धनगढी—नेपाली कांग्रेस र नेकपा एमालेले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ सोडारीलाई तत्काल राजीनामा दिन माग गरेका छन् ।
आइतवार कांग्रेस र एमालेले संयुक्त विज्ञप्ति जारी गर्दै मुख्यमन्त्री सोडारीको राजीनामा माग गरेको हो । केन्द्रमा समीकरण परिवर्तन भएसँगै एमालेले सोडारी नेतृत्वको सरकारबाट समर्थन फिर्ता लिएको छ ।
कांग्रेस-एमालेको विज्ञप्तिमा भनिएको छ- ‘मुख्यमन्त्री पदबाट राजीनामा दिई अर्को सरकार गठनका लागि मार्ग प्रशस्त गर्न यसै प्रेस विज्ञप्ति मार्फत मुख्यमन्त्री सोडारीलाई अनुरोध गर्दछौँ । बहुमत गुमाइसकेको अल्पमतको सरकारले दैनिक कामकाज बाहेक अन्य कुनै पनि कार्यहरु सम्पादन नगर्न र नगराउन समेत आग्रह गर्दछौं ।’
एमाले माओवादी नेकपा एकीकृत समाजवादी नाउपा रञ्जिता पक्षको समर्थनमा मुख्यमन्त्री बनेका सोडारी असार २० गते एमालेले समर्थन फिर्ता लिएसँगै अल्पमतमा परेका छ ।
गाउँ बेशी मीडिया नेटवर्कद्वारा संचालित
शिलशिला डट कम
मण्डन देउपुर नगरपालिका-२, नगरकोट काभ्रे
+977-9849655367, 9803867325
सूचना विभाग दर्ता नम्बर: ३१५९
प्रेस काउन्सिल नेपाल दर्ता न.३१७२
अध्यक्ष/ प्रकाशक:
अजय गतराज 9849655367
प्रधान सम्पादक:-
बिल बहादुर बि. क. 9841114060
संवाददाताहरु:
उज्ज्वल गहतराज
वाङछु राज वाईवा
बिशेष सहयोगी:
कमल तामाङ
बजार व्यवस्थापक:
दुर्गा बहादुर बराईली
कानूनी सल्लाहकार:
पूर्ण प्रसाद पराजुली