मुगु—पछिल्लो समय मौषम परिवर्तनसँगै हिमाली जिल्ला मुगुमा चिसो बढ्दै गएपछि यहाँका नागरिकलाई कम्मल वितरण गरिएको छ।
छायाँनाथ रारा नगरपालिकाको सहयोग र नेपाल रेडक्रस सोसाईटी शाखा कार्यालय मुगुको समन्वयमा जाडो छल्न मुगुका ज्येष्ठ नागरिक, अपाङ्गता लगायत अन्य ब्यक्तिहरूलाई कम्मल वितरण गरिएको हो।
आज एक कार्यक्रमबीच छायाँनाथ रारा नगरपालिकाका नगर प्रमख बिष्णुकुमार भाम र रेडक्रस सोशाइटी कार्यालय मुगुका सभापति जय बहादुर मल्लले सयुक्त रूपमा करिव २ सय जनालाई कम्मल वितरण गरिएको नेपाल रेडक्रस सोशाइटी शाखा कार्यालय मुगुका मन्त्री रत्नसिंह मल्लले बताए।
उनका अनुसार हिमाली जिल्ला मुगुका नागरिकहरू, त्यसैमा पनि ग्रामिण क्षेत्रका ज्येष्ठ नागरिक चिसो समयमा केही ओत लागोस भनेर २ सय जनालाई एक/एक वटा कम्मल वितरण गरिएको बताए।
आर्थिक वर्ष २०८०/८१ मा ठूलो संख्यामा कम्मल वितरण गरिएको हो। जसमा अपाङ्गता ३० जना, नगर ज्येष्ठ नागरिक ३० जना, मुन्दु गाउँका २० जना, शोभाका ५०, अन्य तथा उपशाखामा २० जनालाई कम्मल वितरण गरिएको मन्त्री मल्लले बताए।
गाउँ बेशी मीडिया नेटवर्कद्वारा संचालित
शिलशिला डट कम
मण्डन देउपुर नगरपालिका-२, नगरकोट काभ्रे
+977-9849655367, 9803867325
सूचना विभाग दर्ता नम्बर: ३१५९
प्रेस काउन्सिल नेपाल दर्ता न.३१७२
अध्यक्ष/ प्रकाशक:
अजय गतराज 9849655367
प्रधान सम्पादक:-
बिल बहादुर बि. क. 9841114060
संवाददाताहरु:
उज्ज्वल गहतराज
वाङछु राज वाईवा
बिशेष सहयोगी:
कमल तामाङ
बजार व्यवस्थापक:
दुर्गा बहादुर बराईली
कानूनी सल्लाहकार:
पूर्ण प्रसाद पराजुली