म अन्धकारको रात हुँ,
शीत पोखिएको पात हुँ
नछोउ मलाइ छोएर चोखो रहदैंनौ तिमी,
छोएर बिटुलो पारिने
म दमाई जात हुँ ।
कर्मले परिश्रम गरेर,
दिनरात बगानमा चरेर,
तिम्रा नग्नता छोपेर छातिमा नेपाल खोपेर
उभिएको त तिम्रै साथ हुँ
तर छोएर बिटुलो पारिने,
म दमाई जात हुं ।
तिमी फुल्नु, फुलेर मन्दिर पुग्नु
म फुलेर मसान पुगौँला
गन्तव्य त आ-आफ्नै छ नि मित्र
सधैँ संसारमा हामी कहाँ रहौँला?
सोध्छौ तिमी जवाफ म के दिउँ?
कुन दैवले मलाइ अछुत बनायो?
प्रश्न त मेरो पनि छ म त प्रश्नै प्रश्नको खात हुँ
नछोउ मलाइ
छोएर बिटुलो पारिने म दमाइ जात हुँ
तिम्रा पुर्खाझै मेरा पुर्खाले देश लागि रगत बगाए,
ती देशका लागि लडेका एक-एक युद्धमा सघाए,
बदलामा तिमीले राज्यको साथ पायौँ
मैले मानिसलेझैँ बाँच्न नपाउने जात पाएँ
म दैवले सिर्जिएको त्यो अघात हुँ
नछोउ मलाइ
छोएर बिटुलो पारिने म दमाइ जात हुँ ।
हातमा कलम पुस्तक बोकेर
एउटै विद्या घोकेर
फेरि भन तिमी कसरी माथी भयौ
म अछुतको कस्तो साथी भयौ?
श्रमजीवी म,
मिहिनेती म ।
तिमीमा न सीप छ न श्रम छ
फेरि किन तिमीमा मै मत्ता भन्ने भ्रम छ?
एउटै हावामा सास लिएर
एउटै प्रकृतिले दिएको पानी पिएर
फेरि कसरी तिम्रो शुद्ध हात भयो?
म बिटुलो अछुत हुने किन मेरो जात भयो?
अब तिम्रा तागाधारी व्यापार रहन्न यहाँ
मान्छे मान्छे नै हो जात कसैले सहन्न यहाँ
तिम्रो व्यवहारले पारिएको म बर्वाद हुँ
अब तिम्रो अछुत व्यवहारलाइ सिध्याउने
म दमाई जात हुँ ।
✍️✍️राजेश स्पन्दन, भक्तपुर
गाउँ बेशी मीडिया नेटवर्कद्वारा संचालित
शिलशिला डट कम
मण्डन देउपुर नगरपालिका-२, नगरकोट काभ्रे
+977-9849655367, 9803867325
सूचना विभाग दर्ता नम्बर: ३१५९
प्रेस काउन्सिल नेपाल दर्ता न.३१७२
अध्यक्ष/ प्रकाशक:
अजय गतराज 9849655367
प्रधान सम्पादक:-
बिल बहादुर बि. क. 9841114060
संवाददाताहरु:
उज्ज्वल गहतराज
वाङछु राज वाईवा
बिशेष सहयोगी:
कमल तामाङ
बजार व्यवस्थापक:
दुर्गा बहादुर बराईली
कानूनी सल्लाहकार:
पूर्ण प्रसाद पराजुली