काठमाडौँ—बलिउड फिल्म निर्माता करण जोहर एकल अभिभावक हुन् । २०१७ मा, उनी सरोगेसी मार्फत दुई जुम्ल्याहा बच्चाको बुबा बने । उनीहरुको नाम यश र रुही हो । हालै एक अन्तर्वार्तामा करणले दुवै बच्चालाई एक्लै हुर्काउने विषयमा चर्चा गरेका थिए । उनले एक्लो अभिभावक बन्न सजिलो नभएको बताए ।
करणले भने, ‘बच्चाहरूले सोध्छन् हाम्रो आमा को हो ?’ अहिले बच्चाहरूले आमाको नाम सोध्ने गरेको करणले बताए ।
करणले भने, ‘हामी आधुनिक परिवार हौं । कतिपय अनौठो परिस्थितिहरु यस्ता हुन्छन् जसरी बच्चाहरुले सोध्छन्– हामी कसको कोखबाट जन्मेका हौँ । आमा हाम्रो वास्तविक आमा होइन, उहाँ हजुरआमा हुनुहुन्छ । म यस अवस्थाको सामना गर्ने उपाय खोज्न एक सल्लाहकारमा जाँदैछु । यो कत्ति पनि सजिलो छैन, अभिभावकत्व सबै सजिलो छैन ।
करणले पनि आफ्ना छोराछोरीलाई कुनै पनि कुरामा बाधा पुर्याउन डराएको बताए । करणले भने, ‘जब म मेरो छोराले धेरै चिनीले बनेको चीज खाइरहेको देख्छु, म उसको बढ्दो तौलको चिन्ता गर्छु । म उसलाई केहि भन्न सक्दिन किनकि यो बच्चाहरूको उमेर हो जब उनीहरूले खुलेर जीवनको आनन्द लिन सक्छन् । कयौं पटक मैले उसलाई बाधा पनि दिएँ तर पछि नराम्रो लाग्यो र म उसँग माफी माग्छु । म उसलाई खुशी देख्न चाहन्छु । म चाहन्छु कि मेरो छोरा र छोरीले भविष्यमा आफ्नो निर्णय आफै लिउन ।’
करण जोहर सन् २०१७ मा सरोगेसी मार्फत जुम्ल्याहा सन्तानको एक्लो पिता बनेका थिए । ४० वर्षको उमेरमा फिल्म निर्माताले आफ्नी आमालाई आफू विवाह गर्न नचाहेको तर बाबु बन्न चाहन्छु भनेका थिए । यसपछि यश र रुहीको जन्म सरोगेसीबाट भएको थियो । करणकी आमाले उनलाई छोराछोरी हुर्काउन सहयोग गर्छिन् ।
गाउँ बेशी मीडिया नेटवर्कद्वारा संचालित
शिलशिला डट कम
मण्डन देउपुर नगरपालिका-२, नगरकोट काभ्रे
+977-9849655367, 9803867325
सूचना विभाग दर्ता नम्बर: ३१५९
प्रेस काउन्सिल नेपाल दर्ता न.३१७२
अध्यक्ष/ प्रकाशक:
अजय गतराज 9849655367
प्रधान सम्पादक:-
बिल बहादुर बि. क. 9841114060
संवाददाताहरु:
उज्ज्वल गहतराज
वाङछु राज वाईवा
बिशेष सहयोगी:
कमल तामाङ
बजार व्यवस्थापक:
दुर्गा बहादुर बराईली
कानूनी सल्लाहकार:
पूर्ण प्रसाद पराजुली