नगरकोट—काभ्रेको छाप रानीवनमा विविध कार्यक्रम गरी पर्व २८६० औं (मु-पुख्री ल्हो)ल्होछार मनाइएको छ ।
नेपाल तामाङ घेदुङ मण्डनदेउपुर नगर कार्य समिति काभ्रेको आयोजनामा शनिबार मण्डन देउपुर नगरपालिका-१ छाप रानीवनमा ल्होछार कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख टोक बहादुर वाइबाले तामाङ जातिको संस्कृति र आफ्नो पहिचानको जगेर्ना गर्न यस्ता कार्यक्रमले सघाउने विश्वास व्यक्त गर्नु भएको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि वाइबाले अहिले पर्वको नाममा जातको नाममा धेरै घटना घट्न थालेको भन्दै पर्व मनाउँँदै गर्दा अनुशासनमा रहेर मनाउन आग्रह गर्नु भएको थियो।
वाइबाले ल्होछारको बारेमा प्रष्टयाउँदै मनोरञ्जन मात्रै नभई धार्मिक रूपमा संस्कार बनाउँदै लैजानुपर्ने बताउनुभयो । जातीय तथा राजनीतिक भागबन्डा नभई सबै बौद्ध धर्म मान्ने पर्व सोनाम ल्होछार भएको बताउँदै उहाँले हरेक दिन प्रत्येक घरबाट धर्म र संस्कृति जोगाउन पर्नेमा जोड दिनु भयो ।
मण्डनदेउपुर नगरका उप प्रमुख विष्णुमणि नेपालले विविध जातजाति, भाषभाषिको कला संस्कृतिको जगेर्ना गर्नको लागि आफ्नो सहयोग निरन्तर रहने बताउँदै सोनाम ल्होछारलाई एउटा उत्सवकै रुपमा विकास गरिनु पर्ने बताउनु भएको थियो।
कमल तामाङले भाषा र संस्कृति जोगाउनुपर्ने बताउँदै राष्ट्रिय रूपमा ल्होछार मनाउनुपर्नेमा जोड दिनु पर्ने बताएका छन् । तामाङले अधिकारको लागि लड्न एकजुट हुन सबैमा आह्वान गर्दै धेरै वटा चाडपर्व मनाउदै गर्दा धेरै खर्चिलो हुने हुदा त्यता तिरा पनि ध्यान सबैलाई आग्रह गरेका थिए।
ख्यातिप्राप्त कलाकारहरुको बेजोड साँस्कृतिक प्रस्तुतीले कार्यक्रमलाई निकै रोमाञ्चक र मनोरञ्जनात्मक बनाएको थियो । कार्यक्रममा विदेशी नागरिकले समेत नाचेर रमाइलो गरेका थिए।
कार्यक्रममा उपस्थित सबै सहभागिहरुले सांगितीत माहोलमा रमाईलो गर्दै ,शुभकामना आदानप्रदा
न समेत गरेका थिए।
गाउँ बेशी मीडिया नेटवर्कद्वारा संचालित
शिलशिला डट कम
मण्डन देउपुर नगरपालिका-२, नगरकोट काभ्रे
+977-9849655367, 9803867325
सूचना विभाग दर्ता नम्बर: ३१५९
प्रेस काउन्सिल नेपाल दर्ता न.३१७२
अध्यक्ष/ प्रकाशक:
अजय गतराज 9849655367
प्रधान सम्पादक:-
बिल बहादुर बि. क. 9841114060
संवाददाताहरु:
उज्ज्वल गहतराज
वाङछु राज वाईवा
बिशेष सहयोगी:
कमल तामाङ
बजार व्यवस्थापक:
दुर्गा बहादुर बराईली
कानूनी सल्लाहकार:
पूर्ण प्रसाद पराजुली