भक्तपुर—भक्तपुर जिल्लाव्यापी प्रतियोगिताको उपाधि नागदेश दोजोले उचालेले जितेको छ । भक्तपुर जिल्ला सिटोरियो संघले आयोजना गरेको भक्तपुर जिल्लाव्यापी प्रतियोगितामा नागेश दोजोले उचालेसहित ९ स्वर्ण, ३ कास्य र २ रजत पदक जितेका छन् ।
सोही प्रतियोगितामा भक्तपुर मेन डोजोले ४ स्वर्ण, ७ कास्य र ७ रजत पदकसहित दोस्रो तथा भक्तपुर नगरपालिका डोजो २ स्वर्ण, ५ रजत र ४ कास्य पदकसहित तेस्रो भएको थियो ।
सोही प्रतियोगितामा एसएस सदनका प्रसुन थापा र उदीयमान खेलाडीको उपाधि मातृभूमिकी विपना तासिजुले जित्न सफल भए ।
उत्कृष्ट खेलाडीमा नागदेशका विष्णु थापा र झाउखेलकी रुविना सुलुले थिए ।
प्रतियोगिताको समापन गर्दै वाग्मती प्रदेशसभा सदस्य सुरेश श्रेष्ठले खेलकुदको विकाससँगै देशको पनि विकास हुने बताए । उनले प्रदेशमा रहेका खेलाडीको प्रगतिमा नियाल्न र स्थानीय तहमा खेलकुदको विकासका लागि पहल गर्न समेत बताए ।
चाँगुनारायण नगरपालिकाको आयोजनामा भएको उक्त खेलमा भक्तपुर संघका अध्यक्ष राजन चित्रकारले २५ टोलीको सहभागिता रहेको जानकारी दिए । उनका अनुसार २५ डोजोबाटमा जिल्लाभरका ३२५ खेलाडीको सहभागिता रहेको थियो ।
उपरोक्त खेलमा तौल समूह अनुसार पुरुष २० केजीदेखि ६० माथिको तौल समूह र महिला २० केजीदेखि ५५ केजीसम्म तौल समूहमा १९ खेल समावेश गरिएको संघका वरिष्ठ उपाध्यक्ष रामशरण ट्वाटिलेले जानकारी दिए । महिला र पुरुष काता र महिला पुरुष टोली स्पिन सहित समान खेलहरू।
नियम अनुसार खेल खेलेको जानकारी WF, ACF र NKF लाई दिए।
खेलको प्रतिनिधिसभा सदस्य दुर्भु थापालेले उद्घाटन गरेका थिए । कार्यक्रममा चाँगुनारायण नगरपालिकाका अध्यक्ष जीवन खत्री, खेलाडी दावा लामा, चाँगुनारायण खेलकुद समितिका अध्यक्ष रघु के.सी. कार्यक्रममा भक्तपुरका पूर्व सभापति प्रकाश देवभाडेल, चाँगुनारायण नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष सोम प्रधान, पवन भुजुलगायत खेलकुद क्षेत्रका विभिन्न व्यक्तिहरुको उपस्थिति रहेको थियो ।
गाउँ बेशी मीडिया नेटवर्कद्वारा संचालित
शिलशिला डट कम
मण्डन देउपुर नगरपालिका-२, नगरकोट काभ्रे
+977-9849655367, 9803867325
सूचना विभाग दर्ता नम्बर: ३१५९
प्रेस काउन्सिल नेपाल दर्ता न.३१७२
अध्यक्ष/ प्रकाशक:
अजय गतराज 9849655367
प्रधान सम्पादक:-
बिल बहादुर बि. क. 9841114060
संवाददाताहरु:
उज्ज्वल गहतराज
वाङछु राज वाईवा
बिशेष सहयोगी:
कमल तामाङ
बजार व्यवस्थापक:
दुर्गा बहादुर बराईली
कानूनी सल्लाहकार:
पूर्ण प्रसाद पराजुली