भक्तपुर—वरिष्ठ फोटोग्राफर सुरेशराज शाक्यको दोश्रो एकल फोटो प्रदर्शनी “झिगु ख्वप“ (हाम्रो भक्तपुर) को प्रदर्शनी बुधबारबाट सुरू भएको छ । किपाः ग्राफी भक्तपुरको आयोजनामा भक्तपुरको कला, संस्कृति, सम्पदा र सहनसहन सम्बन्धी जानकारी दिने उद्देश्यले प्रदर्शनी सुरु गरेको जनाएको छ । प्रदर्शनी भक्तपुरको लिवालीमा अवस्थित वल्ड दरवारमा भएको हो । प्रदर्शनी असार १ गतेसम्म जारी रहने जनाइएको छ । प्रदर्शनीमा शाक्यद्वारा खिचिएका भक्तपुरको कला, संस्कृति, सम्पदा एवं रहनसहन झल्काउने एक सय भन्दा बढी तस्बिरहरु राखिएको छन् ।
प्रदर्शनीको उदघाटन नेपाल मजदुर किसान पार्टीका केन्द्रिय अध्यक्ष एवं वरिष्ठ राजनीतिज्ञ नारायणमान बिजुक्छेले गरे । कार्यक्रममा अध्यक्ष बिजुक्छेंले पुराना सम्पदाहरु बचाई राख्न फोटोहरुको ठूलो महत्व हुने बताए । एउटा फोटोले पनि धेरै कुरा बताउने भएकोेले लेखाई भन्दा पनि दृष्यले धेरै कुरा बताउने उनको भनाई थियो ।
सोही अवसरमा विशेष अतिथि बागमती प्रदेशका सांसद सुरेन्द्रराज गोसाईले फोटोग्राफीको महत्वबारे चर्चा गरे । साथै युवाहरुमा फोटोग्राफीको रुची बढाउनमा किपाःग्राफी भक्तपुरले गरेका कार्यको उनले प्रशंसा गरे । कार्यक्रममा किपाः ग्राफी भक्तपुरका सल्लाहकारद्वय अच्युत प्रजापति र बलराम प्रजापतिले पनि फोटोग्राफीको महत्वपूर्ण भूमिका रहने बताए ।
कार्यक्रममा फोटो प्रदर्शनीलाई विभिन्न रूपले सहयोग गर्ने संस्था तथा व्यक्तित्वहरुलाई मायाको चिनो प्रदान गरिएको थियो । किपाः ग्राफी भक्तपुरका उपाध्यक्ष उज्वलचन्द्र बुद्धाचार्यले स्वागत मन्तव्य दिएको कार्यक्रममा सचिव बालकृष्ण प्रजापतिले धन्यवाद ज्ञापन गरेका थिए ।
गाउँ बेशी मीडिया नेटवर्कद्वारा संचालित
शिलशिला डट कम
मण्डन देउपुर नगरपालिका-२, नगरकोट काभ्रे
+977-9849655367, 9803867325
सूचना विभाग दर्ता नम्बर: ३१५९
प्रेस काउन्सिल नेपाल दर्ता न.३१७२
अध्यक्ष/ प्रकाशक:
अजय गतराज 9849655367
प्रधान सम्पादक:-
बिल बहादुर बि. क. 9841114060
संवाददाताहरु:
उज्ज्वल गहतराज
वाङछु राज वाईवा
बिशेष सहयोगी:
कमल तामाङ
बजार व्यवस्थापक:
दुर्गा बहादुर बराईली
कानूनी सल्लाहकार:
पूर्ण प्रसाद पराजुली