तिमी वेद मान्छौ,
म विज्ञान मान्छु,
तिमी कल्पनाका कुरा गर्छौ,
म अस्तित्वमा रहेकाको
वकालत गर्छु ।
फेरि तिमी छुत
म अछुत कसरी?
तिमी पुच्छर समातेर स्वर्ग पुग्ने कुरा गर्छौ
म मान्छेलाइ मान्छे मान्दा धर्म हुने विश्वास
तिमीले मलाइ मान्छे गनेनौ,
तिम्रा भगवान मलाइ पुज्न दिएनौ,
त्यो जनावरको मुत छुत
अनि मैले छोएर अछुत कसरी?
तिम्रै जबर्जस्तिले म अछुत हुनुपर्ने?
तिम्रा धर्म जोगाइदिन म अपहेलित हुनुपर्ने?
तिम्रो समाजमा सद्भाव कायम गर्न,
म चुप नै बसिदिनु पर्ने??
मान्छेलाइ मान्छे नमान्ने तिम्रो ग्रन्थलाइ,
मुटुमै टाँसेर मैले सजाइदिनु पर्ने?
तिमीलाइ छुत
अनि आफैलाइ अछुत मानिदिनु पर्ने?
कल्पनाबाट बाहिर आउ,
मलाइ पनि तिम्रो समान हक अधिकार देउ,
तब तिम्रो ज्ञानको सार्थकता हुन्छ,
तब तिमी मान्छे बन्छौ ।
अहिले त मलाइ अछुत बनाउनेलाइ
म मान्छे मानौं कसरी?
तिमी सर्वज्ञानी हौ ठानौं कसरी?
मुत चल्ने, मैले छोएको पानी नचल्ने?
अब भन तिमी कसरी छुत
म अछुत कसरी?
✍️राजेश स्पन्दन, भक्तपुर
गाउँ बेशी मीडिया नेटवर्कद्वारा संचालित
शिलशिला डट कम
मण्डन देउपुर नगरपालिका-२, नगरकोट काभ्रे
+977-9849655367, 9803867325
सूचना विभाग दर्ता नम्बर: ३१५९
प्रेस काउन्सिल नेपाल दर्ता न.३१७२
अध्यक्ष/ प्रकाशक:
अजय गतराज 9849655367
प्रधान सम्पादक:-
बिल बहादुर बि. क. 9841114060
संवाददाताहरु:
उज्ज्वल गहतराज
वाङछु राज वाईवा
बिशेष सहयोगी:
कमल तामाङ
बजार व्यवस्थापक:
दुर्गा बहादुर बराईली
कानूनी सल्लाहकार:
पूर्ण प्रसाद पराजुली