नगरकोट—नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई हिन्दुराष्ट्रको मागसहित १ हजार ६१ जनाको हस्ताक्षर बुझाइएको छ ।
ललितपुरको गोदावरीमा चलेको महासमिति बैठकको समापन कार्यक्रम चलिरहँदा बिहीबार कांग्रेस नेता तथा वैदिक सनातन हिन्दुराष्ट्र स्थापना अभियानका संयोजक शंकर भण्डारीले हिन्दुराष्ट्रसहितको माग गर्दै १ हजार ६१ जनाको हस्ताक्षर सभापति देउवालाई बुझाएका हुन् ।
गत सोमबारबाट चलेको महासमिति बैठकमा पहिलो दिनदेखि नै हस्ताक्षर संकलन अभियान सुरु गरेका थिए । उक्त अभियानमा सहभागी हुँदै पूर्वमहामन्त्री डा.शंशाक कोइरालासहित ४२ जना केन्द्रीय सदस्यले हस्ताक्षर गरेका छन् ।
तर, बैठकको समापनका बेला हस्ताक्षर बुझाइए पनि चार दिन चलेको बैठकको एजेण्डाको रुपमा छलफल भने भएन ।
गाउँ बेशी मीडिया नेटवर्कद्वारा संचालित
शिलशिला डट कम
मण्डन देउपुर नगरपालिका-२, नगरकोट काभ्रे
+977-9849655367, 9803867325
सूचना विभाग दर्ता नम्बर: ३१५९
प्रेस काउन्सिल नेपाल दर्ता न.३१७२
अध्यक्ष/ प्रकाशक:
अजय गतराज 9849655367
प्रधान सम्पादक:-
बिल बहादुर बि. क. 9841114060
संवाददाताहरु:
उज्ज्वल गहतराज
वाङछु राज वाईवा
बिशेष सहयोगी:
कमल तामाङ
बजार व्यवस्थापक:
दुर्गा बहादुर बराईली
कानूनी सल्लाहकार:
पूर्ण प्रसाद पराजुली