नगरकोट—राप्रपा नेपालका अध्यक्ष कमल थापाले राजादेखि बिप्लब माओवादीसम्म सबै अटाउने राज्य ब्यबस्था नल्याय मुलुक थप सड्ढटमा फस्ने चेतावनी दिएका छन् ।
थापाले सबैलाई समुचित स्थान नदिने र निशेधको राजनीति कायम राखिराख्ने हो भने जनताले अब सडकबाटै ब्यबस्था परिबर्तन गर्ने बताए ।
मुकुकमा अहिले कायम भ्रष्टतन्त्र, कुशासन , बेरोजगारी ,धर्मपरिबर्तनको अन्त्यलाई अब कसैले रोक्न नसक्ने बताउदै थापाले जनता जागे पछि कसैको केही नलाग्ने जिकिर गरे । “जनता वाक्क दिक्क छन् , मनपरितन्त्र हाबी छ, भ्रष्टाचारले सिमा नागेको छ,यस्तो बेलामा जनता टुलुटुलु बस्छन् भनेर सोच्यो भने त्यो दुर्भाग्यपूर्ण हुन्छ, अब जनताले बिकल्प खोज्छन् ” थापाले भने ।
देशको स्वाधिनता र स्वाभिमान कमजोर भन्दै थापाले आत्मसमर्पणबादी मानसिकताबाट ग्रस्त सरकारले स्वाधिनताको रक्षा गर्न नसक्ने दाबी गरे । राप्रपा नेपाल आन्दोलनको माध्यमबाट मुकुकको ब्यबस्था र अबस्था परिबर्तन गर्न अगाडी बढ्ने स्पष्ट पार्दै थापाले राप्रपा नेपालको एजेन्डा स्थापित गर्दा कसैले अपमानित र निशेधको अनुभुती गर्नु नपर्ने ,सबैलाई सम्मान हुने बताए ।
लोकतन्त्र ,हिन्दुत्व,सुशासन र समृद्धिको बाटोबाट मुलुकलाई अगाडि बढाईने हुंदा अब सबै नेपाली जनताको साथ र सहयोगमा आन्दोलन केन्द्रित हुन र सहयोगको निमित्त जनमानसमा आग्रह गरे ।
कार्यक्रममा पार्टीका नेताहरु तारानाथ लुइँटेल ,भाष्कर भद्रा, श्याम धिमिरे,श्याम नेपाल ,सुदर्शन केसि लगायतले बोलेका थिए ।
गाउँ बेशी मीडिया नेटवर्कद्वारा संचालित
शिलशिला डट कम
मण्डन देउपुर नगरपालिका-२, नगरकोट काभ्रे
+977-9849655367, 9803867325
सूचना विभाग दर्ता नम्बर: ३१५९
प्रेस काउन्सिल नेपाल दर्ता न.३१७२
अध्यक्ष/ प्रकाशक:
अजय गतराज 9849655367
प्रधान सम्पादक:-
बिल बहादुर बि. क. 9841114060
संवाददाताहरु:
उज्ज्वल गहतराज
वाङछु राज वाईवा
बिशेष सहयोगी:
कमल तामाङ
बजार व्यवस्थापक:
दुर्गा बहादुर बराईली
कानूनी सल्लाहकार:
पूर्ण प्रसाद पराजुली