नगरकोट—तामाङ समुदायको सांस्कृतिक पर्व २८६० औं (मु-पुख्री ल्हो) सोनाम ल्होछार एबं तामाङ जातिको नयाँ वर्षको रुपमा मानिने सोनाम ल्होछारको अवसरमा काभ्रेको मण्डनदेउपुर नगरपालिका वार्ड नं -१ छाप रानीवन, खेल मैदानमा भब्य रुपमा बृहत सांस्कृतिक कार्यक्रम सहित मनाउने भएको छ ।
नेपाल तामाङ घेदुङ मण्डनदेउपुर नगर कार्य समिति, काभ्रेको आयोजनामा २०८० फागुन १२ गते मनाउन लागिएको हो ।
नेपाल तामाङ घेदुङ मण्डनदेउपुर नगर कार्य समिति,काभ्रेको आयोजनामा उक्त साँस्कृतिक कार्यक्रममा मण्डन देउपुर नगरपालिका नगर प्रमुख टोक बहादुर वाईबाको प्रमुख आतिथ्यतामा उद्घाटन हुने छ ।
त्यस्तै विशेष अतिथिका रूपमा नेपाल तामाङ घेदुङ संघिय अध्यक्ष मोहन गोले तामाङ,मण्डनदेउपुर नगर उप प्रमुख विष्णुमणि नेपाल,भुम्लु गाउँपालिका उपाध्यक्ष जितेन्द्र मान तामाङ (दावा) र नेपाल तामाङ घेदुङ काभ्रे जिल्लाका अध्यक्ष राज कुमार तामाङ रहने नेपाल तामाङ घेदुङ मण्डनदेउपुर नगर कार्य समितिले जानकारी दिएको छ।
“हयाङलान र्हिमठिम हयाङलान काई ,सोनाम ल्होछार छार्नलाई” भन्ने मुल नाराका साथ यो वर्ष विशेष तरिकाले ल्होछार कार्यक्रम आयोजना गर्न लागिएको नेपाल तामाङ घेदुङ मण्डनदेउपुर नगर कार्य समितिले जानकारी दिएको छ ।
यस क्षेत्रमा विभिन्न जातजाती भाषा, धर्म, संस्कार संस्कृतिहरु रहेको तर सरोकारवाला निकायहरुले यसको संरक्षण तथा प्रवद्र्धनमा चासो नदिएकोले त्यस्ता खालका संस्कार संस्कृतिको संरक्षणको लागि कार्यक्रमको आयोजना गरिएको हो ।
कार्यक्रममा ख्याति प्राप्त कलाकार साथै स्थानीय कलाकारहरुको बेजोड प्रस्तुति समेत रहने छ। नेपाल तामाङ घेदुङ मण्डनदेउपुर नगर कार्य समिति, काभ्रेको आयोजनामा कार्यक्रम सम्पन्न गर्न लागिएको हो।
सांस्कृतिक कार्यक्रम अन्तर्गत चर्चित सेलो गायक उर्गेन दोङ,सन्जिब वाईबा,चिजा लामा,जितु लोप्चन,आस्मान लोप्चन,लक्ष्मी स्याङतन,रोस्ना लुङबा,अर्पण थिङ,कमला दोङ,मुस्कान योञ्जन,चर्चित वाईबा,वाङ्छुराज वाईबा र आदित्य स्याङबोको प्रस्तुती रहने छ ।
कार्यक्रममा लामा, बोन्बो, ताम्बा प्रस्तुती लगायत गाउँका सहभागीले पुरानो मौलिक संस्कृति झल्किने नाँच एवम् कलाहरुको प्रदर्शनी गर्ने नेपाल तामाङ घेदुङ मण्डनदेउपुर नगर कार्य समितिले बताएको छ ।
मीडिया पार्टनर शिलशिला डट कम, कैलाश खबर डट कम र नगरकोट सञ्चार केन्द्र रहने छ भने सहयोगीको रूपमा ऊर्जाशील युवा क्लब र वाला म्हेन्दा साँस्कृतिक समुह रहने छ।
गाउँ बेशी मीडिया नेटवर्कद्वारा संचालित
शिलशिला डट कम
मण्डन देउपुर नगरपालिका-२, नगरकोट काभ्रे
+977-9849655367, 9803867325
सूचना विभाग दर्ता नम्बर: ३१५९
प्रेस काउन्सिल नेपाल दर्ता न.३१७२
अध्यक्ष/ प्रकाशक:
अजय गतराज 9849655367
प्रधान सम्पादक:-
बिल बहादुर बि. क. 9841114060
संवाददाताहरु:
उज्ज्वल गहतराज
वाङछु राज वाईवा
बिशेष सहयोगी:
कमल तामाङ
बजार व्यवस्थापक:
दुर्गा बहादुर बराईली
कानूनी सल्लाहकार:
पूर्ण प्रसाद पराजुली