नगरकोट—आज साउने सङ्क्रान्ति, देशभर स्नान, दान एवं आफन्त जम्मा भई रमाइलो गरेर मनाइँदै छ । सूर्यले मिथुन राशिको भोग पूरा गरी कर्कट राशिमा प्रवेश गर्ने पहिलो दिन आज देशभर साउने सङ्क्रान्तिका रूपमा मनाउने प्राचीन परम्परा छ । साउनदेखि नै सूर्य दक्षिण हुँदै हिँड्ने भएकाले आजैदेखि दक्षिणायन सुरु हुन्छ ।
एक महिना काम गर्ने किसान साउन १ गते आफन्तका साथ जम्मा भई रमाइलो गरेर मनाउँछन्। परम्पराअनुसार कागभलायो, कुकुरडाइनो, लुतेझार, पानीअमला, कागती, अम्बा, नासपाती आदि औषधिका रुपमा प्रयोग हुने वनस्पति राखेर कण्डारक नाम गरेका राक्षसको पूजा गरी अगुल्टो फालिन्छ ।
धार्मिक ग्रन्थअनुसार समुद्र मन्थन गर्दा निस्किएको कालकूट विष भगवान शिवले ग्रहण गरी मानवहितका लागि काम गरेकोले महिलाहरुले सौभाग्य पाएको विश्वास अनुसार साउनमहिनामाका सोमबारका दिन शिवजीको पूजा गर्ने प्रचलन छ ।
विवाहीत महिलाले आजदेखि साउन महिनाभर सौभाग्यको प्रतीक र बस्त्र पहिरिने र साउन महिनाभर प्रत्येक सोमबार व्रत बसी शिवको पूजा आराधना गर्ने चलन छ । महिलाहरुले हरियो, पहेंलो, रातो चुरा तथा मेहेन्दी लगाएर साउन महिनालाई पर्वकै रुपमा मनाउँछन् । आजदेखि हिन्दु धर्मका चाडपर्व सुरु हुने गर्दछ ।
यसका साथै असारमा धान कोदो रोपेपछि शरीर फोहर हुने र लुतो, घाऊ खटिरा आउन सक्छ भनेर सरसफाइ गर्ने र यस्तो ब्याधी नासक खानेकुरा खाने दिनका रुपमा पनि साउने संक्रान्ति मनाइन्छ । आजै साँझ जडिबुटीहरु जम्मा गर्ने र मेहन्दी लगाउने चलन पनि छ । यसै गरी आज लुतो फाल्ने गरिन्छ । ग्रामिण क्षेत्रमा यो परम्परा अहिले पनि जिवितै छ ।
साँझमा कुकुर डाईनो, काग भलायो, कुरिलो, पानीसरो, पुरेनी, गलेनि आदि औषधीजन्य वनस्पतिहरू जलाएर घर–घरका आंगनबाट चारै दिशामा फ्यांकिन्छ, यसैलाई नै तुतो फ्यांकेको भन्ने चलन छ ।
लुतो फ्यांक्दा नाङ्लो ठटाउने, शंख फुक्ने, घण्ट बजाउने, ढिकि कुट्ने तथा केहिवेरसम्म घरको ढोका बन्द गर्ने प्रचलन समेत रहिआएको छ। साथै, कुकुरडाइनो कागभलायो, कुरिलो , सिस्नो, पानीसरो, देवीसरो, पुरेनी र गलेनीजस्ता औषधिका रूपमा प्रयोग हुने वनस्पतिको आगो बालेर ताप्ने तथा आफ्ना घर आँगनबाट चारै दिशामा अगुल्टोद्वारा लुतो फाल्ने गरिन्छ।
साउन महिना भगवान् शिवको पूजा गरेर पनि मनाइन्छ । महिलाहरुले हरियो चुरा, रातो, पहेँलो वस्त्र, मेहन्दी लगाउँछन् र साउनको प्रत्येक सोमबार व्रत बसेर शिवको पूजा गर्दछन् ।
गाउँ बेशी मीडिया नेटवर्कद्वारा संचालित
शिलशिला डट कम
मण्डन देउपुर नगरपालिका-२, नगरकोट काभ्रे
+977-9849655367, 9803867325
सूचना विभाग दर्ता नम्बर: ३१५९
प्रेस काउन्सिल नेपाल दर्ता न.३१७२
अध्यक्ष/ प्रकाशक:
अजय गतराज 9849655367
प्रधान सम्पादक:-
बिल बहादुर बि. क. 9841114060
संवाददाताहरु:
उज्ज्वल गहतराज
वाङछु राज वाईवा
बिशेष सहयोगी:
कमल तामाङ
बजार व्यवस्थापक:
दुर्गा बहादुर बराईली
कानूनी सल्लाहकार:
पूर्ण प्रसाद पराजुली