नगरकोट—काभ्रेको मण्डनदेउपुर नगरपालिका वडा नं–१ ढाडागाँउमा रहेको सामुदायीक स्वाथ्य केन्द्रको पाचौं साधारण सभा फाल्गुन १५ गते सेलोघर भवनमा सम्पन्न भएको छ।
उक्त सभामा मण्डनदेउपुर वार्ड नं– १ का वडा अध्यक्ष शिवप्रसाद ढकाल प्रमुख अथिती रहेका थिए। साधारण सभामा बोल्दै अध्यक्ष ढकालले आगामी दिनमा अझ सुबिधा सम्पन्न सहित भावी योजना बनाई अगाडी बढ्न समेत समितिलाई सुझाव दिएका छन् ।
त्यसैगरी वार्ड सचिव जुनु कुमारी थापा र सामुदायीक स्वाथ्य केन्द्रका अध्यक्ष रमेश तामाङ्गले पनि संस्थाको लागि सहयोग गर्ने बताएका छन्।
उक्त सामुदायीक स्वास्थ केन्द्रबाट ढाडागाँउ, हलेदे चुरीथुम्का, रानीवन र गैरीगाउँका स्थानीयवासीहरूले सामान्य रुघाखोकी देखि झाडापखाला, सामान्य घाउ चोट र स्त्री रोगको उपचार सामुदायीक स्वास्थ केन्द्र बाट लिइरहेका छन्।
साधारण सभामा विदेशी दम्पती होल्याण्डका कोस्ततिन प्रेक्पालज र मेलानी प्रेक्पालज समेतकाे उपस्थिती रहेको थियो।
कार्यक्रममा सामुदायीक स्वाथ्य केन्द्रकाे वार्षिक आय व्याय सँगै भावी रणनीति अहेव प्रेम बहादुर तामाङले राखेका थिए।
वि सं २०६१ साल असाेज ११ गते स्थापना भएको उक्त सामुदायीक स्वाथ्य केन्द्रमा सुरुवाती दिन देखि अहिले सम्म अहेब प्रेम बहादुर तामाङ कार्यरत छन्। आफू स्थानीय भएको र लामो समय देखि स्थानीय बासिन्दाहरुलाई स्वास्थ्य सम्बन्धी सेवा दिएर सहयाेग गर्न पाएकोमा आफू निकै खुसी भएको बताएका छन्।
त्यसै गरी मण्डनदेउपुर वडा नं १ की अनमी कोपिला तामाङ्ग विगत तीन वर्ष देखि उक्त सामुदायीक स्वास्थ केन्द्रमा कार्यरत छिन् । महिला दिदिबहनीहरुले स्त्री रोग सम्बन्धी आफू संग खुलेर कुरा गर्दा उपचार लागि काम गर्न सजिलो भएको कुरा बताएकी छिन्। आफू यो पेशामा आवद्ध भएर सेवा दिन पाएकोमा खुसी भएकाे बताएकी छिन्।
स्वास्थ केन्द्रको स्थापनाकाल देखि अहिले सम्ममा मण्डन देउपुर वडा नं–१ की सानु माया तामाङले पनि प्रत्येक शनिबार स्वास्थ्य सम्बन्धी घरदैलो कार्यक्रम सञ्चालन गर्ने गरेकी छिन्। उनले घरको सरसफाई र स्त्री रोग सम्बन्धी महिला समूह बनाई महिला दिदी बहिनीहरुलाई उपचारको लागि सल्लाह सुझाब दिने गरेको बताएकी छिन् । उनले आफूले गरेको काम प्रति सबै जना खुसी हुँदा आफू पनि खुसी भएको बताएकी छिन्।
श्री जनकल्याण आधारभूत विद्यालयमा लामो समय देखि कार्यरत शिक्षिका बिन्दु माया तामाङले विद्यालयकाे विषय बाहेक विद्यार्थीहरुलाई छुट्टै स्वास्थ शिक्षा सम्बन्धी प्रत्येक कक्षामा एक घण्टाकाे कक्षा सञ्चालन गर्ने गरेको बताएकी छिन्। यस बाट विद्यार्थी भाई बहिनीहरूलाई आफ्नो गाँउघर सफा गर्नु पर्छ भन्ने विचार सानै उमेरदेखि भयो भने भविष्यको लागि राम्रो हुने बताएकी छिन्।
यस सामुदायीक स्वास्थ केन्द्रले समय – समयमा विभिन्न स्वास्थ संघ संस्था संग आवद्ध भई स्त्रीरोग ,दन्त रोग र आँखा सम्बन्धी स्वास्थ शिविर सञ्चालन गर्दै आइरहेको छ । आगामी दिनहरू पनि यस्ता विविध किसिमका शिबिरहरू सञ्चालन गर्ने प्रतिबद्धता समेत यसै संस्थाका अहेब प्रेम बहादुर तामाङ व्यक्ता गरेका छन्।
गाउँ बेशी मीडिया नेटवर्कद्वारा संचालित
शिलशिला डट कम
मण्डन देउपुर नगरपालिका-२, नगरकोट काभ्रे
+977-9849655367, 9803867325
सूचना विभाग दर्ता नम्बर: ३१५९
प्रेस काउन्सिल नेपाल दर्ता न.३१७२
अध्यक्ष/ प्रकाशक:
अजय गतराज 9849655367
प्रधान सम्पादक:-
बिल बहादुर बि. क. 9841114060
संवाददाताहरु:
उज्ज्वल गहतराज
वाङछु राज वाईवा
बिशेष सहयोगी:
कमल तामाङ
बजार व्यवस्थापक:
दुर्गा बहादुर बराईली
कानूनी सल्लाहकार:
पूर्ण प्रसाद पराजुली