काठमाडौँ—विवाद पुन्तान्तरण गरेर, एक पुस्ताको मुद्दा अर्को पुस्तासम्म लैजाने प्रवृत्ति ठिक नभएको बताउँदै, काठमाडौँ महानगरपालिका, कानुन तथा मानव अधिकार विभागका प्रमुख बसन्त आचार्यले, विवाद जति छिटो समाधान गर्न सकियो, व्यक्ति, परिवार समाजलाई उत्ति नै लाभ हुने बताए ।
वडा नं. १ ले आयोजना गरेको न्यायिक संवाद कार्यक्रममा बोल्दै उनले भने, ‘विवादलाई छिटो समाधान गर्ने कानुनी व्यवस्थाका बारेमा जानकारी दिन वडा वडामा न्यायिक संवाद कार्यक्रम सञ्चालन भइरहेका छन् ।’ त्यस क्रममा उनले भने, नागरिकका मर्का सुनुवाइ गर्न आगामी बर्ष हामी न्याय शिविर सञ्चालन गर्ने योजनामा छौँ ।
कार्यक्रममा बोल्दै महिला सञ्जालकी संयोजक रसला तण्डुकारले वडाबासीसँग भनिन्, ‘विवाद नगर्नु सबैभन्दा उत्तम हो । यदि कुनै कारणले विवाद भएर कहाँ जाउँ, कहाँ जाउँ ? कसलाई भनौ, कसलाई सुनाऔँ जस्तो भएको छ भने हाम्रामा आउनोस् । हामी तपाईहरुलाई विवाद समाधानमा सहजीकरण गर्नेछौँ ।’
वडामा लेनदेनसहित पारिवारिक विवाद आउने गरेको तण्डुकारले बताइन ।
कार्यक्रममा वडा सचिव सर्वज्ञराज पौडेलले भने, ‘क्षेत्राधिकारभित्रका सबै विवाद हामी मिलाउँछौँ । हामीले न्यायिक समितिमा विवाद पठाउनु पर्छ भन्ने सोचेकै छैनौँ । अदालत त परको कुरा ।’
कार्यक्रममा आफ्नो समस्या सुनाउँदै एक महिलाले भनिन्, ‘मेरो श्रीमान् घर परिवार कसैसँग पनि सन्तुष्ट हुनुहुन्छ । छोराछोरी पनि मन पराउनुहुन्न । मलाई पनि मन पराउनुहुन्न । हामी उहाँलाई गुमाउन चाहँदैनौँ । मलाई समाजको सहयोग चाहियो ।’ यस प्रकारका समस्या सहरमा बढ्दै गएको घटनाहरुले देखाउँछन् ।
यस्ता व्यक्तिगत समस्यालाई महिला सञ्जालको सम्पर्कमा गएर समाधान गर्न सकिने कार्यक्रममा सुझाव दिइएको थियो ।
गाउँ बेशी मीडिया नेटवर्कद्वारा संचालित
शिलशिला डट कम
मण्डन देउपुर नगरपालिका-२, नगरकोट काभ्रे
+977-9849655367, 9803867325
सूचना विभाग दर्ता नम्बर: ३१५९
प्रेस काउन्सिल नेपाल दर्ता न.३१७२
अध्यक्ष/ प्रकाशक:
अजय गतराज 9849655367
प्रधान सम्पादक:-
बिल बहादुर बि. क. 9841114060
संवाददाताहरु:
उज्ज्वल गहतराज
वाङछु राज वाईवा
बिशेष सहयोगी:
कमल तामाङ
बजार व्यवस्थापक:
दुर्गा बहादुर बराईली
कानूनी सल्लाहकार:
पूर्ण प्रसाद पराजुली