नगरकोट—भक्तपुरको सूर्यविनायक नगरपालिका-८ बासिडोल टोलबासीहरुले चन्दा उठाएर मन्दिर निर्माण सम्पन्न गरेका छन् ।
कलात्मक पिट्टलको छाना राखेर यहाँं सुन्दर गणेशको मन्दिर बनाइएको हो । मन्दिर निर्माण समितिका संयोजक कृष्णनारायण मचामसीका अनुसार पहिला मन्दिर सामान्य रुपमा मात्रै बनाउने योजना थियो । योजना अनुसार पाँंच हजार भन्दा माथि चन्दा दिनेहरुको नाम शिलापत्रमा लेखिने योजना थियो । तर पछि चन्दा दिनेहरुको लहर नै चले पछि सामान्य मात्रै नभई कलात्मक मन्दिर बनाइएको मचामसीले जानकारी गराए । त्यसकारण यहाँं अहिले साधारण मन्दिरको साटो जीवन्त धार्मिक सम्पदाको रुपमा आकर्षक मन्दिर निर्माण भएकाे उनले जानकारी दिए ।
सल्लाहकार तुल्सीनारायण लाखेमरुका अनुसार मन्दिर निर्माण सम्पन्न गरी मन्दिरमा प्राण प्रतिस्थापन कार्यक्रमसमेत सम्पन्न भएको छ । उनले उक्त मन्दिर निर्माण कार्यको लागि आर्थिक तथा भौतिक सहयोग गर्नेहरुको लर्काे देखेर सवैजना खुशी भएको पनि उनले जनाए । साथै उनले सहयोगी सम्पूर्ण दाताहरु र विभिन्न संघ सस्थाहरुलाई पनि धन्यवाद ज्ञापन गरे ।
इसअघि बस्ती निवासी सम्पूर्ण टोलबासीहरुको सकृयतामा २०७९ फागुन १३ गते एक भेला गरिएको थियो । भेलाले सूर्यविनायक नगरपालिका ८ बासीडोल चाइनिज ईट्टाभट्टाको पूर्व कम्पाउण्डसँगै श्री गणेशको मन्दिर निर्माण गर्ने निर्णय गरेकाे थियो । योजना अनुसार २०७९ चैत १६ गते टोलबासीमध्यको जेष्ठ नागरिक सानुभाइ गोसाईबाट शिलान्यास गरिएको थियो ।
गाउँ बेशी मीडिया नेटवर्कद्वारा संचालित
शिलशिला डट कम
मण्डन देउपुर नगरपालिका-२, नगरकोट काभ्रे
+977-9849655367, 9803867325
सूचना विभाग दर्ता नम्बर: ३१५९
प्रेस काउन्सिल नेपाल दर्ता न.३१७२
अध्यक्ष/ प्रकाशक:
अजय गतराज 9849655367
प्रधान सम्पादक:-
बिल बहादुर बि. क. 9841114060
संवाददाताहरु:
उज्ज्वल गहतराज
वाङछु राज वाईवा
बिशेष सहयोगी:
कमल तामाङ
बजार व्यवस्थापक:
दुर्गा बहादुर बराईली
कानूनी सल्लाहकार:
पूर्ण प्रसाद पराजुली