नगरकोट—मण्डनदेउपुर नगरपालिकाको आयोजनामा नगरपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता डाँडागाउँ खेलकुद मैदान सम्पन्न भएको छ ।
नगर स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा आयोजक समितिका संयोजक निरञ्जन विष्टको अध्यक्षतमा खेल सम्पन्न भएको हो ।
मण्डनदेउपुर नगरपालिकाको आयोजनामा सुरु भएको प्रतियोगितामा नगरपालिका भित्रका १७ वटा विद्यालयहरुले सहभागिता जनाएका थिए। प्रतियोगिता ३ दिनसम्म सञ्चालन भएको थियो।
समापन समारोहलाइ सम्बोधन गर्दै प्रमुख अतिथि पुर्व उधोग राज्यमन्त्रि बागमति प्रदेश सदस्य तथा नेपाली कांग्रेस बागमति प्रदेश महामन्त्री माननीय कञ्चन चन्द्र बादेले स्थानीयस्तरमा रहेका खेलाडीको क्षमता अभिवृद्धिका लागि नगरपालिकास्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सञ्चालन गरिएको प्रदेश महामन्त्री माननीय कञ्चन चन्द्र बादेले बताएका थिए।
कार्यक्रमा नगर प्रमुख टोक बहादुर वाइवा, उपप्रमुख विष्णुमणि नेपाल लगायतका जनप्रतिनिधिहरुको समुपस्थितिमा समापन समारोह सम्पन्न भएको थियो ।
प्रतियोगितामा डेडीथुम्का माध्यमिक विद्यालय, महादेवस्थानले ७ स्वर्ण ३ रजत र ४ काश्य गरी जम्मा १४ पदकसहित प्रथम स्थान हासिल गर्न सफल भएको थियो। त्यसै गरी चण्डेनी माध्यमिक विद्यालय, तिमल्सिना गाउँ ५ स्वर्ण ६ रजत र २ काश्य गरी जम्मा १३ पदकसहित द्वितीय र वाग्देवी माध्यमिक विद्यालय, देउराली ५ स्वर्ण १ रजत र १ काश्य गरी जम्मा १० पदकसहित तृतीय स्थान हासिल गर्न सफल भएको थियो । त्यसैगरी न्यू लिटिल स्टारले ४ स्वर्ण ४ रजत गरी जम्मा ८ पदक, वालुवा माध्यमिक विद्यालयले ३ स्वर्ण २ रजत र २ काश्य गरी जम्मा ७ पदक हात पार्न सफल भएको थियो भने उमासह शिक्षालय माध्यमिक विद्यालयले २ स्वर्ण पदक, मण्डन भ्याली एकेडेमीले १ स्वर्ण ३ रजत र ३ काश्य गरी जम्मा ७ पदक , तपेश्वर माध्यमिक विद्यालयले १ स्वर्ण १ रजत र १ काश्य गरी जम्मा ५ पदक, महाकाली माध्यमिक विद्यालय, चैनपुरले १ स्वर्ण १ रजत र १ काश्य गरी जम्मा ३ पदक, डेडीथुमका माध्यमिक विद्यालय, ढोडिनीले १ स्वर्ण ३ काश्य गरी जम्मा ४ पदक, विन्धवासिनी माध्यमिक विद्यालयले ३ रजत र १ काश्य गरी जम्मा ४ पदक, महाकाली माध्यमिक विद्यालय, नगरकोटले २ रजत ४ काश्य गरी जम्मा ६ पदक, ब्रह्मायणी माध्यमिक विद्यालयले २ रजत ३ काश्य गरी जम्मा ५ पदक र इन्द्रावती माध्यमिक विद्यालयले २ काश्य गरी जम्मा ७ पदक जित्न सफल भएकाे छ ।
प्रतियोगितामा एथ्लेटिक्स विधातर्फ छात्रमा डेडीथुम्का माध्यमिक विद्यालय, महादेवस्थानका रुविन हमाल र छात्रातर्फ चण्डेनी माध्यमिक विद्यालयको प्रितिका काफ्ले, भलिबल विधातर्फ छात्रमा डेडीथुम्का माध्यमिक विद्यालय, महादेवस्थानका सोहन सापकोटा र छात्रातर्फ न्यू लिटिल स्टारको गरिमा श्रेष्ठ र कवड्डी विधातर्फ छात्रमा चण्डेनी माध्यमिक विद्यालयका पुकार तामाङ र छात्रातर्फ चण्डेनी माध्यमिक विद्यालयको सम्झना तामाङले उत्कृष्ट खेलाडीको अवार्ड जित्न सफल भएका थिय।
प्रतियोगितामा उत्कृष्ट हुने विद्यालय र विद्यार्थीहरुलाई सिल्ड , मेडल र प्रमाण पत्र प्रदान गरिएको आयोजकले जानकारी दिएको छ ।
कार्यक्रममा नगरपालिका भित्रका विभिन्न सामुदायिक तथा संस्थागत विद्यालयका प्रधानाध्यापकहरुको समेत आतिथ्य रहेको थियो ।
बालुवा मा बि का व्यवस्थापन समितिका अध्यक्ष कमल तामाङले प्रतियोगिता संचालनमा सहयोग गर्ने सम्पुर्ण खेलप्रति मायागर्ने हरुलाइ धन्यवाद व्यक्त गरेका थिए ।
मण्डनदेउपुर नगरपालिकाबाट सञ्चालन भएको राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता मा श्री बालुवा मा वि का विधार्थी भाइबहिनिहरुले विगतका वर्षको भन्दा यो वर्ष उत्कृष्ट प्रदर्शन गरेर ३ स्वर्ण २ रजत र २ कास्य पदकमा विजयी भई विधालय लाई पाँचौँ स्थान पुराउन सफल भएका छन्। नयाँ नेतृत्व व्यवस्थापन समितिमा आए संगै बालुवा मा वि अगाडि बढदै गएको छ ।
प्रतियोगिता भव्य र सभ्य तरिकाले सम्पन्न भएको थियो । आयोजक समितिले विभिन्न उप समितिहरु, सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, स्वयम् सेवक, कर्मचारीहरु, प्रधानाध्यापकहरु, शिक्षकहरु, अभिभावकहरु र विद्यार्थी भाइबहिनीहरुलाई धन्यवाद दिएको छ।
गाउँ बेशी मीडिया नेटवर्कद्वारा संचालित
शिलशिला डट कम
मण्डन देउपुर नगरपालिका-२, नगरकोट काभ्रे
+977-9849655367, 9803867325
सूचना विभाग दर्ता नम्बर: ३१५९
प्रेस काउन्सिल नेपाल दर्ता न.३१७२
अध्यक्ष/ प्रकाशक:
अजय गतराज 9849655367
प्रधान सम्पादक:-
बिल बहादुर बि. क. 9841114060
संवाददाताहरु:
उज्ज्वल गहतराज
वाङछु राज वाईवा
बिशेष सहयोगी:
कमल तामाङ
बजार व्यवस्थापक:
दुर्गा बहादुर बराईली
कानूनी सल्लाहकार:
पूर्ण प्रसाद पराजुली