काठमाडौं—आइतबार नेपाली बजारमा सुन–चाँदीको मूल्य घटेको छ। साताको पहिलो कारोबार आइतबार सुनको मूल्य प्रतितोला ४०० रुपैयाँ घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला १ लाख २ हजार रुपैयाँ तोकिएको छ । अघिल्लो कारोबार दिन अर्थात् शुक्रबार सुनको मूल्य तोलामा एक सय रुपैयाँ घटेको थियो । शुक्रबार छापावाल सुन प्रतितोला १ लाख २ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।
आइतबार तेजाबी सुन प्रतितोला १ लाख १ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि शुक्रबार तेजाबी सुन प्रतितोला १ लाख १ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो।
त्यसैगरी, आइतबार चाँदीको मूल्य पनि घटेको छ। शुक्रबारको तुलनामा आइतबार चाँदी प्रतितोला १५ रुपैयाँ घटेको हो। आइतबार चाँदी प्रतितोला १२ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि शुक्रबार चाँदी प्रतितोला १२ सय ७५ रुपैयाँमा कारोबार भएको थियो।
गाउँ बेशी मीडिया नेटवर्कद्वारा संचालित
शिलशिला डट कम
मण्डन देउपुर नगरपालिका-२, नगरकोट काभ्रे
+977-9849655367, 9803867325
सूचना विभाग दर्ता नम्बर: ३१५९
प्रेस काउन्सिल नेपाल दर्ता न.३१७२
अध्यक्ष/ प्रकाशक:
अजय गतराज 9849655367
प्रधान सम्पादक:-
बिल बहादुर बि. क. 9841114060
संवाददाताहरु:
उज्ज्वल गहतराज
वाङछु राज वाईवा
बिशेष सहयोगी:
कमल तामाङ
बजार व्यवस्थापक:
दुर्गा बहादुर बराईली
कानूनी सल्लाहकार:
पूर्ण प्रसाद पराजुली