सुर्खेत—उपप्रधान एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले विभिन्न बहानामा संविधानमाथि प्रहार भइरहेको बताएका छन्।
नेपाली कांग्रेस जाजकोटको जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै उनले देश विविध कारणले अप्ठ्यारोमा परेको बताए।
‘’संविधानलाई विभिन्न बहानामा हल्लाउने कोशिस भइरहेको छ, त्यसप्रति सजग हुन आवश्यक छ,’ उनले भने, ‘संविधानलाई भड्काउने कोशिस भएको सङ्केत देखिएकाले यसमा कांग्रेस जिम्मेवार बन्नु पर्दछ।’
उपप्रधानमन्त्री खड्काले पद प्राप्त पछिको घमण्ड र अहङ्कारका कारणले कांग्रेसप्रति जनताको गुनासो बढेको समेत बताए । प्रत्येक नेता कार्यकर्ताको व्यवहार र बोलीवचनमा सुधार गर्न आवश्यक रहेको उनको भनाइ छ।
‘हरेक दिन हाम्रा गतिविधि आम जनताको मोबाइलमा कैद भएका छन्। मतदाताले हरेक पल परीक्षा लिइरहेका छन्,’ उनले भने, ‘पार्टी र भ्रातृ संस्था सुधार गर्न आवश्यक छ। हामी सच्चिन आवश्यक छ।’
गाउँ बेशी मीडिया नेटवर्कद्वारा संचालित
शिलशिला डट कम
मण्डन देउपुर नगरपालिका-२, नगरकोट काभ्रे
+977-9849655367, 9803867325
सूचना विभाग दर्ता नम्बर: ३१५९
प्रेस काउन्सिल नेपाल दर्ता न.३१७२
अध्यक्ष/ प्रकाशक:
अजय गतराज 9849655367
प्रधान सम्पादक:-
बिल बहादुर बि. क. 9841114060
संवाददाताहरु:
उज्ज्वल गहतराज
वाङछु राज वाईवा
बिशेष सहयोगी:
कमल तामाङ
बजार व्यवस्थापक:
दुर्गा बहादुर बराईली
कानूनी सल्लाहकार:
पूर्ण प्रसाद पराजुली