काठमाडौ—शुभगृह इन्स्टिच्युट एण्ड कन्सल्टेन्सीले मिडिया पर्सनालिटी सुरजसिंह ठकुरीलाई आफ्नो बोर्डमा ब्रान्ड एम्बेसडरको रुपमा नियुक्त गरेको छ । गत शनिबार काठमाडाैंमा एक कार्यक्रमबीच ठकुरीलाई एम्बेसडर नियुक्त गरेको हो । कन्सल्टेन्सीका निर्देशक सुभेन्द्र थापा र सुरजबीच सम्झौतामा हस्ताक्षर भएको थियो ।
‘जेन्युन सिन्स २०१४’ को नारा बोकेको शुभगृहले विद्यार्थीहरुलाई उचित सहयोग र परामर्श प्रदान गर्ने, उनीहरुको बौद्धिक जिज्ञासालाई उत्प्रेरित गर्ने विश्वव्यापी मान्यता र सहकार्यको संस्कृतिलाई बढावा दिइ आफ्नो सेवा प्रदान गरिरहेको छ ।
‘शिक्षा वा सामान्य जीवनमा सफल हुनको लागि आफ्नो दृढ संकल्पको शक्तिमा विश्वास गर्नुपर्छ भन्ने मेरो मान्यता छ । यदि तपाईले यसलाई लगनशीलता र वास्तविकतासँग जोड्नुभयो भने कुनै पनि कुरा असम्भव छैन’, एम्बेसडरमा नियुक्ति पछि ठकुरीले भने, ‘अष्ट्रेलिया, क्यानाडा, युरोप, संयुक्त राज्य अमेरिका वा यूकेमा अध्ययन गर्ने विद्यार्थीहरुको सपना पूरा गर्न शुभगृहले ठूलो योगदान पुर्याएको छ । म यस लगनशील टीमको हिस्सा हुन पाउँदा उत्साहित छु र विद्यार्थीहरुलाई शुभगृहमा उनीहरुको लक्ष्य प्राप्त गर्न सहयोगका लागि तत्पर छु ।’
कन्सल्टेन्सीका प्रबन्ध निर्देशक सुभेन्द्र थापाले संस्थाको लक्ष्य प्राप्तिका लागि इच्छुक विद्यार्थीहरुलाई कसरी शुभगृहले सधैं सम्मान गरेको छ भन्ने भावनालाई सुरजले पूर्ण रुपमा बुझेको बताए । उनले सही मनोवृत्ति, ठूला सपना र सच्चा सल्लाहकारको साथ भएमा जो कोही पनि सफल हुन सक्छन् भन्ने प्रमाणित आफूहरुले गरेको दाबी गरे ।
‘विश्वभर धेरै विकल्पहरु बढेसँगै नेपाली विद्यार्थीहरुसँग उच्च शिक्षा हासिल गर्न पहिलेभन्दा धेरै जानकारी र स्रोतहरु पनि बढेका छन् । संसारमा मान्यता प्राप्त उच्च शिक्षा हासिल गर्ने नेपाली विद्यार्थीहरुको विश्वव्यापी उपस्थितिले उनीहरुको क्यारियरको लागि उत्कृष्ट प्लेटफर्म सिर्जना गर्नेछ भन्ने मेरो बुझाई छ’, उनले भने ।
शुभगृहमा संस्थापक श्रीमती सुगन्ध थापाले आवेदकहरुको लक्ष्य जेसुकै रहे पनि कम्पनीले उनीहरुलाई आफ्नो लक्ष्यमा पुग्नको लागि सही बाटो प्रदान गर्ने विश्वास राखिन् । शुभगृह अष्ट्रेलिया, क्यानडा, युरोप, बेलायत र अमेरिकामा केन्द्रित रहेको शैक्षिक संस्था र परामर्शदाता हो । यसले धेरै अन्तर्राष्ट्रिय कलेजहरुबाट ‘उत्कृष्ट परामर्शदाता पुरस्कार’ प्राप्त गरेको छ ।
गाउँ बेशी मीडिया नेटवर्कद्वारा संचालित
शिलशिला डट कम
मण्डन देउपुर नगरपालिका-२, नगरकोट काभ्रे
+977-9849655367, 9803867325
सूचना विभाग दर्ता नम्बर: ३१५९
प्रेस काउन्सिल नेपाल दर्ता न.३१७२
अध्यक्ष/ प्रकाशक:
अजय गतराज 9849655367
प्रधान सम्पादक:-
बिल बहादुर बि. क. 9841114060
संवाददाताहरु:
उज्ज्वल गहतराज
वाङछु राज वाईवा
बिशेष सहयोगी:
कमल तामाङ
बजार व्यवस्थापक:
दुर्गा बहादुर बराईली
कानूनी सल्लाहकार:
पूर्ण प्रसाद पराजुली