुली