काठमाडौँ —फिल्म ‘लण्डन टू पेरिस’को ‘हतारले’ गीत फिल्मको प्रदर्शनपछि सार्वजनिक गरिएको छ । किनकि, यो गीतले फिल्मको महत्त्वपूर्ण ‘सस्पेन्स’ खुलाउँछ ।
गीतमा नव-अभिनेता निश्चल खड्का र अभिनेत्री रुष्मा थापा प्रेम पर्दै गरेको देखाइएको छ । जबकि, ट्रेलरमा निश्चलको प्रेम अभिनेत्री साम्राज्ञी आरएल शाहसँग देखाइएको थियो । यसले गर्दा नै फिल्मको ‘सस्पेन्स’ खुल्ने डरले निर्माण टिमले यो गीत प्रदर्शनशुरु भए पछि सार्बजनिक गरिएको छ । सलिन मगरको शब्द, संगीत र स्वर रहेको गीतमा अभिनेता कबीर खड्का र अभिनेत्री गरिमा शर्माबीचको प्रेम पनि देख्न सकिन्छ ।
घनश्याम लामिछानेको निर्देशन तथा प्रदीप भारद्वाजको लेखन रहेको फिल्मले बक्स अफिसमा भने कमजोर प्रदर्शन गरिरहेको छ । यद्यपि, यो फिल्मबाट डेब्यु गरेका निश्चलको अभिनयको भने प्रशंसा गरिएको छ । यस फिल्मका निर्माता अमित बस्नेत, आरोन बस्नेत, एरियाना बस्नेत र परी राना रहेका छन् ।
फिल्म जेठ २५ गतेदेखि रिलिज भएको छ ।
गीतको लिंक: https://www.youtube.com/watch?v=q7PKXdUnd-A
गाउँ बेशी मीडिया नेटवर्कद्वारा संचालित
शिलशिला डट कम
मण्डन देउपुर नगरपालिका-२, नगरकोट काभ्रे
+977-9849655367, 9803867325
सूचना विभाग दर्ता नम्बर: ३१५९
प्रेस काउन्सिल नेपाल दर्ता न.३१७२
अध्यक्ष/ प्रकाशक:
अजय गतराज 9849655367
प्रधान सम्पादक:-
बिल बहादुर बि. क. 9841114060
संवाददाताहरु:
उज्ज्वल गहतराज
वाङछु राज वाईवा
बिशेष सहयोगी:
कमल तामाङ
बजार व्यवस्थापक:
दुर्गा बहादुर बराईली
कानूनी सल्लाहकार:
पूर्ण प्रसाद पराजुली