धनगढी—कैलालीको धनगढीसंग गौरिफण्टा नाका नजिकै पर्ने भारतको वनगाउँ बजारका व्यापारीले भारतीय रुपैया लगेर जाने नेपालीबाट कमिसन खाएर ठग्ने गरेको पाइएको छ ।
जनगाउँमा नेपाली रुपैंयामै कारोवार हुने र भारतीय रुपैंयाको पनि नेपालमा हुने चलनचल्ती अनुसारकै कारोवार हुने गरेकोमा पछिल्लो समय त्यहाँका व्यापारीले भारतीय रुपैंयालाई सटही गर्दा चलनचल्ती भन्दा कम दिने गरेको सामान किन्न वनगाउँ जाने नेपालीले बताएका छन् ।
नेपालमा पछिल्लो समय भारतीय रुपैंयाको कारोबार नहुँदा त्यसको फाइदा उठाउँदै भारतीय व्यापारीले भारु रुपैंया सटहीमा कमिसन खाने गरेको धनगढी–२ का स्थानीय रमेस बिसिले बताए । ५ सय भारतीय रुपैंयाको नेपाली ८ सय रुपैंया हुने गरेकोमा पछिल्लो समय त्यहाँका व्यापारीले ५ सय भारुको ७ सय ५० देखि ७ सय ७५ मात्रै दिने गरेको उनले बताए ।
वनगाउँमा नेपाली रुपैंयामै काराेबार हुने गरेको छ । जसअनुसार ५ सय भारतीय रुपैंयाको ८ सय नेपाली हुनु पर्ने भए पनि बनगाउँका व्यापारीले भने ७ सय ५० मात्रै दिने गरेको बिसिले बताए । ‘नेपालमा भारतीय रुपैंया लग्न व्यापारीले मान्ने गरेका छैनन्,’ बिसीले भने, ‘सामान पनि सस्तोमा पाइने र आफुसँग भएको भारु रुपैंया पनि साट्न पाइन्छ भनेर बनगाउँ गएको थिए, तर यहाँका व्यापारीले मलाई ठगे, उनीहरुकै देशको पैसा पनि सस्तोमा खरिद गरेर कमिसन खाए ।’
‘बनगाउँमा नेपाली रुपैंयाका कारोवार हुनेगरेको छ,’ उनले भने, ‘भारतीय रुपैंया सटही गरेर नेपाली मुल्य मै कारोवार गर्ने गरिएको थियो, नेपालमा भारतीय रुपैंया चल्न छोडे पछि त्यसको फाइदा उठाउँदै बनगाउँका व्यापारीले नेपालीलाई ठग्ने गरेका छन् ।’
धनगढी–२ कै प्रकाश सेठ्ठीले ५ सय भारतीय रुपैया सठहीमा वनगाउँका व्यापारीले मनपरी तरिकाले कमिसन खाने गरेको बताए ।
‘म दुई तीन पटक दुई-चार हजार भारतीय रुपैंया लगेर वनगाउँ गएको छु,’ उनले भने, ‘त्यहाँ ५ सय भारुको कसैले ७ सय ७५, कसैले ७ सय ५० नेपाली मानेर कारोबार गरे, त्यसो किन गरेको भन्दा कुनै जवाफ आउँदैन, साट्नेभए साट नत्र जाउँ भन्छन् ।’
कैलालीको गोदावरी नगरपालिका–३ की विस्ना कोलीले भने ५ सय भारु रुपैंया लगेर जाँदा वनगाउँका भारतीय व्यापारीले ७ सय मात्रै दिएको गुनासो गरिन् । ‘दशैका लागि सामान किन्न हामि ३ जना महिला भारु रुपैंया नै लगेर वनगाउँ गएका थियौं,’ उनले भनिन्, ‘सामान सस्तो पर्छ भनेर यती टाढाबाट त्यहाँ पुग्यौं, त्यहाँका व्यापारीले ५ सय भारुको ७ सय भन्दा बढी दिएनन्, उल्टै घाटा व्याेहोरेर नेपाल फर्कियौं ।’ आफ्नै रुपैंयामा किन कमिसन खाएको भन्ने प्रश्न गर्दा वनगाउँका व्यापारीले दिने भए देउ नत्र जाउ भन्ने गरेको उनले बताइन् । ‘यति टाढाबाट आएपछि रित्तै हात जान पनि मनले मान्दैन, घाटा खाएरै भएपनि थोरै सामान किनेर फर्कियौं ।’
चाडवाडको समयमा सस्तोमा सामान पाइने आशामा वनगाउँ जाने नेपालीलाई त्यहाँका व्यापारीले ठग्ने दाउ खोजेको गोदावरी- ३ कै महिला रेवती बाेहाेराले बताइन् । ‘एक साता अघिसम्म ७ सयमा पाइने सुटपिसको अहिले ११ सय भने,’ उनले भनिन्, ‘भारतीय रुपैंया सटहीमा पनि कमिसन खाने गरेका छन्, यो उनीहरुको लुट्ने दाउँ हो ।’ वनगाउँ जाने नेपालीले उनीहरुले भनेको मुल्यमा सामान किन्ने गरेका कारण पनि मनमानी मुल्य भन्ने गरेको उनले बताइन् ।
चिनिको पनि फरक–फरक पसलमा फरक–फरक मुल्य भेटिन्छ,’ उनले भनिन्, ‘भारु रुपैयाँमा पनि कसनैले एक सयसम्म पनि काट्ने र न्यूनतम ५० काट्ने गरेको पायौं, बनगाउँ जाने नेपाली सजग हुनु जरुरी छ ।’
गाउँ बेशी मीडिया नेटवर्कद्वारा संचालित
शिलशिला डट कम
मण्डन देउपुर नगरपालिका-२, नगरकोट काभ्रे
+977-9849655367, 9803867325
सूचना विभाग दर्ता नम्बर: ३१५९
प्रेस काउन्सिल नेपाल दर्ता न.३१७२
अध्यक्ष/ प्रकाशक:
अजय गतराज 9849655367
प्रधान सम्पादक:-
बिल बहादुर बि. क. 9841114060
संवाददाताहरु:
उज्ज्वल गहतराज
वाङछु राज वाईवा
बिशेष सहयोगी:
कमल तामाङ
बजार व्यवस्थापक:
दुर्गा बहादुर बराईली
कानूनी सल्लाहकार:
पूर्ण प्रसाद पराजुली